×

NIC ASIA

छुट्टाछुट्टै सवारी दुर्घटनामा १६ जनाको मृत्यु

चैत ५, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

भक्तपुर, कास्की, कैलाली, सर्लाही, रुकुम (पूर्व), अछाम, मोरङ, सुनसरी, डोटी, बझाङ, सप्तरी, चितवन, सुर्खेत र प्युठानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कौशलटार चोक नजिक ना.७ त २७७४ नम्बरको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार ललितपुर ईमाडोल बस्ने उदयपुर गाईघाट घर भएका १८ वर्षीय प्रदिप कार्कीको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको समिट अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्की, माछापुच्छ्रे गाउँपालिका-८ पादी खोलास्थित सडकमा लुम्रेबाट कालीमाटीतर्फ जाँदै गरेको ग.२ च ३९३१ नम्बरको गाडी  सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडी चालक माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम बस्ने ३५ वर्षीय बल बहादुर भुजेलको मृत्यु भएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

कैलाली, टिकापुर नगरपालिका-४ अस्नेरीमा से.३ प ९७४६ नम्बर र लु.७४ प ४०७४ नम्बरका दुई मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका से.३ प ९७४६ नम्बरको मोटरसाइकल चालक टिकापुर नगरपालिका-२ बन्दीपुर बस्ने १७ वर्षीय मञ्जिल कार्कीको टिकापुर अस्पतालमा र लु. ७४ प ४०७४ नम्बरको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रजापति चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का १ जना घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

Vianet communication

सर्लाही, कबिलासी नगरपालिका-६ जमुनियामा बिआर ३० क्यू ५२९२ नम्बर र बिआर ०६ सिएफ ५३५७ नम्बरका दुई मोटरसाइकल शुक्रबार दिउँसो आपसमा ठक्कर खाई दुर्घटना हुँदा बिआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका-२ पिपरया बस्ने २८ वर्षीय धर्मेन्द्र रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम (पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-१२ गरखानीमा रा.१ त ३३७३ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

अछाम, मंगलसेन नगरपालिका-९ कैलाश खोला नजिक से.६ प १८९९ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका वलीगाउँ बस्ने ४० वर्षीय माधव शर्माको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङ, ग्रामथान गाउँपालिका-१ लखन्तरीमा को.२५ प ८५५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका-५ बस्ने १६ वर्षीय आलोक बिश्वास र मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका-१ बस्ने १८ वर्षीय रिसब चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिराट टिचिङ अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का १ जना घाइतेको सोही अस्पातालमा उपचार भइरहेको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ खहरेखोलास्थित सडकमा को.२९ प ६२०६ नम्बर र को.९ प ३३७२ नम्बरका दुई मोटरसाइकल शुक्रबार दिउँसो एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा को.९ प ३३७२ नम्बरको मोटरसाइकलका चालक बराहक्षेत्र नगरपालिका-२ बस्ने २६ वर्षीय अमृत पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका को.२९ प ६२०६ नम्बरको मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि विराट नर्सिङ विराटनगर पठाइएको छ ।

डोटी, आदर्श गाउँपालिका-२ साँउदकाडामा सु.प.प्र.०१००२त ६५४२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने करन साउदको छोरा ८ वर्षीय दुरज साउदको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङ, बुङगल नगरपालिका-४ तम्तोलामा झापाबाट बिजगडातर्फ जाँदै गरेको सु.प.प्र.०१-०१०प ७०९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रि भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय सुरेश कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ रत्वालामा स.१ च १६८३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दु:खीलाल लेखीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१ लिला चोकमा ना.२ ह २८५४ नम्बरको अटोलाई ना.१ ज ६९४२ नम्बरको म्याजिकले शनिबार बिहान ठक्कर दिँदा अटोमा सवार झापा दमक नगरपालिका-५ बस्ने ७६ वर्षीय सोम प्रसाद पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा र अटो चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उक्त म्याजिकले अटोलाई ठक्कर दिई पुन: ना.१ ज ५१३६ नम्बरको म्याजिकलाई समेत ठक्कर दिएको थियो । तीन वटै सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.७ प १७९९ नम्बरको मोटरसाइकल भे.१ ख ३३०२ नम्बरको टिपरको पछाडी ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लेकवेशी नगरपालिका-५ नेटा बस्ने १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार लेकवेशी नगरपालिका-५ नेटा बस्ने १७ वर्षीया सन्दिपा पुलामीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्युठान, माण्डबी गाउँपालिका-२ सेतोपहरामा ना.३ ख ७१३२ नम्बरको बस आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा बसमा सवार दाङ घोराही उपमहानगरपालिका-३ बनजोड बस्ने २६ वर्षीया साबित्री परियारको छोरा १ वर्षीय अंशु परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बस चालक समेत २२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा आवश्यक उद्धार कार्य गर्नुको साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x