मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
गृहमन्त्री बालकृष्ण खाणले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताको चाहनाविपरीत रूपन्देहीको तिलोत्तमामा सहोदर भाइ रामकृष्णलाई मेयरको उम्मेदवार बनाए । राष्ट्रिय जनमुक्ति पार्टीको राम्रै प्रभाव रहेको तिलोत्तमामा कांग्रेसले तालमेल पनि गर्यो तर जीत एमालेले निकाल्यो ।
एमालेका वासुदेव घिमिरेले १९ हजार ८४ मतका साथ विजयी हुँदा रामकृष्णले १६ हजार २६४ मत मात्र ल्याए । उपमेयर पनि एमालेकै जागेश्वरदेवी चौधरी र १७ वडा रहेको नगरमा १३ वडामा एमालेले जीत निकाल्यो ।
त्यति मात्र होइन, बालकृष्ण खाणको वडा तिलोत्तमाको ८ नम्बरमा एमालेका कृष्ण पौडेल वडाध्यक्ष निर्वाचित भए ।
भाइ हारेपछि निर्वाचन पराजित हुने डरले खाण आफू पनि संघीय निर्वाचनमा प्रत्यक्षतर्फ नलडेर समानुपातिकमा खुम्चिए । अहिले सत्तारूढ गठबन्धन तालमेल गरेर अगाडि बढेको अवस्थामा पनि गृहमन्त्री खाणले फेरि पराजित हुने डरले भाइलाई अगाडि सार्न सकेका छैनन् । रामकृष्ण अहिले कांग्रेस रूपन्देहीको सभापतिसमेत हुन् । गृहमन्त्री खाण आफू र आफ्नो पार्टीलाई नगरमा कसरी जिताउन सकिन्छ भन्ने चिन्तामा छन् ।
नगरमा जित्ने बलियो आधार नदेखिएपछि कांग्रेस सभापति तथा गृहमन्त्री खाँणका भाइ रामकृष्ण जिल्ला सभापति नगरमा उठ्न मिल्दैन भनिरहेका उनीनिकट नेताहरू बताउँछन् । नगरका एक कांग्रेस नेताले भने, ‘रामकृष्ण अहिले पनि पराजित हुने डरले उठ्ने कुरा गरिरहेका छैनन् । नगरमा आफ्नो पक्षमा चुनाव जित्ने नेता पनि नहुँदा कांग्रेस तिलोत्तमामा नेताको खडेरी देखिएको छ ।’
तिलोत्तमामा कांग्रेसबाट मेयरमा नगर सभापति हरिलाल पाण्डे, युवा नेता नारायण न्यौपाने, पुराना नेता रोमणीप्रसाद पाठक र उद्योगी गुणनिधि भण्डारीको चर्चा छ ।
रूपन्देहीको देवदह नगरपालिका एमाले सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माको गृहनगर हो । विश्वकर्माको घर देवदह–९ घोडाहामा पर्छ । सचिव विश्वकर्मा २०७४ सालको निर्वाचनमा पार्टीका उम्मेदवार टीकाराम चापागाईंलाई जिताउन जुटे । पार्टीबाट तत्कालीन एमाले नेता निलकण्ठ पौडेलको नाम सिफारिस भए पनि टिकट चापागाईंले पाए तर मेयर र केही वडाहरूमा कांग्रेसले जीत निकाल्यो ।
मेयरमा कांग्रेसका हिराबहादुर खत्रीले ११२ मत अन्तरले जिते । खत्रीले १० हजार १८६ मत ल्याउँदा एमालेका चापागाईंले १० हजार ७३ मत ल्याए । उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरूङले १० हजार २११ मतसहित १२ वडामध्ये ९ वडामा एमाले जीत निकाल्यो । देवदह रूपन्देहीको १ नम्बर निर्वाचन क्षेत्रमा पर्छ । पार्टीमा असन्तुष्ट समूहले भोट नदिँदा पराजित हुनुपरेको एमालेको ठहर थियो ।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले यसै क्षेत्रबाट २०७० सालको निर्वाचन जितेका थिए । कांग्रेसले यसपटक पनि फेरि अहिलेका मेयर हिराबहादुर खत्रीलाई दोहोर्याउन चाहेको छ तर गठबन्धनबाट देवदहमा माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ । मिश्रित समुदायको बसोबास रहेको देवदहमा यसपटक कांग्रेस र एमाले दुवैले सहज जीत निकाल्ने आकलन गरेका छन् ।
एमाले देवदहका नेता तथा जिल्ला कमिटी सदस्य यम रानाले उम्मेदवार छनोटमा विवेक पुर्याए देवदहमा एमालेको जीत सहज भएको दाबी गरे । देवदहको मेयरमा अहिले एमालेबाट प्रकाश अर्याल, ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरूङ प्रमुख दाबेदार छन् ।
कांग्रेसबाट मेयरमा खत्री र बाशुदेव रिमाल नेतृत्वको लागि लबिङमा छन् भने समाजवादीबाट निलकण्ठ पौडेल पनि छन् ।
लुम्बिनी प्रदेशको मुकाम समेत रहेको बुटवल उपमहानगरपालिकाको निर्णायक भोट मानिन्छ सुकुम्बासी बस्ती । झण्डै २० हजार भोट सुकुम्बासी बस्तीको छ । त्यो मतलाई जुन दलले आफ्नो पकडमा राख्न सक्छ, त्यहीँ दलले निर्वाचन जित्दै आएको विगतको मतपरिणामले देखाउँछ । प्रतिनिधिसभा तथा स्थानीय निर्वाचनमा बुटवल उपमहानगर एमालेको पकडमै रह्यो ।
बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर हो । गत निर्वाचनमा गठबन्धन गरेर पनि पराजित भएपछि कांग्रेसभित्र गुटको लडाइँ रह्यो । एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य विजयी भए भने १६ वडामा पनि एकल जीत निकाल्यो । आफूविरुद्ध गठबन्धन भएर पनि सहज जीत निकालेको एमालेलाई यसपटक विभाजनले असर गर्नसक्ने अनुमान गरिँदैछ छ तर बुटवलमा कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवै नेतृत्व पाउनुपर्ने दाबी गरिरहेकाले गठबन्धनमा भागबण्डा मिलाउन पनि मुस्किल छ ।
बुटवलमा एमालेलाई हराउन सहज नभएको एमाले रूपन्देहीका सचिव यज्ञ गैरे दाबी गर्छन् । बुटवलका लागि एमाले केन्द्रीय नेतृत्वले उम्मेदवार चयन टुंग्याउने भएको छ । नगरबाट ८ जना सिफारिस भए पनि अन्तिममा अहिलेका मेयर सुवेदी, गोपाल राना र बाबुराम भट्टराईमध्ये १ जनाले टिकट पाउने निश्चितप्रायः छ । यसपटक जितेर एमालेले बुटवलमा ‘ह्याट्रिक’ गर्न खोजेको छ ।
२०५४ सालमा एमालेका भोजप्रसाद र २०७४ सालमा सुवेदी जितेपछि अहिले फेरि जीत निकालेर ‘ह्याट्रिक’ गर्ने तयारीमा रहेको एमाले नेता तथा जिफन्ट उपाध्यक्ष कमल गौतम दाबी गर्छन् । बुटवलमा ३ पटक लगायत निर्वाचन जितेर एमाले उपाध्यक्ष विष्णु पौडेलले ‘ह्याट्रिक’ गरिसकेका छन् । बुटवल अन्य नगरको तुलनामा सहज देखिए पनि गठबन्धन पूर्ण कार्यान्वयन भए बुटवलमा एमालेका लागि पनि चुनौतीपूर्ण पनि बन्न सक्छ ।
‘बुटवलमा एमालेको राजनीति बिग्रेको छैन, विभाजनको असर कम छ । गठबन्धनको अन्तरविरोधले बुटवल एमालेले नै जित्ने हो,’ एमाले नेता गौतमले भने ।
एमाले सचिव टोपबहादुर रायमाझीको गृहनगर हो अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ अर्घा । रायमाझी माओवादी छाडेर एमालेमा लागे पनि उनैले आफ्नै वडामा जिताएका वडाध्यक्ष तत्कालीन माओवादी केन्द्रका डीबी रायमाझी माओवादीमै छन् ।
अर्घाखाँचीको सन्धीखर्कमा गत निर्वाचनमा मेयर कांग्रेसबाट कमल भुसाल र उपमेयर माओवादीबाट ठाकुर विक निर्वाचित भएका थिए । अहिले एमालेविरुद्ध अर्घाखाँचीमा तीनै तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति सत्तारुढ गठबन्धनले गरेको छ । अब सन्धीखर्कमा एमालेलाई चुनाव जित्न चुनौती रहेको बताइन्छ । टोपबहादुरलाई आफ्नो नगर र वडामा एमालेलाई चुनाव जिताउन चुनौतीपूर्ण रहेको जिल्लाका माओवादी नेताहरू बताउँछन् ।
मेयरमा कांग्रेसका ८ हजार २३०, एमालेका ७ हजार १२७, जनमोर्चाका ५७८ मत आएका थिए । नेता रायमाझी माओवादीमा रहँदा २०६४ र २०७० सालमा संविधान सभा चुनाव आफ्नै प्रभावले जितेका थिए । २०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा करीब १८ हजार मतान्तरमा उनी अर्घाखाँचीबाट सांसद निर्वाचित भएका थिए ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...