×

NMB BANK
NIC ASIA

पुनर्निर्माणको पर्खाइमा पुरानो संसद भवन

बैशाख १७, २०७९

NTC
Premier Steels

सिंहदरबार भित्रको पुरानो संघीय संसद् भवन  अहिले भग्नावशेषका रूपमा रहेको छ । जहाँ २४० वर्षदेखिएको शाही शासनको अन्त्य भएर देशमा गणतन्त्रको घोषणा भएको थियो अनि त्यहीँ भवनबाटै नेपालमा लोकतन्त्रको उदय भएको थियो । 

Muktinath Bank

२०७२ सालको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण क्षति पुगेको भवनको अहिलेसम्म पुनर्निर्माण भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षैझरी र चैत–वैशाखको टन्टलापुर घामबाट बचाउनको लागि केही थान त्रिपालको प्रयोग गरी उक्त भवनलाई छोपिएको छ ।  


Advertisment
Nabil box
Kumari

इतिहास बोकेको उक्त भवनलाई पुनर्निर्माण नगरी राख्नु पक्कै राम्रो कुरा होइन । संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले संघीय संसद् भवनलाई अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएको बताए ।

Vianet communication

उनले भने, ‘इतिहास बोकेको संघीय संसद् भवनलाई के गर्ने भन्ने अहिलेसम्म टुंगो छैन, यसलाई संसद् संग्रहालयको रूपमा राख्नुपर्ने कुरा पनि उठेको छ तर निर्णय भइसकेको छैन ।’ हाल सरकारले पनि यो भवनलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर सोच बनाएको उनको भनाइ छ । 

नेपालको सन्दर्भमा ऐतिहासिक महत्व बोकेको पुरानो संघीय संसद भवनलाई कसरी संरक्षण गर्ने भनेर सहरी विकास मन्त्रालयले यस बारेमा अध्ययन गरिरहेको छ । ‘अध्ययनपछि यसलाई कसरी पुनर्निर्माण गर्ने भन्ने टुंगो लाग्नेछ,’ उनले भने ।

२०६५ जेठ १५ गतेदेखि बानेस्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भाडा तिरेर वैठक बस्न लागेपछि उक्त भवन आन्तरिक प्रयोजनका लागि प्रयोजनका लागि प्रयोग गरिँदै आएको थियो ।

संघीय संसद् सचिवालयका पूर्व सचिव मुकुन्द शर्माका अनुसार यो भवन ऐतिहासिक भवन भएकाले यसको जिर्णोद्धार गर्नुपर्ने बताए । यो भवन पुनर्निर्माणमा सरकारले पनि त्यति चासो नदेखाएको उनको गुनासो छ । उनका अनुसार राष्ट्रिय पञ्चायतको बैठक पनि त्यहाँ बस्ने गर्दथ्यो । उक्त समयमा सदस्य संख्या कम थियो । जहाँ दर्शक, पत्रकारहरूलाई त्यहीभित्र सानो–सानो भागमा वर्गीकरण गरी राखेर राष्ट्रिय पञ्चायतको बैठक बस्ने गर्दथ्यो ।

संसदीय व्यवस्था पुनस्थापना भइसकेपछिका धेरै बैठकहरू पनि त्यही भवनमै बसेको थियो । त्यसबेला पनि विगतको संरचनालाई हेरफेर गरेर बैठकहरू बसेको थियो । 

२०६३ सालअघिको बैठक बस्दा राजासहितको संसद रहने संवैधानिक व्यवस्था अनुसार बैठक बस्नुभन्दा अघि राजदण्डलाई बोकेर राजाको सिटमा राजदण्ड राख्ने व्यवस्था रहेको पूर्वसचिव शर्माले बताए । त्यसबखत पनि अहिले जसरी सभामुखले नै आदरपूर्वक संसद सञ्चालन गर्ने व्यवस्था रहेको थियो । २०६२–०६३ सालको जनआन्दोलन पश्चात तत्कालिन विद्रोही नेकपा माओवादी केन्द्र सम्मिलित भएपछि सदस्य संख्या धेरै भएका कारण सिटहरूलाई व्यवस्थापन गरी सबैले सबैलाई देख्न नसक्ने गरी बसिएको थियो । उक्त बैठकमा पत्रकारलाई माथि बाल्कोनिमा राखिन्थ्यो । 

राजतन्त्रलाई संविधानले अन्त्य नगरेसम्म राजाको प्रतिकको रुपमा रहेको राजदण्ड, राजसिंहासन यथावतनै राखेर संसदको वैठक सञ्चालन हुने शर्मा बताउँछन् । नेपालमा गणतन्त्र आएपछिको पहिलो बैठकमै राजदण्ड हटाइएको थियो । त्यसपछि राजाको सिंहासन समेत हटाएर संसद बैठक बस्न लागेको उनको भनाइ छ । 

शहर विकास मन्त्राालयले यो ऐतिहासिक भवन रहेकाले यसलाई पुनर्निर्माण गरिने बताएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठका अनुसार हाल उक्त भवनलाई भत्काएर उहि संरचनामै निर्माण गर्ने छलफल भइरहेको  छ । उक्त भवनलाई विदेशी पाहुना आउदा छलफल र सिंहदरबारभित्र हुने कार्यक्रमका लागि प्रयोग गर्ने मुख्यसचिवस्तरीय बैठकले निर्णय गरेको उनको भनाइ छ तर यो भवनलाई कहिले भत्काएर काम शुरू गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भने नभएको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x