साउन २७, २०७९
नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच शुक्रवार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानून, न्याय तथा संसदीय म...
नेपालगञ्ज | बैशाख १०, २०७९
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाको ९ र १३ वडाको सीमामा पर्ने रामलीला मैदान बुलबुलियामा रहेका दुई वटा चिया पसलमा शनिवार बिहान स्थानीयबीच चुनावबारे गरमागरम बहस चलिरहेकोे थियो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतवार र सोमवार हुने उम्मेदवारी मनोनयनको अघिल्लो दिन सम्भावित उम्मेदवार र उनीहरूको जीतहारबारे लेखाजोखा चलिरहेको थियो ।
सडक पारिपट्टिको चिया पसल जहाँ सानो चारतारे झण्डा छ, त्यहाँ कांग्रेस कार्यकर्ताको बाहुल्यता थियो भने अर्कापट्टि अन्य दलका कार्यकर्ताको भीड । चिया पसलमा नेपाली कांग्रेसप्रति आस्था राख्ने शालिकराम शाह र नेकपा एमालेप्रति आस्था राख्ने केपी ओलीका फ्यान रसिक बाँवाबीच चुनावी गफगाफ चलिरहेको थियो ।
‘यो देशमा अहिले कसैले राम्रो काम गरेको छ भने त्यो केपी ओली हो, उसको भाषण सुन्नुस् तिलंगा फिल्मको डाइलग जस्तो छ, जे बोलिरहेको छ त्यही काम गरिरहेको छ,’ नेपालगञ्ज–१३ का मतदाता समेत रहेका रसिकले भने, ‘यसपटक नेपालगञ्जले शहरको मुहार फेर्ने नेता पाउँदैछ, एमालेले चुनाव जित्छ ।’
रसिकको दाबीलाई चुनौती दिँदै अर्का एकले चुनाव जित्न कांग्रेसलाई कसैले रोक्न नसक्ने बताए । नेपालको पुरानो र स्थापित शहरमध्येको एक नेपालगञ्जको स्वरुप लामो समयदेखि उस्तै छ । जताततै फोहोर, धूलो र दुर्गन्ध । यही विषय २०४८ सालदेखि चुनावी एजेण्डा बन्दै आएको छ । नेपाली कांग्रेसलाई भोट हाल्दै आएका शालिकराम शाह शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ सधैँभरि नेपालगञ्जको चुनावी नारा बन्ने गरेको बताउँछन् ।
‘नेपालगञ्जकै नेता सुशील कोइराला देशको प्रधानमन्त्री बन्नुभयो, धेरैजना सांसद र मन्त्री बने । तर यहाँको अवस्था ज्युँका त्युँ छ । जनताका साना–साना समस्या छन्,’ शाहले भने । जीवनका ५० औं वर्ष यही शहरमा बिताएका उनलाई तत्कालै नेपालगञ्जको मुहार फेरिएला भन्नेमा विश्वास छैन । ‘गर्न त कोहीले गर्ने होइनन्, तर राम्रो नेता मेयर बनेर आयो भने नेपालगञ्जको काँचुली फेरिन्थ्यो कि ?,’ शाहले भने ।
उम्मेदवारको मनोनयन अगावै नेपालगञ्जका भित्री सडक र गल्लीमा राजनीतिक दलका चुनाव चिह्नअंकित ध्वजा पतकाले रंगाइएको छ । टोलटोलमा राजनीतिक दलका सम्पर्क कार्यालय खोलिएका छन् । उम्मेदवारको टुंगो नलाग्दै दलहरूबीच भोट माग्ने प्रतिस्पर्धा शुरू भएको छ ।
चुनावी सरगर्मी र राजनीतिक समीकरण
२०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाको तर्फबाट डा. धवलशमशेर जबराले चुनाव जितेका थिए । नेपालगञ्जको मेयरमा चुनाव जित्नुमा पार्टीभन्दा व्यक्तिको लोकप्रियता बढी थियो ।
धवलशमशेर जसलाई स्थानीयहरु ‘राजा’ सम्बोधन गर्छन् । मेयर जिते पनि वडाध्यक्ष कांग्रेस, एमाले र माओवादीले जितेका थिए ।
प्रतिनिधि सभाको चुनाव लड्ने भन्दै राप्रपाको महामन्त्रीसमेत रहेका धवलले यसपटक मेयर नदोहोरिने संकेत गरेका छन् ।
भर्खरै माओवादीबाट प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरको उम्मेदवार बनाउने राप्रपाको तयारी गरेको छ । गठबन्धन गर्दा नेपालगञ्जको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेपछि मेयरको उम्मेदवार बन्ने उद्देश्यले वैश्य राप्रपा प्रवेश गरेका हुन् ।
सिद्धान्त र विचार नमिल्ने भए पनि वैश्यले राप्रपा रोजे । माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर ८ नम्बर वडाको सम्पर्क कार्यालयमा वैश्यको फोटो अहिले पनि झुण्डिइरहेको छ ।
सत्ता गठबन्धनमा भागवण्डा गर्दा मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको छ । नेपालगञ्ज जसपा सांसद मोहम्मद इस्तियाक राईको निर्वाचन क्षेत्र पनि हो । राईले यस क्षेत्रबाट पटक–पटक चुनाव जितेका थिए । नेपालगञ्जको चुनावमा हारजितका लागि जसपा फ्याक्टरले पनि महत्त्व राख्छ ।
नेपाली कांग्रेसले अहिलेसम्म मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन । अन्य दलमा भने उम्मेदवारीका कारण असन्तुष्टि चुलिएको छ ।
नेकपा एसका जिल्ला स्तरीय नेता शिवा भारतीले टिकट वितरणमा विवाद भए पनि चुनाव गठबन्धनले नै जित्ने दाबी गरे ।
गठबन्धन पल्टाउने एमाले दाउ
अन्तिम टुंगो नलागे पनि नेकपा एमालेले नेपालगञ्जको मेयरका लागि पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाउने लगभग निश्चित छ ।
मेयरको टिकट पक्का भएपछि मिश्रले हप्तौँ अघिदेखि सक्रियता बढाएका छन् । सबै वडा कमिटीसँग छलफल र मतदातासँग पनि पुगिसकेका छन् ।
त्रिभुवन चोकमा रहेको पार्टीको सम्पर्क कार्यालयका सचिवका अनुसार उनी राति ९ देखि ११ बजेको बीचमा यो कार्यालयमा आउँछन् । ‘बिहान ६ बजे आउनु भएको थियो, अब एकैपटक राति ९ बजे आउनु हुन्छ,’ कार्यालयमा भेटिएका एक सहयोगीले भने ।
स्थानीय समुदायमा घुलमिल रहेको, विकास निर्माणका लागि लागिपरेकोले मेयरको उम्मेदवार सिफारिस गरिएको स्थानीय नेताहरू बताउँछन् ।
एमालेबाट ११ नम्बरको वडाध्यक्षका प्रत्यासी रहेका सन्तोषकुमार लखेद यसपटक नेपालगञ्जले काम गर्न सक्ने मेयर खोजेको बताउँछन् । ‘हेर्नुस् यो ठाउँमा एउटा सार्वजनिक शौचालय छैन, सडकमा हिँड्ने मानिसहरूलाई परेशान (हैरान) भएको छ,’ आफ्नो उम्मेदवारी प्रष्ट्याउँदै लखेदले भने, ‘धवलशमशेरबाट नेपालगञ्जको विकासमा केही भएन, अब हामी गरेर देखाउँछौँ ।’
एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपासँग चुनावी तालमेल गर्दैछ । लोसपा बाँकेका कार्यकारी सदस्य वृजेश त्रिपाठी राप्रपा विभाजन भएको र सत्ता गठबन्धनमा उम्मेदवारीले गर्दा असन्तुष्टि रहेकोले एमाले नेतृत्वको गठबन्धनले चुनाव जित्ने दाबी गर्छन् ।
‘धवलशमशेर व्यक्तिलाई हेरेर यहाँका मतदाताले भोट दिएका थिए, तर उहाँले केही काम गर्न सक्नु भएन । बरु गौ–हत्यादेखि विभिन्न काण्डमा जोडिनु भयो । त्यसैले नेपालगञ्जले उहाँको विकल्प खोजेजस्तो लाग्छ,’ त्रिपाठीले भने ।
भेरी अस्पतालको सुधारलगायत स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइजस्ता एजेण्डा एमालेले अघि सारेको छ ।
नेपालगञ्जमा धवलशमशेर फ्याक्टर
२०७४ सालको स्थानीय चुनावमा भएको बहुपक्षीय प्रतिस्पर्धामा धवलशमशेरले मेयरमा चुनाव जिते । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता मूलधारका राजनीतिक दललाई पराजित गरेर धवलले उपमहानगरको मेयर जितेका थिए । चुनाव जित्नुमा उनको व्यक्तिगत लोकप्रियता नै मुख्य कारण थियो ।
नेपालगञ्ज–३ का मतदातासमेत रहेका मोहम्मद आसिफ नेपालगञ्जले फेरि पनि धवलशमशेर जस्तै मेयर खोजिरहेको बताउँछन् । ‘धवलशमशेर जसले चुनावका बेला गरेको वाचा पूरा गर्नुभयो । आफूले भत्ता नलिई काम गर्नुभयो, दिनरात नेपालगञ्जको विकासमा खटिनुभयो,’ टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका आसिफले भने, ‘चाहे गरीब जनता होस् कि साहु महाजन, धवलको कामबाट सबै सन्तुष्ट छन् ।’
तर, नेपालगञ्ज–४ का ऐलुन जदा मेयरको रुपमा धवलशमशेरले सम्झनलायक केही काम नगरेको आरोप लगाउँछन् । ‘हामी सानो छँदा यहाँ मच्छड धपाउन औषधि छिट्ने गर्दथे, फोहोर र मच्छडको समस्या उस्तै छ । नेपालगञ्जको अनुहार कहिल्यै सुधार भएन । मेयर भएर उनले पाँच वर्षमा के गरे त ?,’ पेशाले मेकानिक रहेका जदाले प्रश्न गरे ।
सुशील कोइरालाको पालादेखि नै यो क्षेत्र पिछडिएको उनी बताउँछन् । ‘यहाँका सार्वजनिक विद्यालय र मदरसाको अवस्था हेर्नुस्, के भयो त विकास ?,’ उनले प्रश्न गरे ।
नेपालगञ्ज–१३ का अब्दुल गफुर खान भने धवलशमशेरले राम्रो काम गरेको दाबी गर्छन् । ‘कोरोनाको समयमा पनि उहाँले जनताको धेरै सेवा गर्नु भएको छ, घुम्ती शौचालय सञ्चालन गर्नेलगायत नेपालगञ्जको विकासमा राम्रो काम गर्नुभएको छ,’ खानले भने ।
आक्रोशित छन् मतदाता- शौच गर्दा वडाध्यक्षले प्रहरी लगाए !
नेपालगञ्जको वडा नम्बर १३ का स्थानीयको एउटा समस्या अचम्मलाग्दो छ । नेपालगञ्ज उपमहानगरमा गाभिएको साविकको उदयपुर गाविसका स्थानीयले सार्वजनिक स्थानमा शौच गर्दा प्रहरीले दमन गरेको भन्दै आन्दोलन गरे ।
स्थानीय हुसेन मोहम्मद राई गरीबीका कारण धेरैको घरमा शौचालय नरहेकोले सार्वजनिक स्थानमा शौच गर्नु उनीहरूको बाध्यता हो । ‘घरमा चर्पी नभएकोले बाहिर शौच गर्दा वडाध्यक्षले प्रहरी लगाएर कुटायो भनेर स्थानीयहरू आक्रोशित छन्,’ हुसेनले भने, ‘महानगरले गरीबका लागि शौचालय पनि बनाउन सक्दैन ?’
नेपालगञ्ज–४ का शैलेन्द्र सिँजापति वडाध्यक्षदेखि मेयर कसैसँग पनि मतदाता सन्तुष्ट नभएको बताउँछन् । ‘चुनावको बेला नचिनेको नेता पनि चिनेजस्तै गरेर आउँछ, चुनावपछि चिनेको पनि नचिनेजस्तै गरेर हिँड्छ,’ सिँजापतिले भने ।
यो पनि पढ्नुहोस्
नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच शुक्रवार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानून, न्याय तथा संसदीय म...
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७ साउन २७ गते जन्मिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं विसं २०७२ को संविधान बनाउन नेतृत्व...
ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा सरकारले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै सरकारले स्थानीय स...
धनुषामा यसपटक मधेशका 'हेभी वेट' उम्मेदवारका रूपमा चिनिने 'भेट्रान' नेताहरूबीच संसदीय चुनावमा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसमा भेट्रान नेता विमलेन्द्र निधिदेखि आनन्द ढुंगाना, मह...
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्...
मधेश प्रदेशसभाको चालू नवौँ अधिवेशन बिहीवार रातिदेखि अन्त्य भएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धार...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...