×

NMB BANK
NIC ASIA

अपहरणमा परेका बालबालिकाको उद्धार गर्ने प्रहरी टीम पुरस्कृत

फागुन १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गत साता रुपन्देहीको सैनामैना नगरपालिका–६ बाट अपहरित दुई बालबालिकाको सकुशल उद्धार गर्न सफल प्रहरी टीम पुरस्कृत भएको छ ।

Muktinath Bank

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले रुपन्देही प्रहरी प्रमुख मनोजकुमार केसीसहित १३ जना प्रहरीलाई नगदसहित पुरस्कृत गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो प्रहरी टीमले बालबालिकाको उद्धार गर्नुका साथै अपहरणका आरोपीलाई समेत नियन्त्रणमा लिएको थियो । 


Advertisment
Nabil box
Kumari

‘राम्रालाई पुरस्कार, खराबलाई दण्ड’को नीतिअन्र्तगत प्रदेश प्रहरीले अपरेशनमा खटिएका टीमलाई पुरस्कृत गरेको बताएको छ । 

Vianet communication
Laxmi Bank

नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र प्रहरी आचरणविरुद्ध काम गर्नेलाई कारवाही गर्दै आएको छ । 

गत बिहीवार (फागुन ५ गते) सैनामैना–६ का १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्न दाहाललाई सैनामैना नगरपालिका–५ का ३५ वर्षीय उनकै फूपाज खेमबहादुर पौडेलले अपहरण गरेर पूर्व जिल्ला झापा पुर्‍याएका थिए । 

पारिवारिक रिसइबीका कारण भतिजा–भतिजीलाई फूपाजुले अपहरण गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

झापाको इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा प्रहरीले शुक्रवार बिर्तामोडबाट बालबालिकाहरूलाई सकुशल उद्धार गरेको थियो । 

उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रमुख एसपी केसी, इप्रका बुटवलका डीएसपी ठगबहादुर केसी, इप्रका रन्यौराका इन्सपेक्टर जीवन लामिछाने, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत इन्सपेक्टर भाष्कर चन्द, इन्सपेक्टर बाबुराम बस्नेत, सई बेगम खनाल, असई मिलन जिसी, मनिष थापा, राजकुरमा विक, हवल्दार वीरबहादुर खड्का क्षेत्री, कृष्णबहादुर कार्की, रामसकल अहिर र जवान सागर गोदार पुरस्कृत गरेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x