×

NIC ASIA

हवाई क्षेत्रमा अर्को फड्को : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

फागुन २८, २०७८

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

७ दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेषगरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ ।

Muktinath Bank

देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् ।


Advertisment
Nabil box
Kumari

आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ । जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

Vianet communication

प्राधिकरणका महानिर्देशक इन्जिनीयर प्रदीप अधिकारीले झण्डै ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताए । गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाजले परीक्षण उडान गर्ने निगमले जनाएको छ ।
 
नेपालमा विक्रम संवत् २००६ सालमा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो । सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको शुरूआत भएको मानिन्छ । त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो ।

विक्रम संवत् २००७ सालमा भारतको पटनाबाट इण्डियन नेसनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो ।

ठूलो अत्याधुनिक विमानस्थल  
     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए । उनले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण परियोजना भएको बताए ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । यो विमानस्थल अत्याधुनिक उपकरणयुक्त छ । मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।
   
गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापरवाहीले अवरोध भएको थियो ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आउन लागेको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रूपले निर्माण गरेको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करीब २२ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । पहिलो चरणमा करीब ११ अर्ब रुपैयाँ खर्च भएको छ ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानपछि सबैभन्दा धेरै लाभ गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई हुने व्यवसायीको बुझाइ छ । विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन् । विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ । 

लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलंका लगायत मुलुकबाट सीधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईले बुद्धिस्ट पर्यटक आकर्षण गर्न गौतमबुद्ध विमानस्थलको महत्त्वपूर्ण भूमिका हुने बताए । कोभिड महामारीबाट सहज बन्दै गइरहेको मुलुकको पर्यटन क्षेत्रका लागि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले विदेशी पर्यटक बढ्ने र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्वास छ ।

प्राधिकरणले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान योग्य भएको सूचना प्रकाशित गरेको छ । यो विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विमानस्थलको सबै विवरण रहेको पुस्तक समेत प्रकाशन गरेको छ । आगामी अप्रिल २१ देखि विमानस्थलले अन्तर्राष्ट्रिय उडानको मान्यता पाउने बताइएको छ । प्राधिकरणले विमानस्थल उडानका लागि योग्य भयो भनी उडान गर्न चाहने एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि ‘एप्रोच’ गर्न विमानस्थलको सबै विवरण सहितको प्रकासन जारी गरेको छ ।

३ अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान गर्ने इच्छा

गौतमबुद्ध विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले उडानका लागि चासो देखाएका छन् । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार अहिले ३ एयरलाइन्सले उडानका लागि इच्छा देखाएका छन् । गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएका हुन् । –सीबी अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x