×

NMB BANK
NIC ASIA

चुनावी आकलन

एमालेसँग चुनावी तालमेलबारे प्रचण्डको जवाफ : कांग्रेसले लखेट्न थाल्यो भने के हुन्छ ...

चैत ३, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै नेकपा एमालेसँग चुनावी तालमेलको सम्भावना नभए पनि राजनीतिमा असम्भव केही नहुने बताएका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसले माओवादीलाई लखेट्न खोजेमा एमालेसँग गठबन्धन नहोला भन्न नसकिने उनको टिप्पणी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस सेन्टर लुम्बिनीले बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरूबीच नै चुनावी तालमेलको सम्भावना रहेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘अहिले हामी गठबन्धनमा छौं, सरकार पनि त्यसैगरी छ । तत्काल एमालेसँग तालमेल हुने सम्भावना देखेका छैनौं,’ प्रचण्डले भने । 

Vianet communication

अध्यक्ष प्रचण्डले कांग्रेसको भूमिकाबाट अन्य दलसँग तालमेल हुने/नहुने निर्धारण हुने बताए । ‘एमालेसँगको चुनावी तालमेलको कुरा नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने कुरा हो, राजनीतिमा असम्भव भन्ने पनि हुँदैन । मैले संसदबाट भनेको छु, राजनीतिमा असम्भव भनेको छैन, सम्भावनाको खेल हो,’ प्रचण्डले अगाडि भने, ‘कांग्रेसका नेताहरूले माओवादीसँग तालमेल हुँदैन भनेर गरिएका कुरा, अतिवादी ढंगले देखिएको छ । कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन तर देउवाले गठबन्धनलाई मिलाएर जाने कुरा गर्नुभएको छ ।’

अध्यक्ष प्रचण्डले आफ्नै तागतले निर्वाचनमा होमिने बताए । त्यसका लागि संगठनलाई बलियो बनाउन नेता–कार्यकर्तालाई उनले निर्देशन दिए ।

उनले भने, ‘राजनीतिक रूपमा सुसूचित र आर्थिक रूपमा जनतालाई सम्पन्न बनाउने पार्टीको एजेण्डालाई मुख्य ध्यानमा राखेर आफ्नै तागतमा निर्वाचन अभियानमा होमिन हामीले नेता कार्यकर्तालाई निर्देशित गरेका छौं ।’

अध्यक्ष प्रचण्डले गठबन्धन गरेर मात्र चुनाव जितौंला भन्ने नसोच्न नेताहरूलाई सचेत समेत गराए । ‘गठबन्धनमार्फत चुनावी परिणामलाई सकारात्मक बनाउने विषयलाई सहायक रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

प्रचण्डले एमसीसीका कारण नयाँ गठबनधन बन्छ कि जस्तो देखिएपछि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गराएपछि हालका लागि गठबन्धन सुरक्षित रहेको बताए । 

प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने भ्रम हटेको बताए । ‘तोकिएको समयमै चुनाव हुन्छ । त्यसमा कुनै कन्फ्युजनमा नरहन सबैलाई आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘निर्वाचनबारे कुनै कन्फुयुजन भए तयारीलाई असर गर्छ । अहिले पूरै तयारीका साथ लाग्ने अहिलेको विषय हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x