×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरीमा डीआईजी बढुवा प्रक्रिया शुरू, को–को छन् दौडमा ?

फागुन १४, २०७८

NTC
Premier Steels

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया अगाडि बढाएको छ ।

Muktinath Bank

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रवार सूचना प्रकाशित गरी बढुवा समितिको १३ फागुनको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचनामा ५ दिनभित्र आवश्यक कागजात सहितको मूल्यांकन फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनेका छन् ।


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरीमा अहिले डीआईजीका ३ वटा पद रिक्त छन् । प्रविणकुमार श्रेष्ठ, खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएपछि ती पद रिक्त हुन गएको हो ।

Vianet communication

यद्यपि १ वर्ष थप नभएपछि सर्वाेच्च अदालत गुहारेका प्रविणकुमार श्रेष्ठको मुद्दा भने सर्वाेच्च अदालतले अन्तिम किनारा लगाइसकेको छैन । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. कुमार चुडालको १३ साउन २०७८ को संयुक्त इजलाशले ८ साउन २०७८ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि श्रेष्ठ पदमुक्त भएका थिए ।

तर सोही आदेशमा प्रस्तुत रिट निवेदनका सम्बन्धमा प्रत्यर्थीबाट लिखित जवाफ परेपछि वा म्याद नाघेपछि प्रस्तुत रिट निवेदनलाई अग्राधिकार दिई पेश गर्नु भन्ने उल्लेख छ । सर्वाेच्च अदालतले यो विषयको मुद्दालाई पटक–पटक पेशीमा चढाउँदै आएको छ ।

सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा वरिष्ठ उपरीक्षक (एसएसपी) विदुर खड्का, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक अगाडि छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका हुन् ।

खड्का १ भदौ २०५०, पाल १ मंसिर २०५४, सिंह १८ चैत २०५४ र पाठक १ मंसिर २०५४ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनीहरू ७ वैशाख २०७७ मा डीआईजीमा बढुवा भएका थिए । सशस्त्रमा उनीहरूपछि सिसं १ मा सशस्त्र प्रहरी निरीक्षकका ब्याची कामु एसएसपी छन् । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x