×

NMB BANK
NIC ASIA

कालीगण्डकी-तिनाउ डाइभर्सन मदन भण्डारीको सपना हो, कसैले रोक्न सक्दैन- विष्णु पौडेल

फागुन ३०, २०७८

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजना पूरा भएरै छाड्ने बताएका छन् । 

Muktinath Bank

आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको भन्दै उनले यो बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले बुटवलले सोमवार बुटवलमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो आयोजना बन्नेमा शंका नगर्न भनेका छन् । 


Advertisment
Nabil box
Kumari

‘यो आयोजना विष्णु पौडेलले देखेको सपना होइन, विष्णु पौडेलले पछ्याएको योजना हो, एमालेले पछ्याएको योजना हो । यो आयोजनाको सपना देख्ने व्यक्ति मदन भण्डारी हुनुहुन्छ,’ उनले भने, ‘जबजमा कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने पाँचौँ महाधिवेशनमा मदन भण्डारीले लेख्नुभएको छ । कालीगण्डकीको पानी तिनाउमा ल्याउँछौँ ।’ 

Vianet communication

उनले आयोजनाको कार्यान्वयन कसैले रोक्न नसक्ने बताए । ‘आयोजनाको अदालतमा मुद्दा पनि परेको छ । डीपीआर सकिएको छ । केही संकीर्ण मानिसले मुद्दा पनि हालेका छन,’ उनले भने, ‘अदालतले स्टे पनि गरेको छ । आयोजना कार्यान्वयन कसैले रोक्न सम्भव छैन ।’ 

राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने पौडेलले बताए । रिणी र रुद्रवेनीको बीचमा २५०० मेगावाटको जलाशययुक्त निर्माण हुने उनको भनाइ छ । 

अरू ठूला आयोजना पनि कार्यान्वयन हुने पौडेलले बताए । पौडेलले एमाले नेतृत्वको सरकारले राष्ट्रिय राजमार्गमा बनाउन अगाडि सारेका १० वटा पुलमध्ये ८ वटा अहिलेको सरकारले हटाएको बताएका छन् । 

कोशी, भालुवाङ मुग्लिनका महत्त्वपूर्ण ठाउँमा बन्ने पुलमध्ये एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले हटाएको उनले आरोप लगाए । 

विश्व बैंकको लगानीमा तिनाउमा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ । तिनाउ-दानव करिडोरमा पर्ने वस्तीका विस्थापितलाई उचित रुपमा सम्बोधन गर्ने बताए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x