
मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूत सिफारिस गरेको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू हुने भएपछि सरकारले चीन, साउदी अरबसहितका २० देशमा राजदूत सिफारिस गरेको हो ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए ।