×

NMB BANK
NIC ASIA

आयल निगमको प्रस्तावः आइतवार पनि बिदा दिने, यातायातमा जोरबिजोर लागू गर्ने

चैत १५, २०७८

NTC
Premier Steels

नेपाल आयल निगमले सरकारसँग पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव पेश गरेको छ । 

Muktinath Bank

निगमले सवारीसाधनमा जोरबिजोर लागू गर्नेदेखि आइतवार पनि बिदा दिनेसम्मको प्रस्ताव गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तावअनुसार संवेदनशील क्षेत्र बाहेकका सवारीसाधनमा जोरबिजोर प्रणाली लगाउने र सरकारी निकायमा शनिवार र आइतवार २ दिन बिदा दिने भनिएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको पेट्रोलको लागत मूल्य १८३ रूपैयाँ प्रतिलिटर पुगेकाले  घाटा कम गर्न लागत मूल्यअनुसार नै लिन पाउनुपर्ने निगमको भनाइ छ । 

Vianet communication

हाल प्रतिसिलिण्डर १५७५ मा बिक्री भइरहेको ग्यासको लागत मूल्य पनि २२४० पुगेकोले सोही मूल्यमा बिक्री गर्न पाउनुपर्ने माग पनि निगमले गरेको छ । 

पेट्रोलियम पदार्थमा भइरहेको लगत मूल्य लिन नपाउने हो भने सरकारले ऋण दिनुपर्ने, भन्सार मूल्य तत्कालका लागि लिन नहुने, सरकारी बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष तथा सञ्चयकोषसहितबाट निगमलाई आवश्यक रकम सहज रूपमा ऋण उपलब्ध गराउनुपर्नेसहितको माग निगमले गरेको छ । 

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अरू विकल्प नभएकोले निगमले हरेक महिना घाटामा गइरहेको र तेल किन्नै नसक्ने अवस्था आएकोले विभिन्न १० वटा विकल्प उद्योग मन्त्रालय हुँदै सरकारसमक्ष पेश गरिएको छ । 

यस्तो विकल्पमा सरकारले हाल पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शुल्क मिनाहा गर्न माग गरिएको छ । निगमले पेट्रोलियम पदार्थमा लिने भन्सार तथा पूर्वाधार शुल्कसहितमा १५ रूपैयाँसम्म र ग्यासमा प्रतिसिलिण्डर २०० रूपैयाँ तत्कालै मिनाहा गर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलाउने व्यवस्था हुनुपर्ने माग पनि गरेको छ ।  

यस्तै विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन दिने, खाना पकाउने ग्यासको विकल्पमा बिजुलीको प्रयोग गर्ने विषयमा सरकारबाटै आह्वान गर्नुपर्ने माग गरेको छ । 

ठूला पूर्वाधार र परियोजनामा पनि बिजुलीको खपत बढाएर पेट्रोलियम पदार्थको खपत कम गर्ने र छोटो दूरीका सवारीसाधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न माग गरिएको छ । जुनसुकै प्रकारका सवारीमा पनि सिट क्षमताअनुसार यात्रु बोक्न पाउने व्यवस्था गर्नुपर्ने माग आयल निगमले गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x