×

NMB BANK
NIC ASIA

सभामुख सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेस अध्यक्षबीच भर्चुअल बैठक, आपसी सम्बन्धबारे वार्ता

चैत २५, २०७८

NTC
Premier Steels

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुबीच भर्चुअल माध्यमबाट दुवै देशका संसद, मैत्री सम्बन्ध, देशको विकास तथा अन्य जनहितका विषयमा द्विपक्षीय छलफल सफलतापूर्वक सम्पन्न भएको छ ।

Muktinath Bank

सभामुख सापकोटाको कार्यकक्षबाट अपराह्न १ः४३ बजे शुरू भएको बैठक करीब सवा घण्टा चलेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आपसी अभिवादनबाट औपचारिक रूपमा शुरू भएको बैठकमा अध्यक्ष लि चाङ्सुले अभिवादन गर्दै छलफल शुरू गरेका थिए । २ देशबीच उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान नेपाल र चीनबीच रहिआएको सम्बन्ध, विगतमा नेपालका सभामुख तथा ससंदका सदस्यहरूले गरेको मित्र राष्ट्र चीनको भ्रमणहरूले नेपाल र चीन युगौंदेखि भूगोल, संस्कृति तथा परम्पराहरूले नजिकबाट जोडिएको बताउँदै सम्बन्धको जग जनस्तरसम्म फैलिएको, व्यापक र सुमधुर रहेकाले थप गौरवान्वित हुन पाएको बताए । 


Advertisment
Nabil box
Kumari

उनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको लागि चीनले सम्मान गर्ने बताउँदै कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले नेपाललाई सहयोग गरेको र यस प्रकारको सहयोगले सरकार सरकारबीच मात्र नभई जनस्तरको सम्बन्धलाई समेत अझ व्यापक र प्रगाढ बनाउन थप मद्दत पुग्ने कुरामा जोड दिए ।

Vianet communication

नेपालमा चीनले विगत लामो समयदेखि विकास निर्माण, अर्थतन्त्र विकास, स्वास्थ्य उपचार र सांस्कृतिक सम्बन्ध विकासमा योगदान पुर्‍याएको बताए । भूकम्प, महामारी लगायत विपद्का समयमा नेपाल चीन आपसमा भरपर्दो छिमेकी रहेको बताए । खासा, केरुङ लगायतबाट हुने व्यापार तथा आवतजावतलाई सुलभ तुल्याइने र नेपालको खेलकुद तथा शिक्षाको विकासमा चीनले योगदान दिने बताए ।

भर्चुअल बैठकको आयोजना प्रस्ताव गरेकोमा चिनियाँलाई हार्दिक आभार प्रकट गर्दै संघीय संसद, प्रतिनिधि सभाका सभामुख छलफलमा सरिक भए । उनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको लागि चीनको निशर्त सम्मानको खुला दिलले प्रंशसा गरे । आगामी दिनमा समेत नेपाल चीनसम्बन्ध अझ प्रगाढ र परिष्कृत बनाउन संघीय संसदले कुनै कसर बाँकी नराख्ने  विश्वास दिलाए ।

सभामुख सापकोटाले २ देशबीचको सम्बन्धलाई आजको स्तरमा ल्याइपुर्‍याउनको लागि समग्र संघीय संसद, प्रतिनिधि सभाका सदस्यको समेत महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल चीन सम्बन्ध अझ प्रगाढ र परिस्कृत बनाउन संघीय संसदले कुनै कसर बाँकी नराख्ने बताए ।

भर्चुअल बैठकमा नेपालका तर्फबाट संघीय संसद सचिवालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू र चिनियाँ पक्षबाट राष्ट्रिय जनकांग्रेसका विभिन्न समितिका अध्यक्ष र परराष्ट्र मन्त्रालयका उपमन्त्रीहरूको समेत उपस्थिति रहेको थियो । बैठकका क्रममा दुवै पक्षबाट नेपाल चीन सम्बन्धका विविध पक्षमा गहन विचार आदान प्रदान हुनुका साथै २ देशका संसद्बीच उच्च स्तरीय भ्रमणको आदानप्रदान निरन्तर हुनुपर्नेमा जोड दिइएको थियो ।

अन्त्यमा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चाङ्सु र सभामुखले आपसमा अनुकूल समयमा भ्रमण गर्न निम्तो आदानप्रदान गरे । दुवै मुलुकका विधायिकी बीचको यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनिभूत सम्बन्ध स्थापना हुने निष्कर्षमा पुग्दै आगामी दिनमा यसलाई निरन्तरता दिने गरी छलफल समापन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x