×

NIC ASIA

रुस र युक्रेनबीचको तनावको असर भान्सामा : खाने तेलको मूल्य बढ्यो

फागुन २३, २०७८

Prabhu Bank
NTC
Premier Steels

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ ।

Muktinath Bank

स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्रा विक्रि गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताए ।

Vianet communication

यस्तै, सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा विक्रि गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको बताए । उनले मूल्य बढेपनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गरे ।

उनले रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइ सकेको समेत बताए ।

संघका पूर्वअध्यक्ष बज्रचार्यले हाल खाने तेल लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडी बढाउन आवश्यक रहेको पनि औंलाए । उनले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धीत निकायसँग तत्काल छलफल अगाडी नबढाए मूल्य थप चुलिँदै जाने बताए ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ ।

नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ ।  यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख  र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x