![पत्रकार भण्डारीको ‘बोरा’ उपन्यास विमोचन [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/akhanda_bhandari_bola_i9BocUm1ex.jpeg)
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध अभिभावकप्रति सन्तानले गर्ने व्यवहार र परित्यक्त आमाको मनोविज्ञान चित्रण गरिएको लेखक भण्डारीले जानकारी दिए ।
उपन्यास आफ्ना सन्तानबाट अपहेलित आमाको कथामा आधारित भएको उनले बताए ।
‘यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ,’ उनले भने, ‘आफ्नै छोराले बोरामा हालेर फालिएकी आमा मैले भेट्दाको वास्तविक दर्दनाक परिस्थितिलाई समेटिएको छ । तर मैले भेटेको यथार्थको पात्र र परिवेश उपन्यासमा फेरिएका छन् । यो उपन्यास यथार्थमा आधारित भएर लेखिएको काल्पनिक लेखन हो ।’
पिसबूक प्रालिद्धारा प्रकाशित उपन्यासमा ४७० पृष्ठ छन् । पुस्तकको मूल्य रु ७०० छ । लेखक एवं पत्रकार भण्डारीले यसअघि ‘मलाया एक्सप्रेस’ उपन्यास लेखेका थिए । उनले पत्रकारिता क्षेत्रमा ‘समाचारमा भाषा’ पुस्तक समेत लेखेका छन् ।
हेरौं भिडियोः