×

NIC ASIA

मादी दुर्घटनाः मन्त्री भन्छन्- मृतकका परिवारलाई एक लाख दिन्छौं, सचिव भन्छन्- कानूनै छैन

फागुन २७, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बिहीवार संखुवासभाको मादी-६ मा भएको बस दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने बताए । तर, मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले भने उक्त दुर्घटनामा मृत्यु भएकाका परिवारलाई कुनै पनि आर्थिक सहायता उपलब्ध गराउन नसकिने बताएका छन् । 

आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी कानून नभएको उनको भनाइ छ । ‘गाडीको ‘थर्डपार्टी’ बीमा गरिएको होला,’ उनले भने ‘मृत्यु हुनेका परिवारले त्यो पाउनु हुन्छ, प्रदेश सरकारले अहिलेसम्म त्यस्तो कानून बनाएको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार संखुवासभाको मादी–६ मा भएको दुर्घटनामा मृत्यु भएका प्रत्येकका परिवारलाई आर्थिक सहयोग स्वरुप १ लाख रूपैयाँ उपलब्ध गराउने मन्त्री कार्कीले घोषणा गरेका थिए । 


Advertisment
Rupse Holidays
Nabil box

ओखलढुंगामा रहेका मन्त्री कार्कीले दुर्घटनाले प्रदेश सरकारलाई समेत स्तब्ध बनाएको बताउँदै मृतक १५ जनाको परिवारलाई आर्थिक सहयोग गर्ने बताएका थिए । दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने उनको भनाइ थियो । 

Vianet communication

झापाको दमकतर्फ गइरहेको बा ४ ख ७३५ नम्बरको यात्रुवाहक बस मादी सातघुम्ती मोडमा दुर्घटना हुँदा १५ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । घाइतेहरूको हाल बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा परी बस चालक तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपिन निरौला, सहचालक मादी–५ का उमेश भट्टराई, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, ४८ वर्षीय दीपककुमार दाहाल, ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–२ का ४२ वर्षीय इन्द्र अधिकारीको मृत्यु भएको छ । 

त्यस्तै मादी–६ की ३२ वर्षीया अञ्जना कटुवाल ३० वर्षीया सीता विक, मादी–४ की २८ वर्षीया सविता कार्की, मादी–६ की ५ वर्षीया दीक्षा कट्वाल, मादी–४ का आइतबहादुर तामाङ, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन, ८ वर्षीय सुदीप घिसिङ र २७ वर्षीया युका पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा मादी–६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी–४ की २४ वर्षीया करिश्मा तामाङ, मादी–६ की २२ वर्षीया तुलसा कट्वाल र मादी–४ का २४ वर्षीय सुवास तामाङ घाइते भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x