×

NMB BANK
NIC ASIA

राजनीतिमा नैतिकता हरायो भन्दै रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी

बैशाख ११, २०७९

NTC
Premier Steels

विराटनगर–६ का ध्रुवकुमार विश्वकर्मा बिहान–बेलुकाको छाक टार्न सिटीरिक्सा चलाउने गर्छन् । तर, राजनीतिमा नैतिकता हराएकोमा भने उनलाई चिन्ता छ । 

Muktinath Bank

यही चिन्ताका बीच आइतवार उनले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ‘अहिलेका जनप्रतिनिधिको व्यवहारबाट जनता दिक्क भइसके,’ मनोनयन दर्तापछि उनले भने, ‘जनताका काम कसरी गर्नुपर्छ भन्ने सिकाउन उम्मेदवारी दिएको हुँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घुस नभई कसैले काम नगर्ने उनी बताउँछन् । ‘लोकतन्त्र भन्छन् खाली छाडातन्त्र मात्र हुन्छ,’ उनी भन्छन्, ‘हामीजस्ता पहुँच नहुनेले एउटा काम गर्न पाँच दिनसम्म कार्यालयमा जानुपर्छ ।’


Advertisment
Nabil box
Kumari

दुःखी र गरीबको सेवा गर्न आफूले उम्मेदवारी दिएको उनले बताए । 

Vianet communication

विश्वकर्मा विराटनगरको मंगलुबाबा टोलमा बस्छन् । साथीहरूले पनि सरसल्लाह गरेर उम्मेदवारी दिन भनेपछि वडाध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् । 

पहिले उनी कांग्रेस र त्यसपछि माओवादीमा सक्रिय भएर लागेका थिए । विश्वकर्मा २०७१ देखि भने सवारीसाधन चलाउने गरेका थिए । आफैं लागेका पार्टीका नेताहरूको व्यवहार देखेर दिक्क लागेको उनी बताउँछन् । त्यसपछि स्वतन्त्र भएर बसेको उनको भनाइ छ । 

उनी वन विभागमा १२ वर्ष जागिर गरेका थिए । ‘रिटायर्ड’ भएपछि उनी पार्टीको राजनीतिमा लागे । तर, नेता र तिनका व्यवहार राम्रो नलागेको उनी बताउँछन् । 

‘बुझ्दै गएपछि धेरैले जनताका काम नगर्ने रहेछन्, आफ्नै फाइदा हेर्ने रहेछन्,’ उनी भन्छन्, ‘त्यसलाई अब चिर्नुछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x