×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यकामा हटाइयो सबै प्रतिबन्धात्मक व्यवस्था

फागुन २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा कोभिड-१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ ।

Muktinath Bank

उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)ले शुक्रवार जारी गरेको आदेशानुसार आजदेखि लागू हुने गरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमितरुपमा सञ्चालन गर्न सकिने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती प्रशासन कार्यालयले कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन भनी नयाँ आदेश जारी गरेको हो । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न भनेको छ ।


Advertisment
Nabil box
Kumari

यसअघि अन्तिम पटक माघ २३ गते राति १२ बजेदेखि लागू हुने गरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले आदेश जारी गरेको थियो । उक्त आदेशमा  फागुन १ गतेबाट शैक्षिक क्षेत्रका अधिकांश गतिविधि खुला गरिए पनि केही प्रतिबन्धात्मक व्यवस्था कायम राखिएका थियो । 

Vianet communication
Laxmi Bank

यस्तै सपिङ मल सुपरमार्केटलगायतमा मानिस भीडभाड हुने क्षेत्रमा ५० जना भन्दा बढी भेला नहुने गरी खोप लगाइएका व्यक्तिलाई मात्रै प्रवेश दिन आदेशमा भनिएको थियो । यस्तै डान्सबार दोहारी सञ्चालन हुने स्थानमा पनि केही प्रतिबन्धात्मक व्यवस्था कायमै थियो ।

कोरोनाको तेस्रो लहर भित्रिएपछि गत पुस २७ बाट उपत्यका प्रशासनले आदेश जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था लागू गर्न शुरू गरेको थियो । ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x