×

NMB BANK
NIC ASIA

तुहिएको वैकल्पिक राजनीति

नेपालका 'वैकल्पिक दल' : आफू मात्र असफल भएनन्, विकल्प जन्मिने बाटो समेत भत्काए !

चैत १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको पञ्जाब राज्यमा आम आदमी पार्टीको विजयसँगै नेपालमा पनि वैकल्पिक राजनीतिको बहसले फेरि एकपटक चर्चा पाएको छ ।

Muktinath Bank

राजधानी नयाँ दिल्लीमा एक दशकअघि उदाएको आम आदमी भारतका अन्य प्रान्तमा फैलिँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरानो दल कांग्रेस आईको ओरालो यात्रा र भाजपा ‘डोमिनेसन’को विकल्प खोजिरहेका मतदाताले विकल्पका रूपमा अरबिन्द केजरिवालको पार्टीलाई रोजेका छन् ।


Advertisment
Nabil box
Kumari

आम आदमी केन्द्रीय सरकारमा समेत पुग्न सक्ने अड्कलबाजी हुन थालेका छन् ।

Vianet communication
Laxmi Bank

पञ्जाबमा आम आदमीको विजयलाई लिएर नेपालमा वैकल्पिक राजनीतिको सम्भावनाबारे यो साता फेरि एकपटक बहस भएको छ ।

‘दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओडिन्छ’ विम्ब नेपाली राजनीतिमा पहिलेदेखि नै प्रयोग हुँदै आएको छ ।

अझ उपेन्द्र यादवले त दिल्लीलाई नेपाली राजनीतिको ‘मक्का मदिना’ भनेर टिप्पणी नै गरेका थिए । 

बीपी कोइरालाको पालादेखि नै नेपालमा दिल्लीको राजनीति नक्कल हुँदै आएको छ । त्यसैले वैकल्पिक राजनीतिको वकालत गर्नेहरू भारतमा आदमीको सफलतामा हौसिन्छन्, परन्तु उनीहरूको सही कुराको अनुशरण गर्न सक्दैनन् ।

अन्ना हराजेको भ्रष्टाचारविरोधी अभियानको ‘बाइ प्रडक्ट’का रूपमा आम आदमीको उदय भयो ।

साँच्चिकै सामान्य जीवनशैली अपनाइरहेका केजरीवालले आम आदमीको रथलाई कुशलतापूर्वक हाँकिरहेका छन् । 

भविष्यमा भारतका अन्य प्रान्तमा पनि उनको दलले झाडु लगाउने सम्भावना छ । 

तर, नेपालमा वैकल्पिक राजनीतिको बहस गर्नेहरूले जनतालाई छुने कुनै अभियान सञ्चालन गर्न सकेनन् । 

सामाजिक सञ्जालमा फलो गर्ने र कमेन्ट गर्नेहरू आफ्नो जनाधार भएको भ्रममा उनीहरू बसिरहे ।

परम्परागत राजनीतिक दलका नेताको आचरणमा प्रश्न उठाएर वैकल्पिक राजनीति गर्न खोज्नेहरूले राजनीतिक संस्कार सिक्न र सिकाउन सकेनन् ।

भारतमा वैकल्पिक राजनीतिको सम्भावना फस्टाउँदै जाँदा नेपालमा भने झनझन् खुम्चिँदै गएको छ ।

खुम्चिएको मात्र होइन, वैकल्पिक राजनीतिको वकालत गर्नेहरूको लाचारीले गर्दा पुराना राजनीतिक दलको हालीमुहाली र आत्मविश्वास चुलिएको छ ।

भारतमा फस्टाए पनि नेपालमा भने वैकल्पिक राजनीति पतनउन्मुख छ । 

नेपालमा वैकल्पिक राजनीतिको इमान्दार प्रयास विवेकशील नेपाली दलका उज्ज्वल थापाहरूले शुरू गरेका हुन् ।

अहिले वैकल्पिक राजनीतिको मूलधार दाबी गर्ने रवीन्द्र मिश्रहरू पछि आएर जोडिएका मात्र हुन् ।

जीतहार जेसुकै भए पनि उज्ज्वल थापाले संस्कारी राजनीतिको शुरूआत गर्न खोजेका थिए । 

२०७२ सालको भूकम्पका समयमा विवेकशील नेपालीका अभियन्ताहरूले शुरू गरेको भोलेन्टियर सर्भिस र संस्कारी राजनीतिका कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंमा विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले सम्मानजनक मत पाएकी थिइन् । 

वैकल्पिक राजनीतिका लागि सशक्त प्रयास भने डा. बाबुराम भट्टराईले गरेका थिए, जो असफलता हासिल गरेर पुरानै राजनीतिमा फर्किए ।

‘सफल अर्थमन्त्री र गणतन्त्रपछिका एक डायनामिक प्रधानमन्त्री’को छवि बनाएर समाजमा एकप्रकारले स्थापित भट्टराईले वैकल्पिक राजनीतिक पार्टीको रूपमा ‘नयाँ शक्ति’ स्थापना गरे । 

चर्चित कलाकारदेखि पूर्व प्रशासकसम्मलाई समेटेर बाबुरामले नयाँ खालको राजनीतिक पार्टी गठनको प्रयास गरेका थिए । एसएलसीमा ‘बोर्ड फर्स्ट’ भएर युवा विद्यार्थीबीच आदर्श विद्यार्थी बनेका बाबुराम वैकल्पिक राजनीतिको यात्रामा नराम्ररी फेल भए । नयाँ शक्तिको अपार विफलतापछि उनी उपेन्द्र यादवको पार्टीमा जोडिन पुगे । बाबुरामलाई त्यहाँ पनि उकुसमुकुस भइरहेको सहजै देख्न सकिन्छ ।

राजनीतिक दलका नेताहरूलाई प्रहरीको शैलीमा केरकार अन्तवार्ता गरेर चर्चामा आएका पत्रकार रवीन्द्र मिश्र पनि वैकल्पिक राजनीतिको दोकान थाप्न बजार प्रवेश गरे ।

नेताहरूको आलोचना गर्नु, कमजोरी खोतल्नु या प्रश्न गर्नु र राजनीति गर्नुमा आकाशजमिनको अन्तर छ । नेता बन्नु र नेतालाई प्रश्न गर्ने अन्तर्वार्ताकार बन्नुको भेद थाहा नपाएका मिश्रले सामाजिक सञ्जालमा व्यक्त विचारमा प्रतिक्रिया आए जस्तो मत आउँछ भन्ने भ्रम पाले ।

उनको महत्त्वाकांक्षा यति चरम चुलीमा थियो कि– लोकान्तरसँगको एका अन्तवार्तामा उनले २०७४ सालको चुनावमा नै बहुमत ल्याउँछौं भनेका थिए ।

परम्परागत शक्तिलाई धक्का दिन्छौं भनेको भए केही विश्वासिलो सुनिन्थ्यो होला । पहिलो चुनावमै बहुमत ल्याउने सपना दिउँसै देखे । उनीहरू नेपाली माटोसँग परिचित रहेको देखिएन । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र केही टाठाबाठाको कुराले बहुमत ल्याउने भ्रममा परे । अहिले उनी संघीयता खारेजीको संविधानविरोधी एजेन्डा बोकेर वैकल्पिक राजनीतिको भ्रम छर्दैछन् ।

मूलधारका राजनीतिक दललाई गाली गरेर नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्नेहरू आफू असफल मात्र भएनन्, उनीहरूले वैकल्पिक राजनीतिलाई नै गलत ढंगले परिभाषित गरिदिए ।

अहिले वैकल्पिक राजनीतिको वकालत गरिरहेकाहरू जति दिन सक्रिय रहन्छन्, त्यति नै वैकल्पिक राजनीतिको स्पेस खुम्चिँदै जानेछ ।

वैकल्पिक राजनीति गर्छौं भनेका दल फेल हुँदा देशका लागि नै क्षति भइरहेको छ । यसलाई मोटामोटी ढंगले यसरी विश्लेषण गर्न सकिन्छ :

परम्परागत दलहरूको रजगज

पुराना दलबाट अहिलेको समस्या समाधान नहुने भन्दै नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने दलहरूको स्थापनाले मूलधारका राजनीतिक दलका नेताहरूको मनमा ढ्याङ्ग्रो ठोकिएको थियो ।

२०७३ वैशाखमा दशरथ रंगशालामा नयाँ शक्ति पार्टी उद्घाटनका क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, नयाँ शक्तिले नेकपा एमालेबाहेकका दललाई धक्का दिन्छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले पाएको मतले कांग्रेस, एमाले र माओवादीलाई झस्काएको थियो । २०७४ साल मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि काठमाडौंका कतिपय स्थानमा साझा विवेकशीलका उम्मेदवारको मतले राजनीतिक समीकरणमा फेरबदल ल्याएको थियो । चुनाव लगत्तै उनीहरूमा आएको फूटले वैकल्पिक राजनीतिसँग डराएका मूलधारका परम्परागत दलहरूमा हौसला थपियो । 

स्थानीय तहदेखि, प्रदेश र केन्द्र सरकारमा अहिले खुलेआम भ्रष्टाचार मौलाएको छ । आमनागरिक पाइलापाइलामा ठगिएका छन् । शिक्षा र स्वास्थ्यजस्तो नागरिकको आधारभूत विषय व्यापारीकरण भएको छ ।

भ्रष्टाचार सर्वत्र हुँदा सुशासन भन्ने शब्द राजनीतिक दलको घोषणापत्रमै सीमित छ । 

नेपालमा वैकल्पिक दलको उदयको चाहनामा तुसारापात

असफल भएर पनि वैकल्पिक राजनीतिको स्पेस ओगटिरहेका राजनीतिक दलका कारण नेपालमा वैकल्पिक राजनीतिक शक्ति आएको हेर्न चाहनेको भावनामा तुसारापात भएको छ ।

२०४८ देखि २०७८ सम्म नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाले सत्तामा हालीमुहाली गरे । 

‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नेपाली उखान चरितार्थ भइरहेको नेपालको राजनीति सुधार्ने कोही आओस् भन्ने आम जनमत थियो । 

प्रत्येक चुनावमा नेपाली मतदाताले परिवर्तन खोजेका छन् । 

कांग्रेस र एमालेलाई भ्रष्ट भन्दै २०६४ सालमा माओवादीले अपार सफलता पायो । तर, उनीहरूको कार्यशैली कांग्रेस र एमालेको भन्दा भिन्न भएन । २०७० सालको चुनावमा जनताले माओवादीमाथि डण्डा चलाइदिए ।

लेखक खगेन्द्र संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘केजरीवालको आम आदमी पार्टी त विस्तारवादी पो निस्क्यो गाँठ्ठे । कत्राकत्रा मै हुँ भन्ने साँढे पार्टीलाई उछिनेर दिल्लीपछि यो पञ्जाबमा विस्तारित भएछ । यताका म वैकल्पिक पार्टी हुँ भन्दै चुरिफुरी गर्ने सङ्कुचनमुखी दलहरूले केजरीवालको विस्तारवादको रहस्य बुझ्न खोजे के पो बिग्रेला र ?’

वैकल्पिक राजनीतिको वकालत गर्दै आएका (पहिला नयाँ शक्ति र हाल जसपाका नेता) डम्बर खतिवडा नेपालमा वैकल्पिक राजनीति पतनको बाटोमा गएको बताउँछन् । 

‘नेपालमा वैकल्पिक राजनीतिको धरातल नै कमजोर थियो । भारतमा ७० वर्षको प्रदेश संरचनामा जमेको भ्रष्टाचार र डेलिभरीको समस्या थियो, त्यही विषयलाई लिएर आप जन्मेको थियो,’ खतिवडाले लोकान्तरसँग भने, ‘नेपालमा संविधान, शासकीय मोडल, प्रदेश संरचना र उनीहरूलाई दिइने अधिकारको विषयमा बहस भइरहेको समयमा आप जस्तै पार्टीका लागि जग छैन ।’

नयाँ शक्ति र विवेकशील साझा असफल हुनुको कारण पनि उनले खुलाए ।

‘नयाँ शक्ति गठनका बेला एउटा प्रयास भएको हो । नयाँ शक्तिका लागि भोट पनि धेरै राम्रो आएको हो, तर कार्यकर्ता पलायन हुन शुरू गरेपछि उपेन्द्र यादवसँग मिल्नु बाबुरामको बाध्यता जस्तो भयो,’ खतिवडा भन्छन्, ‘विवेकशीलमा चाहिँ विचारको परिवर्तन भनेर रवीन्द्र मिश्रले नयाँ भाउँतो निकाल्नुभएको छ । गणतन्त्रविरोधी एजेन्डा निकालेर उहाँ पतनको बाटोमा हिँड्नुभएको छ ।’

तत्कालका लागि वैकल्पिक राजनीति पतनको दिशामा गए पनि चुनावपछि अर्को क्षितिज देखिन सक्ने उनको विश्वास छ ।​

'ब्रेन ड्रेन'को डरलाग्दो प्रवृत्ति

ज्ञान र सीप भएको सक्षम जनशक्ति आफ्नो देश छाडेर बिदेसिनुलाई 'ब्रेन ड्रेन' अर्थात् प्रतिभा पलायन भनिन्छ ।

देशको अस्थिर राजनीति, भ्रष्ट शासकीय प्रणाली र जताततैको बेथितिका कारण भविष्य खोज्न भन्दै युवा बिदेसिने प्रचलन झन् बढेको देखिन्छ ।

लोकसेवालाई अपवाद मान्दा अन्य क्षेत्रको अवसरमा नातावाद र कृपावाद चरमचुलीमा छ ।

ठेक्कापट्टा र व्यापारमा पनि लक्षित वर्गलाई फाइदा पुग्ने गरी नियम बनाइदिने पोलिसी करप्सन झन झाँगिँदो छ ।

भविष्यमा राजनीति सुधारिएला, देशमा कुनै राजनीतिक शक्ति आएर भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना गर्ला भन्ने आशा नभएपछि अब्बल र काबिलहरूले देश नै छाडिरहेका छन् ।

‘सन्ततिको भविष्य सुनिश्चित’ गर्ने नाममा देश बनाउन आवश्यक राम्रा डाक्टर, पाइलट र इञ्जिनीयरहरू देश छाडिरहेका छन् ।

छात्रवृत्ति या व्यक्तिगत लगानीमा विदेश पढ्न गएकाहरू सितिमिति स्वदेश फर्केर आउन छाडेका छन् । 

‘ब्रेन ड्रेन’को यो प्रवृत्तिले देशमा आर्थिक विकास र समृद्धिको नारा सपनामै सीमित हुने देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x