×

NMB BANK
NIC ASIA

देउवाको दिल्ली यात्रा

प्रधानमन्त्री देउवाको भारत भ्रमण: पञ्चेश्वरदेखि सीमा समस्यासम्मका कुरा

यस्ता छन् नेपाल-भारतबीच भएका ४ सम्झौता

चैत १९, २०७८

NTC
तस्वीरः रासस ।
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनादेखि दुई देशका सीमा समस्यासम्मका विषय उठान भएका छन् । 

Muktinath Bank

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीचको वान अन वान भेटवार्ता र दुई देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीचको छलफलमा नेपाल र भारतको साझा हित, समस्या र अवसरको विषयले प्राथमिकता पाएको प्रधानमन्त्री मोदीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउन सहमत भएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

मोदीले भने, ‘ऊर्जा क्षेत्रमा अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउने विषयमा हाम्रो जोड रहेको छ । विकासका लागि पञ्चेश्वर गेम चेन्जर परियोजना हुनेछ ।’

Vianet communication

अहिले प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा मात्रै होइन, हरेकजसो नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा पञ्चेश्वर परियोजनाको विषय उठ्ने गरेको छ । तर, आयोजना कार्यान्वयनले भने कहिल्यै गति लिन सकेको छैन ।

नेपाली प्रधानमन्त्रीले मात्रै होइन, भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा पनि पञ्चेश्वर आयोजनाका बारेमा चर्चा गरेर फर्किएका थिए । 

नेपाल भ्रमणमा आउँदा मोदीले भनेका थिए, ‘म ठान्दछु कि, एक वर्षभित्र ५ हजार ६ सय मेगावटको यो योजनाको काम शुरू हुनेछ र त्यसबाट नेपालको कति ठूलो सेवा हुनेछ भनेर तपाईंले कल्पना गर्न सक्नुहुन्छ । नेपालसँग अहिले जति बिजुली छ त्यसको पाँच गुणा । त्यो भनेको सानो कुरा होइन ।’

तर, मोदीले नेपालको भ्रमण गरेकै ४ वर्ष बितिसकेको छ तर, अहिलेसम्म पञ्चेश्वर परियोजना कार्यान्वयनमा गएको छैन । 

के हो पञ्चेश्वर परियोजना ?

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँधस्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो । मुख्य गरी जलविद्युत निर्माण गर्ने र उक्त आयोजनालाई बहुउद्देश्यीय रूपमा उपयोग द्विपक्षीय सहमति छ ।

शुरूमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा पञ्चेश्वरबाट एक हजार मेगावाट विद्युत उत्पादन हुने देखिएको थियो तर पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाइँदा कुल उत्पादन ६४८० मेगावाट हुने देखियो । सन् १९९५ मा यस आयोजनाको नेपालतर्फबाट विस्तृत आयोजना प्रतिवेदन बनेको थियो । सीमा नदी भएको कारणले आयोजना सम्पन्न गर्न द्विपक्षीय सहमति हुनुपर्ने भएकोले विविध चरणमा दुई पक्षबीच वार्ताहरू भएका थिए ।

नेपाल सरकार तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा वि.सं. २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।

वि.सं. २०६६ मंसिर ९ गते नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो । तर, आयोजना कार्यन्वयनले गति लिन सकेको छैन । 

नेपाल–भारत सम्बन्धको चर्चा

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री देउवासँग नेपाल भारतको हितको सबै विषयमा कुरा भएको मोदीले बताए । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए ।

सम्बोधनको क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारत नेपाल सम्बन्ध विश्वमै उदाहरणीय भएको बताएका छन् । देउवाको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको मोदीको भनाइ थियो । ‘देउवाजी भारतको पुरानो मित्र, प्रधानमन्त्रीको रुपमा पाँचौँ यात्रा गर्नुभएको छ । नेपाल-भारत विकासमा भारतको सधैँ सहयोग रहँदै आएको छ,’ मोदीले भने ।

सीमा समस्याको उठान

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री देउवाले नेपाल-भारतको सीमा समस्याबारे छलफल गरेको बताए । 

‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । मैले यसलाई द्विपक्षीय संयन्त्रहरूमार्फत समाधान गर्न प्रस्ताव गरेको छु,’ देउवाले भने । 

चार सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच विभिन्न चार सम्झौतामा हस्ताक्षर भएको छ । 

प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधि मण्डलले विभिन्न चार सम्झौतामा हस्ताक्षर गरेको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौतामा दुई देशका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

रेलदेखि प्रसारण लाइनसम्मको उद्घाटन

प्रधानमन्त्री देउवा र समकक्षी मोदीले संयुक्त रूपमा नेपाल–भारत सीमापार रेल सेवाको उद्घाटन गरेका छन् ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा निर्माण भएर सञ्चालनको पर्खाइमा थियो । प्रस्तावित जयनगर–विजलपुर हुँदै नेपालको बर्दिबाससम्म ६९ किलोमिटर रेलमध्ये ३२ किलोमिटर मात्रै रेलको लिक तयार भएको हो । यसअघि नै भारतीय सरकारको ८ अर्ब ७७ करोड सहयोगमा जयनगरदेखि बर्दिबाससम्म रेल निर्माणको टुंगो लागिसकेको छ ।

जयनगर–कुर्था सञ्चालनको लागि नेपाल सरकारले खरिद गरेको रेल लामो समय सञ्चालन नभई बसेको थियो । फागुनको पहिलो साताबाट भने यात्रु विना (ड्राइ रन) रेल सञ्चालन भइरहेको थियो । 

सरकारले केही दिनअघि रेल्वे अध्यादेश जारी गरेर रेल सञ्चालनको कानूनी आधार तयार गरेको थियो ।

नयाँ दिल्लीबाट रेल्वे सेवाको उद्घाटन भएपछि अब हरेक दिन कुर्था र जयनगरबाट दिनको दुई पटक रेल छुट्ने नेपाल रेल्वे कम्पनीले बताएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भारतको सहयोगमा निर्माण भएको सोलु करिडोर विद्युत प्रसारण लाइनको उद्घाटन गरेर परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ ।

भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन दुई देशका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

त्यसबाहेक, भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका स्वास्थ्यचौकीको पनि दुई देशका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेका छन् । त्यसक्रममा भारतको सहयोगमा पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगतिको भर्चुअलरूपमा अवलोकन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x