×

NMB BANK
NIC ASIA

७ महिनामै साढे ११ खर्बको आयात, व्यापार घाटा १० खर्ब नाघ्यो

फागुन १०, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

चालू आर्थिक वर्षको ७ महिनामा ११ खर्ब ४७ अर्ब रूपैयाँको वस्तु तथा सेवा आयात भएको छ । 

Muktinath Bank

भन्सार विभागले मंगलवार सार्वजनिक गरेको साउनदेखि माघसम्मको तथ्यांकअनुसार आयात ४२.७८ प्रतिशतले बढेको हो । यस्तो आयात गत वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब रूपैयाँको मात्रै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो अवधिसम्मको नेपालको व्यापार घाटा ३८ प्रतिशतले बढेको छ । निर्यातको तुलनामा आयातको हिस्सा अधिक भएकोले पनि व्यापार घाटा हरेक महिना बढिरहेको छ । 


Advertisment
Nabil box
Kumari

माघसम्मको नेपालको व्यापार घाटा १० खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ । यस्तो व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिमा ७ खर्ब ३३ अर्ब रुपैयाँको मात्रै थियो । 

Vianet communication

यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार भने १२ खर्ब ७९ अर्ब रूपैयाँको रहेको छ । नेपालमा साढे ११ खर्बको आयात हुँदा निर्यात भने एक खर्ब ३१ रूपैयाँको मात्रै छ । 

यस्तो निर्यात चालू आर्थिक वर्षको ७ महिनामा ८८.३० प्रतिशतले बढेको छ । गत वर्षको माघसम्ममा भएको यस्तो निर्यात ६९ अर्ब ९१ करोड रूपैयाँको मात्रै रहेको थियो । 

नेपालमा हुने वैदेशिक व्यापारमा कुल आयातको हिस्सा नै ८९ प्रतिशत गरेको छ । यसमा निर्यातको हिस्सा भने जम्मा १०.२९ प्रतिशत रहेको पनि भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

नेपालमा चालू आर्थिक वर्षको ७ महिनामा सबैभन्दा बढी आयात भएको वस्तु पेट्रोलियम पदार्थ हो । यो अवधिसम्मको पेट्रोलियम पदार्थको आयात नै एक खर्ब ८५ अर्ब रूपैयाँको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x