×

NIC ASIA

राजेन्द्र लिङ्देनको गम्भीर आरोप- ठूला भ्रष्टाचारमा तीन ठूला दल एकै ठाउँमा हुन्छन्

चैत २१, २०७८

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारमा तीन ठूला दल एकैठाउँमा हुने गरेको आरोप लगाएका छन् । 

Muktinath Bank

रुपन्देहीको भैरहवामा आयोजित पार्टीको सभालाई सोमवार सम्बोधन गर्दै उनले ठूला भ्रष्टाचार गर्दा कांग्रेस, एमाले, माओवादी र तिनका शीर्ष नेताहरू एकै ठाउँ हुने गरेको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लामो समय कांग्रेस, एमालेले मुलुकलाई बन्धक बनाए, भएका उद्योगधन्दा पनि बेचेर खाए,’ उनले भने, ‘तपाईं हामीलाई थाहा नै छ, बाहिर फरक पार्टी देखिए पनि ठूला भ्रष्टाचारमा एकै ठाउँ हुने गरेका छन् ।’ 


Advertisment
Nabil box
Kumari

उनले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्नु यी ठूला दलहरूकै कारण भएको बताए । 

Vianet communication

ठूला दलले देशलाई कमजोर बनाउन, वैदेशिक हस्तक्षेप गराउन, विदेशीहरूसँग मागेर मात्र नेपालको राजनीति र सत्तामा टिक्न सकिन्छ भन्ने संस्कार विकास गराउन लागेको उनको आरोप छ । 

उनले भने, ‘यस्तै अवस्था रहे मुलुक श्रीलंका जस्तो नबन्ला भन्न सकिँदैन ।’ उनले बैंकमा पैसा नहुँदा लगानी खुम्चिएको बताए । 

‘बैंकले पैसा छैन भन्छ, राष्ट्रिय ऋण बढेकोबढ्यै छ । प्रत्येक नागरिकको टाउकोमा ७० हजार ऋण छ । सबै विकास निर्माणका काम रोकिएका छन् । भएका कामको पनि सरकारले भुक्तानी दिन सकेको छैन,’ उनले भने, ‘आज मुलुक यो अवस्थामा आउनुमा को दोषी छ ? अब विचार गरौं ।’

उनले ३१–३२ वर्ष मुलुकमा शासन चलाएका दलहरूले नेपाली जनतालाई सपना र उद्देश्यविहीन बाटोमा डोर्‍याउने काम गरेको जनाए । 

‘हेर्नुस्, अदालत, अदालत जस्तो छैन । संसद्, संसद् जस्तो छैन । सरकार, सरकार जस्तो छैन,’ उनले भने, ‘एउटा सिटामोल चाहियो भने अदालतले देऊ भनेर आदेश दिनुपर्छ ।’ 

अध्यक्ष लिङ्देनले जयसिंह धामी भारतीय सुरक्षाकर्मीका कारण महाकाली नदीमा बेपत्ता हुँदासमेत क्षतिपूर्ति माग गर्न नसक्नु सरकारको निरीहता भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x