×

NMB BANK
NIC ASIA

ओलीप्रति लक्षित गर्दै झलनाथले भने- सभामुखलाई महाभियोग लगाउने तागत कसैसँग छैन

फागुन १८, २०७८

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित’ नेता झलनाथ खनालले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने सपना नदेख्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । 

Muktinath Bank

बुधवार विराटनगरमा भरत मोहन अधिकारी फाउन्डेसनले आयोजना गरेको भरत मोहन अधिकारीको तेस्रो स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सापकोटालाई महाभियोग लगाएर हटाउँछौ भनेर सडकमा भाषण गरे जस्तो सजिलो नभएको बताएका हुन् । महाभियोग लगाउने तागत कसैसँग नभएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाभियोग लगाउन दुई तिहाइ बहुमत चाहिने भन्दै उनले सडकमा उफ्रेर महाभियोग लगाउँछु भन्नु पिँध नभएको भाँडो जस्तै भएको बताए । 


Advertisment
Nabil box
Kumari

‘अहिले नेकपा (एस)का १४ सांसदलाई कारवाही गर्छु भन्नु र सभामुखलाई महाभियोग लगाउँछौँ जस्ता माग राख्नु भनेको पिँधबिनाको भाँडो जस्तै हो,’ उनले भने । 

Vianet communication

मगलवार मात्रै एमाले अध्यक्ष ओलीले सापकोटालाई राजीनामा दिन सुझाउँदै नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका थिए । 

उनले एमालेलाई संसद् फोबिया भएको आरोपसमेत लगाएका छन् ।

‘एक जना धुन्धुकारीले एक पटक नभई दुई–दुई पटक संसद् विघठन गरे,’ ओलीप्रति लक्षित गर्दै उनले भने, ‘पछि दुःख गरेर पुनःस्थापना गरेको संसद् देख्नै हुँदैन नाराबाजी गरी हाल्छन् ।’ एमालेलाई उनले दक्षिण पन्थीको संज्ञासमेत दिएका छन् । 

यस्तै उनले सहमतिको बुँदामा आधारित भएर गठबन्धन बनेको बताउँदै असहमतिको बुँदाले गठबन्धनलाई असर पार्न नहुने पनि बताए । 

कार्यक्रममा उनले मनमोहन र भरतमोहन अधिकारीको योगदानको चर्चा गरेका थिए । ‘भरत मोहन अधिकारीले सामाजिक सुरक्षा भत्ता ल्याउँदा पार्टीसँग सरसल्लाह गरेर ल्याउनु भएको थियो,’ उनले भने, ‘उहाँहरूमा संगठन र सरकार कसरी चलाउने भन्ने अनुभवकै कारण छोटा समयमा राम्रो प्रगति गर्नुभयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x