×

NMB BANK
NIC ASIA

कालीकोटका सामुदायिक विद्यालयको १४ करोड बेरुजु

चैत २१, २०७८

NTC
Premier Steels

कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्की निकासा गरी लिएको रकम हालसम्म फछ्र्योट नगर्दा सबै विद्यालयमा रु १४ करोड २० लाख ५० हजार बेरुजु देखिएको हो ।

Muktinath Bank

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पेश्की बेरुजु भएका कारणले आगामी वर्षको बजेटमा प्रभाव पर्ने भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटलाई तत्काल पेस्की फछ्र्योट गर्न ताकेता गरेको छ । आफूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ताकेता गरे पनि शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटले सबै विद्यालयको नाम उल्लेख गरेर चैत ३० गतेसम्म पेश्की फछ्र्योट गर्न सार्वजनिक सूचना गरेपछि बेरुजु रकमबारे जानकारी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन जिल्ला शिक्षा कार्यालय कालीकोटबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि २०६९ सालदेखि आर्थिक वर्ष २०७४/७५ सम्म लिएको पेश्कीको फछ्र्योट नगरेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०६९/७० देखि २०७४/७५ सम्मको बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कालीकोटका निमित्त एकाइ प्रमुख प्रकाशचन्द्र धितालले बताए। “पटक पटक स्थानीय तहमार्फत विद्यालयलाई जानकारीका लागि पत्राचार गर्दा पनि सुनुवाइ नभएपछि सञ्चारमाध्यममार्फत सूचना दिएर छिटो पेश्की फछ्र्योट गर्न अनुरोध गरेका छौँ”, उनले भने, “अहिलेसम्म कुनै पनि विद्यालयले गरेका छैनन् ।”

Vianet communication

सबैभन्दा बढी बेरुजु नरहरिनाथ गाउँपालिकाको रहेको छ । नरहरिनाथ गाउँपालिकाभित्रका विभिन्न विद्यालयको रु तीन करोड ८० लाख बेरुजु रहेको छ भने सबैभन्दा कम महावै गाउँपालिकाभित्रका विद्यालयको रु १० लाख २५ हजार छ ।

खाँडाचक्र नगरपालिकामा रु एक करोड ९९ लाख ७५ हजार, पलाँता गाउँपालिकामा रु एक करोड ७४ लाख, सान्नी त्रिवेणी गाउँपालिकामा रु एक करोड ७३ लाख, रास्कोट नगरपालिकामा रु एक करोड ५५ लाख ५० हजार, तिलागुफा नगरपालिकामा रु एक करोड ३९ लाख २५ हजार, पचालझरना गाउँपालिकामा रु एक करोड १६ लाख २५ हजार र शुभकालिका गाउँपालिकामा रु ६० लाख ७५ हजार सामुदायिक विद्यालयमा बेरुजु आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x