×

NMB BANK
NIC ASIA

भारतमै बिजुलीको मूल्य आकासिएपछि...

कुन स्थानबाट आउने बिजुलीको मूल्य कति ?

चैत १०, २०७८

NTC
Premier Steels

विश्वव्यापी रुपमा कोइलाको आयात निर्यातमा आएको सङ्कट तथा व्यापक मूल्य वृद्धिको असर नेपालको ऊर्जा प्रणालीमा देखिएको छ । सुक्खामौसममा नेपालको नदी नालामा पानीको मात्रा कम हुने भएकाले बिजुलीको उत्पादन असाध्यै न्यून बिन्दुमा पुग्छ । सोही आधारमा नेपाल विद्युत् प्राधिकरणले कूल ४०० मेगावाट बराबरको बिजुली भारतबाट खरिद गर्दैआएको छ । 

Muktinath Bank

द्विपक्षीय सम्झौताका आधारमा नेपालमा आयात भइरहेको बिजुली दिन असमर्थ रहेको भन्दै भारतले जनाएपछि प्राधिकरण दैनिक रुपमा हुने प्रतिस्पर्धी बजारबाट खरिद गर्ने अवस्थामा पुगेको हो । त्यसलाई ‘इनर्जी एक्सचेञ्ज मार्केट’ भनिन्छ । शेयर बजारमा जस्तै हरेक १५÷१५ मिनेटमा सो एक्सचेञ्जमा बिजुलीको भाउ निर्धारण हुन्छ । त्यस आधारमा २४ घण्टालाई ९६ ब्लकमा विभाजन गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको सो एक्सचेञ्ज मार्केटमा प्रतियुनिट बिजुलीको भाउ २० भारतीय रुपैयाँसम्म पर्छ । यस आधारमा नेपालमा आयात हुने बिजुलीको मूल्य बजारमा रु ३२ पर्न जान्छ । त्यसमा प्रसारण शुल्क, प्रसारण प्रणालीमा नोक्सानी, एजेन्सी कमिशनलगायत गर्दा प्रतियुनिट रु ३८ सम्म पर्न गएको छ ।


Advertisment
Nabil box
Kumari

भारतको झण्डै ६० प्रतिशत बढी ऊर्जा उत्पादन कोइलाबाट हुने गरेको छ । रुस र युक्रेनबीचको संघर्ष तथा अन्तर्राष्ट्रिय बजारमा कोइलामा भएको मूल्य वृद्धिका कारण भारतको ऊर्जा उत्पादनमा ठूलो असर परेको छ । भारतमा कोइलाबाट बिजुली उत्पादन गर्ने टाटा पावरले राजधानी नयाँ दिल्लीलगायत स्थानमा बिजुली कटौती हुन सक्ने चेतावनी दिएको छ ।

Vianet communication

यी विभिन्न कारणले नेपालमा आयात भइरहेको बिजुली एक्कासी घट्दा सुक्खायाममा सङ्कट देखा परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले भने, “यो तत्कालको समस्या हो । आगामी डेढ महिनापछि हाम्रै प्रणालीमा खेर जाने गरी बिजुली उपलब्ध हुन्छ ।” कोइलाको मूल्य वृद्धि तथा बिजुलीको भाउमा भएको अस्वाभाविक परिवर्तनका कारण नेपाललाई तत्काल असर देखिएको उनले बताए । बढी मूल्य तिरेर नै भए पनि उद्योगीलाई बिजुली उपलब्ध गराइने उनको भनाइ छ । 

“यो अल्पकालीन समस्या हो । दीर्घकालीन होइन । हामीले उद्योगी व्यवसायीलाई पनि सहयोगका लागि आग्रह गरेका छौँ । उहाँहरुले पनि सकारात्मक जवाफ दिनुभएको छ”, घिसिङले भने । भारतीय इनर्जी एक्सचेञ्जमा आएको बिजुलीको मूल्यको परिवर्तनका कारण कूल रु आठ अर्ब बराबरको थप व्ययभार पर्ने उनको भनाइ छ । नेपालले केही दिन अघिसम्म प्रतियुनिट आठ भारुमा बिजुली खरिद गरेको थियो । सामान्य अवस्थामा प्रतियुनिट दुई भारुमा बिजुली आयात भएको थियो ।

कुन स्थानबाट आउने बिजुलीको मूल्य कति ?

प्राधिकरणले बिहारबाट १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६.१८ भारु र बिहारबाटै ३३ केभीको प्रसारण लाइनमार्फत प्रतियुनिट ६.६८ भारुमा बिजुली खरिद गरिरहेको थियो । उत्तराखण्डबाट ११ केभीको प्रसारण लाइनमार्फत ७.११ भारुमा बिजुली आयात गरिरहेको थियो । कूल ४०० केभी क्षमताको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत प्रतियुनिट ४.६० पैसामा बिजुली आयात भइरहेको थियो । 

सो बिजुली भारतीय नोडल एजेन्सी एनभीभीएनमार्फत आयात गरेको हो । पीटीसी इण्डियामार्फत १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ४.१२ र इनर्जी एक्सचेञ्ज मार्केटबाट औसतमा प्रतियुनिट ७.१६ भारुमा बिजुली आयात भइरहेको थियो । नियमित रुपमा बिजुली उपलब्ध गराइरहेका एजेन्सीले बिजुली दिन नसक्ने बताएपछि इनर्जी एक्सचेञ्ज मात्रै बाँकी रहेको जानकारी दिँदै घिसिङले आकस्मिक रुपमा आइपरेको समस्याका आधारमा लोडसेडिङ भयो वा गरियो भनेर बुझ्न नहुने बताए ।
    आगामी २४ घण्टाका लागि औसतमा प्रतियुनिट २० भारुमा नै बोलकबोल प्रक्रियामा सहभागी भएको विवरण दिँदै घिसिङले अल्पकालीन रुपमा देखिएको समस्या समाधानका लागि सबैको सार्थक सहयोग आवश्यक रहेको बताए ।
नेपालको कूल माग ३१ हजार मेगावाट प्रतिघण्टा रहेको छ । त्यसमध्ये १२ हजार मेगावाट प्रतिघण्टा भारतबाट आयात हुने गरेको थियो । आन्तरिक रुपमा प्राधिकरण र प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रमा ऊर्जा उत्पादन केन्द्रबाट आपूर्ति भइरहेको छ । नेपालका अधिकांश आयोजना नदी प्रवाही भएकाले सुक्खा मौसममा जडित क्षमता अनुसार विद्युत् उत्पादन हुँदैन । त्यसको असर प्रणालीमा परेको प्राधिकरणले जनाएको छ ।

उद्योगमा लोडसेडिङ भएको होइन

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले बिजुलीको आयात एक्कासी रोकिदा केही समय उद्योग तथा औद्योगिक करिडोरमा आपूर्ति रोकिएको जानकारी दिए । उनले तत्काल समस्या परेपनि बिजुलीको खपत आन्तरिक रुपमा बढाउने लक्ष्यका साथ प्राधिकरण लागि परेको बताए । पछिल्ला दिनमा उद्योगमा मात्रै ३०० मेगावाट बराबरको माग बढेको उनको भनाइ छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x