×

NIC ASIA

छोरी दिँदा जति सोचेर दिइन्छ, त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ : राजेन्द्र लिङ्देन

बैशाख २, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरीबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् ।

Muktinath Bank

राप्रपाले शुक्रवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा सही नेतृत्व छान्न नसक्दा बेरोजगार र गरीबीको अन्त्य हुन नसकेको बताए ।
 
उनले भने, ‘बेरोजगार र गरीबी अन्त्यका लागि सही नेतृत्व छनोट गर्ने समय आएको छ ।’ उनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरूले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेकाले अब विकल्प सोच्ने बेला आएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘चुनावलाई ख्यालख्याल नठानौं, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाउ–बाजेको पार्टी भनेर भोट नदिनुस्, ठीक पार्टी र ठीक नेता चुन्नुपर्छ ।’
 
भोट दिँदा छोरी दिएको जस्तो गरी सोचेर दिन उनले आग्रह गरे । उनले थपे, ‘छोरी दिँदा जति सोचेर बुझेर दिइन्छ, त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ ।’


Advertisment
Nabil box
Kumari

विगत निर्वाचनहरूमा ठीक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुःख पाएको उहाँको भनाइ थियो । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उनको भनाइ थियो । उनले भने, ‘देश कस्तो बनाउने भन्नेबारे तीनै पालिकाको विकास गरेर देखाउँछौं । नमूना पालिका बनाउनेछौं ।’
 
कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र हेम्जङ गुरुङले आगामी निर्वाचनमा राष्ट्रवादीको जीत भएमा देश र जनताले दुःख नपाउने बताए । अहिले आफूहरू देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको उनीहरूको भनाइ थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x