×

NMB BANK
NIC ASIA

एमसीसीको व्याख्यात्मक घोषणा ‘न्यानो थाङ्नो’ मात्रै- झलनाथ खनाल

फागुन १८, २०७८

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणा भनेको ‘न्यानो थाङ्नो’ मात्रै भएको बताएका छन् । 

Muktinath Bank

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले व्याख्यात्मक टिप्पणी भनेको नेपालका नेताहरूलाई आनन्दपूर्वक सुतुन् भनेर बनाइएको एउटा न्यानो थाङ्नो मात्रै भएकोे बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२७५ सांसदलाई हेरेको हेर्‍यै पारेर जबरजस्ती पास गरेको उनले आरोप लगाए । ‘यो नेपालको इतिहासमा दुःखद लज्जाजनक कुरा हो,’ उनले भने ‘न छलफल गर्ने वातावरण बन्यो, सांसदहरूलाई हेरेको हेर्‍यै पारेर जबरजस्ती माथिबाट पेलेर पास गरियो । त्यहाँभित्र अनेकौँ राष्ट्रघाती कुरा भए पनि अहिले एउटा सिकाको सुतारीसमेत सुधारिएको छैन ।’


Advertisment
Nabil box
Kumari

एमसीसी संसदबाट पास गर्दासमेत प्रक्रिया नपुगेको उनको भनाइ छ । ‘सदनमा प्रस्तुत भएको प्रस्ताव सदनभर नै छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘छलफल भएन भने अर्को सदनमा फेरि पेश गर्नुपर्ने हुन्छ ।’ 

Vianet communication

‘केपी ओलीले टेबुल गरेका थिए भनेर कथा सुनाएजस्तै’ गरेर पास गरेको उनको भनाइ छ । उनले व्याख्यात्मक टिप्पणीलाई कथित भनेका छन् । 

‘कथित घोषणा टिप्पणी अलग्गै पारित गरेर, एमसीसी सम्झौता अलग्गै पारित गर्नुपर्ने भए पनि हामीलाई थाहै निदई झ्यामझ्याम आएर झ्यामझ्याम पास गरियो,’ उनले भने । 

एमसीसीले ल्याउने परिणाम अब जन्माउँदै जाने उनको भनाइ छ । कार्यान्वनमा ठूलो चुनौती समेत रहेको उनी बताउँछन् । ‘एमसीसीले नेपालको भाग्य भविष्यमाथि दूरगामी असर गर्छ,’ उनले भने, ‘यसले संसद विभाजित बनायो, राजनीतिक पार्टी विभाजित भए, यस्ता थुप्रै असरहरू देखिन बाँकी छ ।’

यस्तै उनले गठबन्धन एमसीसीका कारण नबनेको र एमसीसीकै कारण नटुट्नेसमेत बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x