×

NIC ASIA

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

चैत २९, २०७८

Prabhu Bank
NTC
Premier Steels

सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार  सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गरेका छन् ।

Muktinath Bank

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष सरिता कँणेल खनाललाई सो सङ्घकी उपाध्यक्ष ज्योति केसीले फूलमालासहित बिदाइ गरेका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिरीक्षक खनालले साङ्गठनिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय केसी र पौडेललाई  प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे । 


Advertisment
Nabil box
Kumari

महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुति दिने सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्दै कर्तव्य पालनाका सिलसिलामा घाइते भई अङ्गभङ्ग भएका राष्ट्रसेवकहरूको समेत शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

Vianet communication

उनले सङ्गठन आजको यस स्थानमा आइपुग्नुमा सङ्गठनका पूर्वज नेतृत्व, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीले पु¥याएको योगदानको स्मरण गरे । महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारी उत्तरी सिमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षामा खटिएको जानकारी दिए ।

उनले सीमा अपराध नियन्त्रण, आपत्विपत् पीडित नागरिकको उद्वार तथा चोरी निकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा सङ्क्रमितको उपचारमा नेपाल एपिएफ अस्पतालमार्फत प्रदर्शन गरेको सेवा था समर्पणभावको समेत  सरकार तथा विभिन्न निकायबाट प्रशंसा भइरहेको उल्लेख गरे ।

समारोहमा सम्बोधनका क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक  केसीले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै अवकाशपछिको जीवन सुखमय बितोस् भन्ने शुभेच्छा प्रकट गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x