बैशाख १८, २०८१
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
फागुन २२, २०७८
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चर्किएको साढे ८ महिना पुग्न लागिसकेको छ ।
बैंकमा तरलता अभाव हुँदा यसको असर समग्र अर्थतन्त्रमै परेको छ । असार मसान्तमा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको निक्षेप असोज दोस्रो सातासम्ममा घटेर ४१ खर्ब ८० अर्बमै सीमित थियो ।
दशैं लागेसँगै बढेको निक्षेपमा उतारचढाव हुँदै अहिले फागुन दोस्रो सातासम्ममा आइपुग्दा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप देखिन्छ । यो अवधिसम्ममा भएको कर्जा लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा ठूला वाणिज्य बैंकले थप ऋण दिन नसक्ने अवस्था सिर्जना भएको छ ।
तरलता अभावकै कारण धेरैजसो बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमा ९० प्रतिशतभन्दा बढी पुगेको छ, जसका कारण ती बैंकहरूले थप स्रोतविना ऋण दिन नसक्ने अवस्था भोगिरहेका छन् ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल भने तरलता सहज हुँदै गएको, अहिले पनि प्रणालीमा अधिक तरलता रहेकाले आत्तिनु नपर्ने तर्क गरेर सामान्यीकरण गर्न खोज्छन् । तर, व्यवहारमा भने पैसाको समस्या टड्कारो देखिएको छ ।
गत वर्षको तुलनामा निक्षेप नै कम संकलन भएको तर कोभिडपछि छिटो अर्थतन्त्र रिकभरी हुँदा गत वर्षको भन्दा कर्जाको माग चाहिँ बढी भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । यसलाई अर्थतन्त्रको सुधारका लागि सकारात्मक नै मान्नुपर्ने अधिकारीको तर्क छ ।
बैंकिङ प्रणालीमा चालू आवको ६ महिनामा जम्मा १ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै निक्षेप थप भएको छ । यो अवधिसम्मको कर्जा भने ४ खर्ब ९४ अर्ब रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
गत वर्षको यो अवधिमा बैंकिङ प्रणालीमा ३ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप थियो भने त्यतिबेलाको कर्जा प्रवाह ३ खर्ब ९२ अर्ब रुपैयाँ छ । गत वर्षको तुलनामा यो वर्ष १ खर्ब रुपैयाँ मात्रै बढी कर्जा भएको छ ।
बैंकिङ प्रणालीमा निक्षेप नै कम भएको कारण तरलता अभावको समस्या अझै समाधान भएको छैन् ।
रेमिट्यान्स घट्नु, आयात बढ्नु, बैंकहरूले निक्षेप बढाउन वैदेशिक ऋण लिने र ऋणपत्र जारी गर्ने काम नगर्दा तरलता अभावको समस्या ८ महिनादेखि ज्युँकात्युँ छ । कर्जाको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा जानुले पनि अर्थतन्त्रलाई संकुचित बनाएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आय यो वर्षको पुससम्ममा २६ अर्ब ८६ करोड रुपैयाँले घटेको छ । यो वर्ष ४ खर्ब ६८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको यस्तो आय ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ थियो ।
अनुत्पादक क्षेत्र मानिएको गाडी, घर, शेयर, घरजग्गा, दैनिक उपभोग्य वस्तुमा भएको खर्च मासिक बढ्दै जानुले पनि अर्थतन्त्रलाई थप संकुचित बनाउँदै छ ।
नेपालमा सबैभन्दा बढी रकम वस्तु तथा सेवाबाट बाहिरिनु चिन्ताको विषय भएको सरोकारवालाको भनाइ छ ।
आयातमा बजेटको कुल ७० प्रतिशत रकम सात महिनामा नै सिद्धिएको छ । जम्मा १६ खर्ब ३२ अर्ब रुपैयाँ मात्रै वार्षिक बजेट भएको मुलुकमा सात महिना मै ११ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
स्रोत कम हुँदा सन्तुलन बिग्रियो
बैंकहरूको आम्दानीको स्रोत कम हुँदा निक्षेप र कर्जा प्रवाहको सन्तुलन बिग्रिएको बैंकिङ क्षेत्रका अधिकारी बताउँछन् । बैंकर्स संघ नेपालका अध्यक्ष अनिल उपाध्यायले निक्षेप कम हुँदा बैंकहरूले कर्जा विस्तार गर्न नसक्ने अवस्था आएको बताए । उनका अनुसार बैंकिङ प्रणालीमा अझै तरलता सहज नहुँदा अपेक्षा अनुसार लगानी विस्तार गर्न सकिएको छैन ।
राष्ट्र बैंकले यो वर्षका लागि दिएको कर्जा विस्तारको सीमा १९ प्रतिशत मात्रै हो । ६ महिनामा ११.८ प्रतिशत कर्जा विस्तार भइसकेको छ । अब ६ महिनामा ७.२ प्रतिशत मात्रै कर्जा विस्तार गर्न पाइने भएकाले सन्तुलित भएर लगानी गर्नुपर्ने अवस्था रहेको अध्यक्ष उपाध्यायले बताए । कर्जाको माग अधिक हुनु नै अहिलेको समस्या भएको उनको बुझाइ छ ।
उपाध्याय अनुसार बैंकिङ प्रणालीमा भएको पैसा लगानी भएकै छ । राष्ट्र बैंकबाट दैनिक ५० अर्ब रुपैयाँसम्म स्थायी तरलता सुविधा (एसएलएफ) लिएर बैंकहरूले लगानी गरेका छन् । उनका अनुसार पैसा जति आयातमा बाहिरिएको, सरकारको पूँजीगत खर्च कम भएको र बाहिरबाट आउने पैसा कम भएकाले नै प्रणालीमा लगानीयोग्य रकम कम भएको उपाध्यायको भनाइ छ ।
यो वर्ष रेमिट्यान्स नबढेको, पूँजीगत खर्च पनि कम भएको हुँदा अझै अवस्था सामान्य नहुने बुझाइ उपाध्यायको छ । न्यूनतम उपभोग्य सामान आयात गर्नै पर्ने भएकाले बैंकहरूमा तरलता अभाव सहज हुने अवस्था नदेखिएको उनको बुझाइ छ ।
बैंकिङ विज्ञ तथा सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल पनि भएको पैसा आयातमै गएकाले समस्या देखिएको तर्क गर्छन् । बैंकमा आउनुपर्ने निक्षेपबापतको पैसा चाहिँ नआउने, बैंकिङ प्रणाली बाहिरै पैसा घुमिरहने र आएको पैसा उपभोग्य वस्तुको खरिदमै सकिएको देखिन्छ ।
त्यसो त सरकारी ढुकुटीमा ३ खर्ब रुपैयाँ हुँदाहुँदै पनि त्यो खर्च नभएको, बैंकिङ प्रणालीमा नआउँदा तरलता अभाव लम्बिरहेको पनि दाहालको भनाइ छ । सरकारी पैसा बजारमा ल्याउने तर त्यसलाई आयातमा नलगाउने हो भने समास्या समाधानको एउटा विकल्प हुनसक्ने तर्क दाहालको छ ।
देश भित्रनेभन्दा बाहिरिने रकमको अन्तर बढी हुँदा ६ महिनामा नै २४१ अर्ब शोधनान्तर घाटा भएको छ । यसैका कारण भुक्तानी सन्तुलन बिग्रिन पुगेको हो । अर्को चिन्ताको विषय कुनमा पूर्ण बन्देज र कुनमा परिमाणात्मक बन्देज लगाउने भन्ने स्पष्ट व्यवस्था नहुनु पनि हो । यसले गर्दा आयातमा पैसा बाहिरिएको बाहिरियै गर्दा आर्थिक अवस्था कमजोर देखिएको बुझाइ दाहालको छ ।
गत वर्षको तुलनामा समान परिमाणमा मात्रै वस्तु तथा सेवा आयात भएको र खपत हुने गरेको भएपनि मूल्य बढ्दा बढी पैसा खर्च भएको देखिन्छ । आयात गर्नुपरेकै कारण वाणिज्य बैंकसँग भएको पैसा बजार प्रवाह हुनुपर्नेमा राष्ट्र बैंकमै जानुले पनि तरलता अभाव देखिएको बैंकिङ विज्ञ दाहालको तर्क छ ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वयमा कमजोरी
अर्थ मन्त्रालय र राष्ट्र बैंककबीच समन्वय र सहकार्य नहुनु पनि अहिले अर्थतन्त्रको सूचक बिग्रिनुको एक कारण हो ।
राष्ट्र बैंक आफ्नै बाटोमा हिँड्ने र अर्थ मन्त्रालयले पनि केन्द्रीय बैंकसँग पर्याप्त समन्वय नगर्दा अर्थतन्त्र सम्हालिन नसकेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
उनीहरूका अनुसार सरकारी निकायसँग राष्ट्र बैंकको समन्वयविना अर्थतन्त्र न सुधार हुन सक्छ, न त सम्हालिन नै । बजेट र मौद्रिक नीतिको सम्बन्ध जति सकारात्मक बनाउन सक्यो अर्थतन्त्र उति चलायमान हुन्छ । यसले तरलता सहज बनाउन पनि सहयोग पुग्ने यस क्षेत्रका जानकाहरूको बुझाइ छ ।
सरकारी समन्वय कमजोर हुँदा बैंकहरूले पनि जोखिम लिन नचाहने अवस्था देखिन्छ, जसका कारण राष्ट्र बैंकले उपलब्ध गराउने एक साता अवधिको स्थायी तरलता सुविधा (एसएसएफ)बाट दीर्घकालीन लगानी गरेर बसिरहेका छन् ।
बैंकको लगानी अनुत्पादक क्षेत्रमा बढी
बैंकहरूले अनुत्पादक क्षेत्रमा लगानी गरेको भनेर आरोप लाग्ने गरेको अवस्थामा तथ्यांकले पनि त्यतैतर्फ संकेत गर्छ । चालू आवको ६ महिनामा डेढ करोड रुपैयाँभन्दा माथिको घर कर्जामा मात्रै ३५ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ ।
घरजग्गामा २६ अर्ब रुपैयाँ लगानी यो वर्षको ६ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले गरेका छन् ।
घर जग्गामा भएको यस्तो लगानी गत वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशतले बढी हो ।
बैंकहरूले सवारी कर्जामा गरेका लगानी भने ४.९ प्रतिशतले मात्रै बढेको छ । व्यक्तिगत र व्यापारिक प्रयोजनका सवारी कर्जामा भएको यस्तो लगानी ७ अर्ब ८९ करोड रुपैयाँ छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरसम्मको आयातमा १ खर्ब ७६ अर्ब रुपैयाँ लगानी भएको छ । आयातको अधिकांश हिस्सा दैनिक उपभोग्य वस्तुमा हुन्छ ।
बैंकहरूले गरेको लगानीमध्ये उल्लेख्य कर्जा प्रवाह औद्योगिक, व्यापारिक, सेवा क्षेत्रसहितले लिएको ओभरड्राफ्टमा गएको छ । यो शीर्षकमा बैंकहरूको चालू आवको ६ महिनामा १ खर्ब ३४ अर्ब लगानी गरेका छन् । यस्तो लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अर्को ठूलो हिस्सा डिमान्ड एण्ड अदर वर्किङ क्यापिटल लोनमा गएको छ । यो शीर्षकमा पनि बैंकहरूले ९६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
बैंकहरूले प्रवाह गरेको आवधिक कर्जा ९३ अर्ब रुपैयाँ पुगेको छ । यो कर्जा पनि गत वर्षको ६ महिनाको तुलनामा १० प्रतिशतले बढेको छ ।
अनिवार्य लगानी गर्नै पर्ने गरी तोकिएको डिप्राइभ सेक्टर लोन भने १७ प्रतिशतले बढाएर ५० अर्ब रुपैयाँ पुर्याएको देखिन्छ । अन्य क्षेत्रको कर्जामा भएको लगानी ८६ अर्ब छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिबाटै कडाइ गरेको मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जा ठूला लगानीकर्ताको घटेको भएपनि सानामा ४ अर्ब रुपैयाँले लगानी बढाएका छन् ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले कडाइ गरेको क्षेत्रलाई अनुत्पादक भन्दै राष्ट्र बैंकले कडाइ गरेको छ ।
के भन्छन् निजी क्षेत्र ?
कोभिडपछिको अर्थतन्त्र चलायमान बनाउन सरकार नै चुकेका कारण बजारमा पैसा अभाव भएको निजी क्षेत्रको बुझाइ छ ।
सरकारले निर्माण व्यवसायीलाई करीब ४० अर्ब तिर्न बाँकी छ । कोरोना बीमा गरेबापत बिमितले पाउनुपर्ने रकम ११ अर्ब रुपैयाँ सरकारले दिएको छैन । जेठ र असार महिनाको सामाजिक सुरक्षा कोषमा सरकारले दिन्छु भनेर प्रतिबद्धता गरेको १ अर्ब ४८ करोड रुपैयाँ पनि भुक्तानी नभएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।
कोभिड– १९ महामारीका कारण प्रभावित गरीब परिवारलाई १० हजार रुपैयाँका दरले नगद वितरणको गर्ने घोषणा गरेको भएपनि महामारीको दुई वर्ष नाघिसक्दा पनि वितरण हुन सकेको छैन ।
यस्तो रकम ५ लाख घरपरिवारलाई दिँदा सरकारको ५ अर्ब रुपैयाँ बजारमा प्रवाह हुन्छ । यो रकम निकासा गर्न सरकारले कात्तिक दोस्रो साता नै ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ जारी’ गरेको भएपनि अझै कार्यान्वयन हुन सकेको छैन ।
सरकारले नै सरकारी कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्न काजमा पठाउने व्यवस्था गरेको छ । त्यो व्यवस्था लागू भएको छैन ।
सरकारले घोषणा गरेका कार्याक्रम लागू नहुनु, दिन्छु भनेर गरेको प्रतिबद्धता पूरा नगर्नु, अर्थतन्त्र चलायमान बनाउन व्यवस्थापन नै नगर्नुको असर बैंकिङ प्रणालीमा देखिएको निजी क्षेत्रको बुझाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका खर्च बढेपनि त्यो अनुसारको आम्दानी बढ्न नसक्दा बजारमा पैसा अभाव भएको तर्क गर्छन् । आयात बढ्दा उपभोग्य वस्तुमा हुने खर्च बढ्यो । उक्त खर्च पूर्ति गर्ने गरी निर्यात नहुन सकेन, रेमिट्यान्स घट्यो भने आन्तरिक उत्पादन भएन र उत्पादन हुने वातावरण पनि सहजीकरण नहुँदा अर्थतन्त्रमा त्यसको असर देखिएको तर्क मुरारकाको छ ।
पैसा कहाँ गयो, समस्याको समाधान के हो भन्ने विषयमा सरकारले नै चिन्ता नगर्नु पनि अर्को ठूलो समस्याका रूपमा देखा परेको उनको बुझाइ छ ।
नेपाल उद्योग परिसंघका कृष्ण अधिकारी पनि सरकारले भएको स्रोत र साधनको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचित हुँदै गएको तर्क गर्छन् ।
अधिकारी भन्छन्, ‘केही वर्षअगाडि बैंकको पूँजी वृद्धि गरेर २ अर्बबाट ८ अर्ब बनाउँदा ऋण व्यवास्था नहुँदै भूकम्प गयो । भूकम्पले थलिएको अर्थतन्त्र सुधार हुनै लाग्दा कोभिड शुरू भयो । कोभिडले थलिएको अर्थतन्त्र सुधार गर्न ऋणको माग बढी आउँदा पूर्ति कम भयो र यसको असर समग्र अर्थतन्त्रमा परेको छ ।’
शेयर बजार खुम्चनु, दूरदराजदेखि गाउँ हुँदै सहरको अर्थतन्त्र क्रियाशील बनाउन सरकार चुक्नु र अर्थतन्त्रको व्यवस्थापनमा भएको कमजोरीकै कारण अहिलेकोको अवस्थामा आएको उनको बुझाइ छ । सरकारले खर्च बढाउन नसक्नु र अर्थतन्त्र चलायमान बनाउन व्यवस्थापनको कमजोरी नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको अधिकारीले बताए ।
सरकार (अर्थमन्त्रालय), राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगदेखि बैंक तथा वित्तीय संस्था हुँदै निजी क्षेत्रसम्मलाई अर्थतन्त्र संकुचित हुँदै गएको महशुस भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताए ।
सबैले आफ्नो तर्फबाट जिम्मेवारी लिएर समाधानको उपायमा आवश्यक पहल नगर्नु नै सबैभन्दा ठूलो समस्या भएको तर्क उनको छ ।
ढकालका अनुसार राष्ट्र बैंकले आफ्नै हिसाबले अर्थतन्त्र कस्न खोज्ने, अर्थ मन्त्रालय आफ्नै गतिमा हिँड्ने हुँदा छिटो समाधान गर्न सकिने समस्या लम्बिएको छ ।
यसका लागि अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना बनाएरै जानुपर्ने सुझाव उनले दिए ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...