×

NMB BANK
NIC ASIA

१३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिन फुलकोर्टमा सिफारिस

बैशाख १३, २०७९

NTC
Premier Steels

वरिष्ठ अधिवक्ता सिफारिस समितिले १३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सर्वोच्च अदालतको फुलकोर्टमा सिफारिस गरेको छ । 

Muktinath Bank

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठित सिफारिस समितिले १३८ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताका लागि  सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले १३८ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको लागि सिफारिस समितिले सिफारिस गरेको बताए । 'उक्त समितिले १३८ जनाको सूची सर्वोच्च अदालतमा बुझाइसकेको छ, पर्सि सर्वोच्च अदालतको फुलकोर्ट बैठकबाट उक्त सिफारिस पास हुन्छ,' पौडेलले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

२०५१ चैत मसान्तअगाडि अधिवक्ताको लाइसेन्स लिएको, ५ वर्षसम्म निरन्तर कर चुक्ता गरेको, सर्वोच्च अदालत र उच्च अदालतमा ५० वटा मुद्दामा फैसला भएको हुनुपर्ने मापदण्ड बनाइएको थियो । २७६ जना वकिलहरू वरिष्ठ अधिवक्ताको लागि योग्य भए पनि १३८ जना मात्र सिफारिस गरिएको उनले बताए । 

Vianet communication

'कसैको ५ वर्षसम्म निरन्तर कर चुक्ता भएको देखिएन, कसैको ५० वटा फैसला पुगेको देखिएन,' पौडेलले भने, 'त्यसकारण कतिपय साथीहरू सूचीमा पर्न सक्नु भएन ।' 

पौडेल आफैं पनि लाइसेन्स प्राप्त गरेको अवधिमा ३ महिना नपुगेको हुनाले सिफारिसमा परेका छैनन् । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईदेखि पूर्व महासचिव सुनील पोखरेलसम्मले वरिष्ठ अधिवक्ताको उपाधि पाउने भएका छन् । 

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उक्त सिफारिस समितिमा सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x