×

NMB BANK
NIC ASIA

तालमेल गर्ने/नगर्ने निर्णय गर्न स्थानीय समिति स्वतन्त्र छ, माथिबाट थोपर्न मिल्दैन : गगन थापा

बैशाख १, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनावमा अरू पार्टीसँग चुनावी तालमेल गर्ने/नगर्ने निर्णय गर्न कांग्रेसका तल्लो तहका कार्यसमितिहरू स्वतन्त्र रहेका बताएका छन् । 

Muktinath Bank

नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले स्थानीय चुनावमा तालमेल कांग्रेसको लागि हितकर नभए पनि पार्टीको निर्णय भएकाले मानेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ राजनीतिक दलको गठबन्धले चुनावी तालमेलका लागि सामान्य आधार बनाएको र कांग्रेसको तल्लो तहका समितिहरू चुनावी तालमेल गर्न वा नगर्न स्वतन्त्र रहेका उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘गठबन्धनमा रहेका दलहरूका बीचमा देशैभर छलफल भइरहेको छ । छलफलमा कुरा मिल्यो भने तालमेल हुन्छ, मिलेन भने तालमेल हुँदैन । कुरा मिलेन भने आफूआफू लड्न पाइन्छ, लड्न पाउनुपर्छ,’ थापाले भने । 

Vianet communication

तल्लो तहका समितिले तालमेल नगर्ने निर्णय गरेपछि माथिल्लो समितिले तालमेल गर्नुपर्छ भनेर थोपर्न नपाउने उनले बताए । ‘यसरी थोपरेको कुरा तल्लो कमिटीले मान्दा पनि मान्दैन । भूइँमा खसेको टिप्छु भन्दा पोल्टाको पोखिने डर हुन्छ । पहिला आफ्नो–आफ्नो घर सम्हाल्नुपर्छ । आफ्नो घर सम्हालेपछि मात्रै अरुको घर सम्हाल्न सकिन्छ,’ थापाले भने । 

कतिपय जिल्लामा तालमेल गर्दैनौं भनिरहेकाले उनीहरूको निर्णयलाई सम्मान गर्नुपर्ने थापाले बताए । 

‘कतिपय जिल्लाका साथीहरूले तालमेल गर्दैनौ भनिरहेका छन् । उहाँहरूको तालमेल नगर्ने निर्णयलाई हामीले सम्मान गर्नुपर्छ । तालमेल गर्छौ मिलेर जान्छौ भन्छन् भने त्यसलाई पनि मान्नुपर्छ । स्थानीय चुनावमा को–कोसँग मिलेर जाने वा नजाने स्थानीय समितिले निर्णय गर्छन् । माथिबाट थोपर्ने हो भने सबै कुरा बिग्रन्छ,’ थापाले भने । 

पार्टीले स्थानीय अवस्था र आवश्यकता हेरेर तालमेल गर्ने वा नगर्ने निर्क्यौल गर्ने भनेर निर्णय गरेकाले स्थानीय समितिले त्यहाँको वस्तुस्थिति हेरेर तालमेल गर्ने वा नगर्ने निर्णय गर्न सक्ने उनले बताए ।

‘गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो तर पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नैपर्छ,’ थापाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x