मंसिर ८, २०८०
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
इलामको कोशेली ललिपप धेरैको रोजाइमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किंदा कोसेलीको रूपमा प्रायः लिएर जाने गर्दछन् ।
निकै स्वादिलो मिठाइका रूपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारी समेत पाएका छन् ।
ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाले आत्मनिर्भर मात्र हैन धेरै महिला तथा पुरुषलाई रोजगारी दिएका समेत छन् । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् तर इलाममी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएकी छन् ।
सानो लगानीबाट शुरू गरेको ललिपप उद्योगबाट धेरै महिला दिदीबहिनीलाई रोजगारी दिन सफल भएकी छन् ।
उनी इलाम तिल्केनीकी दीपाको दिनचर्या अहिले निकै व्यस्त छ । ८ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाएका छन् । बिहान ४ बजेदेखि राति अबेरसम्म उनी काममा नै व्यस्त रहन्छिन् । उनको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ ।
इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौंसम्म पुग्ने गरेको छ । ६ जनाबाट शुरू भएको उनको उद्योगमा अहिले ४६ जना महिलाले दैनिक काम गर्छन् । ५ लाखबाट शुरू भएको उनको उद्योगले अहिले वार्षिक ३५ लाख रुपैयाँसम्म कमाइ गर्दै आएको छ ।
इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गरेकी छन् । उनले पनि ३४ जना कामदार राखेर उद्योग सञ्चालन गर्दै आएकी छन् । ४ लाख रुपैयाँको लागतबाट शुरू भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उनले सुनाइन् । थोरै लगानीबाट शुरू भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनीहरू आत्मनिर्भर समेत बन्दै गएका छन् ।
उद्योगमा सबैलाई कामको बाँडफाँट गरिएको छ । मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टास्ने, प्याकेजिङ गर्ने काममा महिला दिदीबहिनीले रोजगारी पाएका छन् । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिला समेत उद्योगबाट स्वरोजगार बन्दै गएका छन् । उनीहरूले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताएका छन् । बरु उल्टै परिवारमा पैसा सरसहयोग गर्न पाएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।
दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्यरूपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुला बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो विद्युतीय प्रविधिबाट समेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरी लगायतका परिकार बनाइन्छ ।
हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको संख्या समेत बढ्दै गएको छ ।
कतिपय युवायुवती बेरोजगार बनेर विदेश पलायन भइरहेको अवस्थामा इलामका ललिपप उद्योगले धेरैलाई रोजगारी दिइरहेका छन् । कोरोना संक्रमणमा धेरै मार खाएका यी उद्योगलाई टिकाइराख्न राज्यका सम्बन्धित निकायले भने ध्यान दिन नसकिरहेको उद्योगीको भनाइ छ ।
जिल्लामा अनुदानका केही कार्यक्रम आए पनि वास्तविक व्यक्तिसम्म पुग्न नसकेको उद्योगीको गुनासो छ । यस विषयमा समेत सम्बन्धित निकायले सोच्न आवश्यक छ ।
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिइने बताएका छन् । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड ...
चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...
काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।...
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...