×

NMB BANK
NIC ASIA

चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्छ- गण्डकीका मुख्यमन्त्री पोखरेल

फागुन २८, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । 

Muktinath Bank

तनहुँको व्यास नगरपालिकाले शनिवार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यास नगरपालिका–५ मानुङकोटबाट शुरू भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दूरी पार गर्दै व्यास नगरपालिका–८, पुलिमराङमा समापन भएको हो । 


Advertisment
Nabil box
Kumari

‘हामीमा गठबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो, अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं, आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’

Vianet communication

छिमेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरूले पनि त्यसको अनुशरण गर्नुपर्ने बताए । 

आर्मीका वेदबहादुरलाई उपाधि 

व्यास नगरपालिकाले बर्सेनि गर्दै आएको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले हात पारेका छन् । 

पाँचौं संस्करणको म्याराथनमा सुनुवारले मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरेका हुन् । 

नेपाली सेनाकै मोहनदेव जोशी ३ घन्टा ५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र सेनाकै नवराज साउद ३ घन्टा ९ मिनेटमा दूरी पार गरी तेस्रो भए । सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना भए । 

आयोजक व्यास नगरपालिकाका मेयर वैकुन्ठ न्यौपानेका अनुसार विजेताले ८५ हजार ७८, ६५ हजार ७८ रूपैयाँ पुरस्कार पाएका छन् । 

यसैगरी, दोस्रोले ५५ हजार ७८ तथा तेस्रोले १६ हजार ७८ नगद पुरस्कार प्राप्त गरेका छन् । म्याराथनमा १७३ जना धावक सहभागी थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x