×

NMB BANK
NIC ASIA

डेढ वर्षीया बालिका बलात्कार र हत्या प्रकरण : गाँजाको तालमा बनेको थियो योजना !

फागुन २९, २०७८

NTC
Premier Steels

मोरङको सुन्दरहरैँचा-७ मा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दाजुभाइलाई प्रहरीले सार्वजनिक गरेको छ । 

Muktinath Bank

अपहरण शैलीमा घरबाट बालिकालाई झाडीमा लगेर बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय मिथुन र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमा खेल्दै गरेकी बालिकालाई १० रूपैयाँ दिएर फकाएर लगेर बलात्कारपछि हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार अजयले ती बालिकालाई घरदेखि करीब १०० मिटर पर खोला किनारको झाडीमा लगेका थिए । अजय मिथुनका भाइ हुन् । अजयले करणी गर्दा बालिका धेरै चिच्याएपछि बियरको बोतल र ढुंगाले टाउकोमा हानेको जिसीको भनाइ छ । 

Vianet communication

बलात्कारपछि बालिकालाई त्यहीँ छाडेर एक भट्टी पसलमा गएर रक्सी खाएको प्रहरीको भनाइ छ । ​अजयका दुईवटी श्रीमती छन् भने मिथुन अविवाहित हुन् । 

‘दाजुभाइले पालैपालो बलात्कार गरेछन्,’ एसपी जिसीले भने, ‘पहिला भाइ अजय र पछि दाजु मिथुनले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।’

बलात्कार गर्नुअघि उनीहरूले केराबगानमा गाँजा खाएर योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘खोलामा बालुवा चालिरहेका मिथुन र भाइ अजयबीच भेट भएछ,’ उनले भने, ‘केराबगानमा गाँजा खाँदै योजना बनाएछन्, त्यसपछि अजयले बालिकालाई ल्याएका रहेछन् ।’

मृतक बालिका र पक्राउ पर्ने दाजुभाइको घर करीब ३०० मिटरको फरकमा छ । उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

घटनाको प्रमाण नष्ट गर्न मिथुनले ढुंगा केही पर फालेका थिए । 

बालिका शुक्रवार साँझ ५ बजे तिर घरबाट हराएकी थिइन् । परिवारले खोज्दा ६ः३० बजेतिर नजिकैको झाडीमा बालिका चिच्याइरहेको अवस्थामा फेला पारेका थिए । उनको शुक्रवार मध्यरातमा विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

पक्राउ परेका दाजुभाइलाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

आरोपी अजय गत मंसिरमा जेलबाट छुटेका व्यक्ति हुन् । दुई वर्षअघि दुई वर्षीया बालिकालाई बलात्कार गर्न अपहरण गरेर ल्याउँदै गर्दा स्थानीयले थाहा पाएपछि नियन्त्रणमा लिएर बुझाएका थिए । पीडित बालिकाका आफन्तले बयान फेरेपछि उनलाई अदालतले रिहाइ गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x