×

NIC ASIA

मछिन्द्रलाई स्तब्ध पार्दै राजर्षि जनक गोल्डकपको उपाधि पिप्ले युवा क्लबले जित्यो

चैत १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

छैठौं राजर्षि जनक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई स्तब्ध पार्दै हेटौंडाको पिप्ले युवा क्लब दोस्रो पटक विजयी भएको छ । सर्लाही जिल्लाको बागमती नगरपालिकामा भएको छैठौं संस्करणको राजर्षि जनक गोल्डकप फाइनल खेलमा पिप्लेले टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै विजयी भएको हो । 

Muktinath Bank

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र साविक विजेता पिप्ले युवा क्लब विच भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले समान गोलको अवसर पाए पनि गोलमा परिणत गर्न  भने सकेनन् । त्यस्तै खेलको दोस्रो हाफको सुरुवाती ६ मिनेटमा पिप्ले युवा क्लबका अमिर श्रेष्ठले डिबक्स नजिकैबाट हानेको फ्रिकिक बल विपक्षी टिमको पोष्टबार माथिबाट जादाँ गोल हुनबाट चुक्यो । त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले ८ औ मिनेटमा विपक्षी टिमको खेलाडी छल्दै विमल थापा मगरलाई पास दिँदा अफसाईड हुन पुग्यो । निकै रोमाञ्चक भएको प्रतियोगिताको फाइनल खेलको ३४ औ मिनेटमा मछिन्द्रका यानद्रियोस नियोकले फलगर्दा पिप्ले युवा क्लबले राम्रो अवसर पाएपनि रोप बहादुर लामाले  हानेको बल मछिन्द्रका गोल रक्षक विशाल राईले उत्कृष्ट बचाउ गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 पिप्लेको गोलपोष्ट नजिकै मछिन्द्रका खेलाडी यानद्रियोस नियोकले वान भर्सेस वानमा विमल घर्ती मगरलाई दिएको बललाई विमलले गोलमा परिणत गर्न सकेन्न । दुवै टिमले खेलको निधारित सयममा गोल गर्ने समान अवसर पाएपनि गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।


Advertisment
Nabil box
Kumari

ट्राइब्रेकरमा मछिन्द्र क्लबबाट सुजल श्रेष्ठ , विजय धिमाल र करिमले ३ गोल गरे । त्यस्तै  विमल घर्ती मगर र देवेन्द्र तामङ्गको बल पिप्लेका गोल रक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे । त्यस्तै पिप्लेबाट अशोक खवास,समिर राज थोकर र अमिर श्रेष्ठले ३ गोल गर्दा कुलदिप कार्कीको बल पोष्टबार माथिबाट बाहिरियो र माट्रिनको बल मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

Vianet communication

 दुवै टिमको ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमा पिप्लेका तर्फबाट रोप बहादुर लामाले थप १ गोलगर्दा मछिन्द्रका छिरिङ गुरुङको प्रहार बल क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाको गोलनै  निर्णायक सावित हुन पुग्यो र ४–३ गोल अन्तरले हेटौंडको पिप्ले युवा क्लबले दोस्रो पटक राजर्षी जनक गोल्डकपको विजेता बन्न पुग्यो । प्रतियोगिताको विजेता पिप्लेले १० लाख १ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता मछिन्द्र क्लबले ५ लाख ५ सय नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो । 

आज भएको फाईनल खेलको म्यान अफ द म्याच  पिप्लेका गोल रक्षक अशोक बराल घोषित भए यस्तै प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x