×

NMB BANK
NIC ASIA

कमिशन बढाउने खेलोमा रोकियो पेट्रोलियम पदार्थको ढुवानी, सर्वसाधारणलाई सास्ती

चैत १८, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

कमिशन र ढुवानी भाडा बढाउन माग गर्दै ढुवानी व्यवसायीले शुक्रवारबाट पेट्रोलियम पदार्थको आपूर्ति रोकेका छन् । 

Muktinath Bank

पेट्रोलियम पदार्थको ढुवानी रोक्ने र डिलरहरूले पनि आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउने भएपछि महँगो तिर्दा पनि उपभोक्ताले इन्धन नपाउने अवस्था सिर्जना हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आइरहेको र आयल निगमलाई घाटा बढेर आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई हम्मेहम्मे परिरहेको छ । 


Advertisment
Nabil box
Kumari

यही समयमा पेट्रोलियम डिलर्स तथा ढुवानी व्यवसायीले आफूअनुकूलको लाभ मात्रै खोज्दा महँगो मूल्यमा पनि उपभोक्ताले इन्धन खरिद गर्न नपाउने अवस्था सिर्जना भएको हो ।

Vianet communication

यो बेला जनताप्रति उत्तरदायी हुनुपर्ने भए पनि व्यवसायीहरू आन्दोलनमा जानु र निगमसँग भण्डार क्षमता कम हुनुले पनि आपूर्तिमा तत्कालै समस्या आउने आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । 

उनका अनुसार व्यवसायीको माग सम्बोधन गर्ने विषयमा आयल निगमले ७ चैतमा पत्राचार गरेर जेठसम्म पर्खन भनेको छ । 

तर, ग्यास उद्योग संघ, ढुवानी व्यवसायी संघ र पेट्रोलियम डिलर्स एशोसिएसनका व्यवसायीले भने आफूले सुविधा नपाई जनतालाई किन सुविधा दिने भन्ने नियत राखेको देखिएको निगमका एक अधिकारीले बताए । ढुवानी बन्दले जनताले दुःख मात्रै पाउने अवस्था सिर्जना भएको छ ।

उद्योग मन्त्रालयले २९ चैतमा उनीहरूको राखेको मागको विषयमा सहसचिवस्तरीय एक अध्ययन समिति गठनसमेत गरेको छ । 

त्यो समितिले व्यवसायीले राखेको मागको सम्बन्धमा अध्ययन गरेर रिपोर्ट दिनेसहितको कार्यगत शर्त छ । 

वैशाखमा चुनाव भएको र अध्ययन गर्न पनि समय चाहिने भएकोले निगमले जेठ मसान्तसम्मको समय मागेको भए पनि व्यवसायी अहिले नै माग पूरा गराउनुपर्ने भन्दै दबाब दिन थालेका छन् । 

अध्ययन गरेर त्यो भन्दा अगाडि नै टुंगो लगाउन निगम प्रतिबद्ध रहेको भए पनि ढुवानी व्यवसायी र डिलरहरूको धैर्यता नदेखिएको निगमका अधिकारीहरूको भनाइ छ ।

निगमका प्रवक्ता उपाध्यायले भने ‘अहिलेको ढुवानी व्यवसायीले ढुवानी भाडा बढाउनुपर्यो भनेका छन् । ग्यासवालाहरूले र डिलर एशोसिएसनले पनि कमिशन बढाउन माग गरेका छन् ।’ 

ट्यांकरले पेट्रोलियम पदार्थको लोड–अनलोड बन्द गर्ने निर्णय र पेट्रोलियम पदार्थ नउठाउने भनेपछि आमउपभोक्तामा भने अभावको त्रासले लाइन लाग्ने क्रम बढाउन सक्छ । 

हाल पेट्रोलियम डिलर्सको कमिशन बिक्री मूल्यको प्रतिलिटर ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत रहेको छ । 

यो कमिशन हाललाई नबढाउने भनेर ७ चैतको आयल निगम सञ्चालक समितिले निर्णय गरेको छ । त्यो निर्णयविरुद्ध व्यवसायीहरू आन्दोलित भएका हुन् । 

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले सरकारसँग एक महिनाअघि नै पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउनुपर्ने माग राखेको बताए । तर, आफूहरूको मागलाई बेवास्ता गरिएकाले बाध्य भएर आपूर्ति रोक्ने निर्णय गर्नुपरेको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x