×

NMB BANK
NIC ASIA

कसैको उपनिवेश नभएको शान्तिप्रिय नेपाल महाशक्ति अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न : वामदेव गौतम

फागुन १०, २०७८

NTC
Premier Steels

राष्ट्रियसभा सदस्य तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कसैको उपनिवेश नभएको शान्तिप्रिय नेपाल अब महाशक्ति अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न गराइएको बताएका छन् ।

Muktinath Bank

अमेरिकी सहयोगको एमसीसी विवाद चर्किएका बेला मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले यस्तो खतरनाक विषयलाई आँखा चिम्लेर नेपालको संविधानलाई बेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिलाई अहिले नसकिए पनि कुनै दिन नेपाली जनताले कारवाही गरेर छाड्ने जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो सम्झौतालाई परिभाषित गर्ने संघीय कानून नबनिसकेको र देशव्यापी रूपमा जनताले विरोध गरिरहेको अवस्थामा संसदबाट अनुमोदन गराउन प्रतिनिधिसभा समक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो सम्झौता नेपालको संविधानको धारा २७९ को उपधारा (१) बमोजिम भनि प्रस्तुत गरिएको छ तर त्यस धारामा अनुमोदन, सम्मिलन र स्वीकृति वा समर्थन संघीय कानून बमोजिम हुनेछ भनिएको छ । खै संघीय कानून ?’


Advertisment
Nabil box
Kumari

सम्झौतामा एमसीसीलाई माथि र नेपाललाई अपमान हुने गरी तल पारिएको नेता गौतमले जनाएका छन् । ‘त्यति मात्र होइन, उद्देश्यमूलक ढंगले यो परियोजनामा नेपालको लगानीलाई मूल्यहीन बनाइएको छ । हरेक बुँदाबुँदामा दुवै पक्षलाई सम्मानजनक हुने गरी भाषा प्रयोग हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु । यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्नेछ ।’

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x