पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
चैत १२, २०७८
छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको ३ दिने औपचारिक नेपाल भ्रमण शुरू भएको छ । सन् १९५५ बाट राज्यस्तरीय सम्बन्धसँगै १९६० मा आपसी दूतावास स्थापना अगावै नेपाल–चीनबीच सामाजिक, सास्कृतिक, धार्मिक अनि व्यापारिक रूपमा घनिष्ट सम्बन्ध थियो ।
उपहारको आदानप्रदान र भ्रमण समेत हुन्थे । चीनबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिक लगायतका क्षेत्रमा उल्लेखनीय सहयोग छ । केही वर्ष पहिले सम्पन्न पछिल्लो लगानी सम्मेलनमा छिमेकी मित्रराष्ट्र चीनबाट १२ अर्ब डलरको प्रतिबद्घता प्राप्त भएको थियो ।
यस्तो हितकर मित्र र अगाध पारस्परिक सम्बन्ध भएको देशबाट भ्रमण स्वाभाविक हो र निरन्तर रहनुपर्छ । यस्ता भ्रमण बहुरूपमा समेत बहुआयामिक हुनुपर्छ अनि देशको हित लगायत अन्तर्राष्ट्रिय जगतमा पहिचान तथा परिचयको एक आयाम बन्नुपर्छ ।
यो केबल छिमेकी मित्रराष्ट्रका विदेश मन्त्रीको भ्रमण मात्र होइन, संसारको सर्वाधिक शक्तिशाली देशको मन्त्रीको भ्रमण समेत हो । विख्यात पत्रिका फोब्र्सको सर्वेक्षणअनुसार अहिले चीन आयतन र प्रतिव्यक्ति क्रय क्षमता दुवै मापनका आधारमा पहिलो आर्थिक शक्ति हो भने त्यहाँका राष्ट्रपति सी विश्वको पहिलो शक्तिशाली व्यक्ति हुनुहुन्छ । चीनको पछिल्लो अद्घितीय अद्भूत अर्थ–राजनीतिक प्रगतिबाट चीन उक्त आभुषणले विभुषित भएको हो । अहिले चीन संसारको उच्च व्यापार नाफा कायम गरेको, अधिक प्रतिव्यक्ति क्रय क्षमताको आम्दानी भएको, अग्ला भवन, फराकिला सडक, सुविधा सम्पन्न शहरहरूको देश हो ।
फरिद जकारियाको ‘पोस्ट–अमेरिकन वल्र्ड’मा वर्णित अद्भूत चीन निर्माणमा वर्तमान राष्ट्रपति सीले प्रयोग गर्नुभएको जोसेफ एस नाईबाट विकसित अवधारणा ‘सप्mट पावर’को ठूलो भूमिका छ । वीलियम ओभरहल्टको पुस्तक ‘द राइज अफ चाइना’ लगायत थुपै्र पश्चिमा लेखकले चीनको प्रगतिलाई शान्तिपूर्ण उदय (पिसफूल राईज अफ चाईना) भने पनि चीन स्वयंका विद्वानहरू भने चीन इतिहासमा पनि आर्थिक विकास र सभ्यताको केन्द्र भएकाले यो उदय नभई पुनरागमन (पिसफूल रिटर्न अफ चाईना) भएको बताउँछन् । आजकाल पश्चिमा बजारमा प्रकाशित सम्पूर्ण पुस्तकको ४० प्रतिशत त चीनबारे लेखिएका सर्वेक्षणहरू देखिन्छन् ।
बेलायति प्रसिद्घ पत्रिका ‘द टेलेग्राफ’मा २ अक्टोवर २०११ मा ज्यु जीनरनकृत लेखमा तत्कालीन विश्वसम्राट नेपोलीयनको चीनमाथिको टिप्पणीलाई साभार गरिएको छ । नेपोलीयनको भनाइ थियो ‘चाइना इज स्लिपिङ लाईन, लेट हर स्लिप, फर हेवन सि वेकस् सि सेक्स द र्वल्ड’ (चीन सुतिरहेको सिंह हो, उसलाई सुत्न देऊ, जब ऊ उठछ, तव विश्वलाई कम्पन दिनेछ) । अहिले उक्त भनाइ चरितार्थ हुँदैछ । विश्व आकर्षण तथा विचार/विमर्शको केन्द्र बन्दै चीनले लामो समयको एकधुव्रीय संसारलाई बिनिर्माण गर्दैछ । यस्तो महाशक्ति देशबाट भएको यस भ्रमणले हामीलाई विराट व्यापार परियोजना बीआरआईमार्फत आफूलाई लाभान्वित गर्ने अवसर पस्किन्छ । व्यापार सञ्जाल विस्तारसाथ समन्वय बढाउन भन्छ ।
हामी अन्तर्राष्ट्रिय समाचार बन्छौं, सुरक्षा सबलता प्रमाणित हुनेछ । चीनमा अविलम्बित समाजवादबाट हाम्रो समाजवादी भविष्यको लक्ष्यलाई दिशानिर्देश गर्ने सेतु भेटिन सक्छ । भ्रमणमार्फत हुने सामिप्यता निर्माण र अनुभवको आदानप्रदानले देशको नयाँ भविष्य निर्माणार्थ तत्कालीन भलाइका केही अनि राज्य संयन्त्र तथा सुशासनमा दीर्घकालीन संरचानात्मक परिवर्तन ल्याउने विशेष उपलब्धि लिन सरकार सफल हुनुपर्छ ।
तत्कालीन हितका सम्भावनाहरू
चीन हाम्रो विकास निर्माणमा सहयोगी मित्रराष्ट्र हो । कुनै एक कालखण्डमा उसैको सहयोगमा देशमा अनेकौं कलकारखानाहरू सञ्चालनमा थिए । काठमाडौंको चक्रपथसँगै बानेश्वरको अन्तर्राष्ट्रिय सभा भवन चिनियाँ सहयोगका जीवित उदाहरण हुन् । उसबाट भूकम्पको समयमा उद्घार, राहत तथा पुनःस्थापनमा सहृदयी सहयोग पाइयोे । अहिले पनि ग्यासको भण्डारण गृह, तेलको पाइपलाइन निर्माण, सोलार ऊर्जा तथा विद्युत् उत्पादनमा सघाउने इच्छा बाहिरिएका सुनिन्छ । भ्रमणमार्फत यस्ता सम्भावनालाई अझै घनिभूत बनाउन सकिन्छ, यसलाई हामीले सदुपयोग गर्नुपर्छ ।
हामी जहिल्यै भारतमा निर्भर भएकाले कतिपय परिस्थितिहरूमा भारतका भित्री मनसायहरूलाई मान्न बाध्य हुन्छौं । भारतीय लेखक एसडी मुनिका थुप्रै पुस्तकहरूमा नेपालको ‘इन्डिया ब्राकेटेड सेन्टिमेन्ट’ (भारतवेष्ठित मनोविज्ञान) को चर्चा छ । अहिले वैदेशिक व्यापारको ७८ र सम्पूर्ण आयतको ९० प्रतिशत हिस्सा भारतबाट हुन्छ । तेस्रो मुलुकसँगको व्यापारमा भारत भएरै पारवहन गर्नुपर्छ । तसर्थ नरम एकाधिकारबाट बेलाबेला असहजता झेल्नुपर्छ ।
यही बेला चीनका व्यापारी समेत नेपालमा लगानी गर्न चाहन्छन् । चाइना बिजनेश रिभ्युका अनुसार सन् २००० ताका १ खर्ब डलर नजिक रहेको चीनको वैदेशिक लगानी आज ९०० गुणा बढी छ । चीनको अगुवाइ रहेको ‘एसियाली भौतिक संरचना निर्माण बंैक’को प्रमुख ध्येय नै अन्तरदेशीय व्यापारमा लगानी हो । हामीले यी अवस्थाबाट लाभान्वित चीनसँग सघन व्यापारको प्रयास गर्नुपर्छ । वास्तवमा हामी ‘ल्यान्ड लक्ड’ नभई ‘ल्यान्ड लिंक्ड’ राष्ट्र हौं । संसारकै अधिक जनसंख्या भएको महाशक्तिसँग स्थलगत जोडिएका छौं ।
नेपालको अहिलेको जनसंख्या बराबर त चीनमा प्रतिवर्ष औसत जनसंख्या वृद्घि हुने भएकाले हामीलाई बृहत बजार उपलब्ध छ । हाम्रा उत्पादन त्यहाँ पठाउन सके उच्च खपत हुन्छ । सकेसम्म धेरै कलकारखाना सञ्चालन गर्दै त्यहाँ उच्च माग भएका सामानहरूको व्यापक निर्यात गर्ने अभिप्राय राख्नुपर्छ । उच्च स्तरमा हुने यस्ता भ्रमणहरूले यी सम्भावनालाई सार्थक गर्न विशेष पहलको मौका दिलाउन सक्छ ।
पर्यटन हाम्रो अर्थतन्त्रको एउटा मुख्य आधार हो, भविष्यमा निर्णायक आर्थिक धार बन्ने सम्भावना छ । आर्थिक महाशक्ति भएपछि चीनका नागरिकहरूले घुमफिर तथा मनोरञ्जनसँगै भ्रमणमा निकै समय दिन थालेका छन् । ‘इन्भेस्टिङ अन बुद्घिस्ट सर्किट’ नामक प्रतिवेदनको ताजा तथ्यांक अनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड पर्यटकमा २५ प्रतिशत बौद्घ धर्मालम्वी छन् । चीनमा संसारकै २० प्रतिशत (लगभग साढे १ अर्ब) जनसंख्यामा झण्डै ६५ प्रतिशत मानिसहरू बुद्घ धर्म मान्छन् । मुख्य धर्मग्रन्थ त्रिपिटकले समेत बौद्घ अनुयायीलाई एकपकट लुम्बिनी पुग्नैपर्ने भन्छ, धर्मावलम्बीमा समेत लुम्बिनी पुग्ने उत्कट अभिलाषा देखिन्छ । लुम्बिनी हामीसँग हुनु अधिक चिनियाँ पर्यटकलाई ल्याउने प्रमुख माध्यम हुनसक्छ । आतिथ्यतामा कहलिएका हामीसँग अन्य सांस्कृतिक र प्राकृतिक सम्पदा समेत प्रशस्त छन् । संसारका सबै बौद्घ अनुयायीलाई कम्तिमा जीवनको एक पटक र हरेक वर्ष अधिक संख्यामा चिनियाँ नागरिकलाई लुम्बिनी भ्रमण गराउन सहजीकरण गर्दा हाम्रो प्रयासले ठूलै उचाइ पाउनेछ ।
अहिलेको प्रधान ऊर्जा पेट्रोलियम केही दशकपछि समाप्त हुने कारण चीन लगायत सबै देशलाई वैकल्पिक ऊर्जा व्यवस्थापनको ठूलो चिन्ता छ । आगामी समयको एउटै भरपर्दो ऊर्जा विद्युत् हो । हामीसँग अथाह विद्युत् उत्पादन सम्भावना छ । अबको ५० वर्षपछि संसारमा आउने ऊर्जा संकटलाई टार्ने सोचसहित अहिल्यैदेखि विद्युत् उत्पादन कार्यनीति बनाउँदा आज मध्यपूर्वका देशले तेल बेचेर कमाएको हैसियत हामीले विद्युत् बेचेर कमाउन सक्छौं । चीन हाम्रो मुख्य बजार हुनेछ । अनेकन सम्भावनाका अपार अवसरलाई मूर्तरूप प्रदान गर्ने थालनीका लागि यस्ता भ्रमणमा विशेष अनुरोध र आग्रह गर्न सकिन्छ ।
भूराजनीतिको दृष्टिकोणबाट हामी भारत तथा चीन दुवैको सुरक्षा कवच हौं र दुवैसँग देशको हितमा प्रशस्त सौदावाजी गर्नसक्छौं । चीन यस विषयमा सधैं सकारात्मक छ, प्रयास हामीले गर्नुपर्छ । यी तत्कालीन हितसँगै समाजवादको न्तव्यमा चीनबाट सिक्नुपर्ने कुरा धेरै छन् ।
समाजवादी गन्तव्यको अनुकरण
समाजवाद शब्दको विश्वव्यापी चर्चामा महाशक्ति चीनले वर्तमान राष्ट्रपति सीको नेतृत्वमा गरेको अभूतपूर्व विकास अनि समृद्घिको मुख्य भूमिका छ । चीनमाथि भएका पछिल्ला सबै अध्ययनले चिनियाँ प्रगति उच्च रफ्तार र आयतनको भएको स्वीकार्छन् । पछिल्लो १० वर्षमा ६६० मिलियन मानिसहरू गरीबीको रेखाबाट उक्सिएको देखिन्छ । समाजवादकै मार्गबाट चीन संसारको पहिलो अर्थतन्त्र बन्यो । २०२५ सम्ममा ४०० मिलियन थप मानिसहरू गाउँबाट शहरमा स्तरोन्नति हुँदैछन् । रेल र रोडको सञ्जाल झण्डै दोब्बर हुँदैछ । ५० वर्षका लागि ल्याइएको पछिल्लो योजनामा ३० वर्षभित्र चीनलाई संसारमा सबै कुरामा पहिलो बनाउने योजना समेटिएको सुनिन्छ । तसर्थ चीनले आयातित वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रामक अंकुश लगाई तिनलाई आफ्नै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दैछ ।
समाजवादी अर्थतन्त्रको अभ्यासबाट चीनले पाएको सफल नतिजा समृद्घिको लागि प्रयासरत हामीलार्ई अनुकरणीय सभ्यता हो । विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, सांस्कृतिक लगायतका अन्य पक्ष समेत जोडिन्छ । जसलाई चिनियाँ समाजवादले राम्ररी अनुशरण गर्दैछ । विज्ञता केन्द्रित राजनीति र सरल जीवन चीनबाट सिक्ने अन्य पक्षहरू हुन् ।
चिनियाँबीच नागरिक एकता उच्चतम छ । देशसँगै सरकारप्रति आम चिनियाँको गहिरो सम्मान छ । भौतिक सम्पन्नता साथै मानवीय सभ्यता अनि आफू लगायत अरूकोे विकासमा चीन अग्रसर हुँदैछ । पछिल्लो १० वर्षमा चीनले उच्च औद्योगिक वृद्घि गर्यो । त्यससँगै आएका अत्याधिक भ्रष्टाचार, सम्पत्तिमा असमान वितरण अनि प्रदूषणका समस्यामा पनि ऐतिहासिक र अकल्पनीय सुधारहरू ल्यायो । दीगो विकास र सामाजिक स्थिरताका लक्षणहरू प्रशस्त देखिए ।
समाजका सबै खाले पेशाकर्मी, व्यवसायी, उद्यमी, विद्यार्थी, सरकारी कर्मचारी लगायत सबैमा देशप्रति बढ्दो निष्ठा र समर्पण छ । कसरी आफ्नो काम सम्पादनमार्फत सफल राष्ट्र निर्माणमा सघाउने भन्ने व्यग्र तृष्णा र सोही तहको संकल्प देखिन्छ । समृद्घ र सभ्य देश निर्माणमा चिनियाँ नेतृत्व र नागरिक सबैले सकेको योगदान गर्दैछन् । न्याय, समानता, मानवीय स्वतन्त्रतामा समेत आशातित सफलता र स्तरोन्नति हुँदैछ । हामीले यी गुणहरूलाई यथाशक्य अनुशरण गर्नुपर्छ ।
यी बहुआयामिक सम्भावनालाई उजागर र सम्भव बनाउँदा हाम्रो समृद्घिको सोचलाई सहयोग पुग्नेछ । चीन सम्बन्ध भविष्य निर्माण तथा सकारात्मक विकासको हाम्रो खोजीमा प्रमुख सारथि हुनसक्छ । चिनियाँ विदेश मन्त्रीको यस भ्रमणबाट सुनौला सम्भावना खोज्न र काम गर्न थाल्नुपर्छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...