×

NMB BANK
NIC ASIA

निजगढ विमानस्थल : १ दशकको खर्च १ अर्बमात्रै

बैशाख १८, २०७९

NTC
तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक
Premier Steels

करीब ३ दशकदेखि चर्चामा रहेको निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको सूचीमा राखिएको छ । शुरूमा ‘दोस्रो अन्तरराष्ट्रिय विमानस्थल’का रूपमा प्रचार गरिएको यो विमानस्थल अब दोस्रो पनि रहेन ।

Muktinath Bank

भैरहवाको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल दोस्रोका रूपमा सञ्चालनमा आएपछि निजगढ कहिले कुन रूपमा सञ्चालन हुने हो यसै भन्न नसकिने आयोजनाका अधिकारी बताउँछन् । दुई वर्षअघि विमानस्थल आयोजनाका अधिकारीहरूले सरकारले आवश्यक बजेट विनियोजन गरे ५ वर्षभित्र सञ्चालनमा ल्याउन सकिने बताएका थिए । ५ वर्षभित्र कम्तीमा एउटा टर्मिनल सञ्चालनयोग्य बनाउन वर्षको कम्तीमा ३० अर्ब रुपैयाँका दरले बजेट छुट्ट्याउनुपर्ने बताइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, आयोजनाले बितेको १० वर्षमा करीब १ अर्ब रुपैयाँमात्र खर्च गरेको छ । सरकारले यो आयोजनालाई आर्थिक वर्ष (आव) २०६७/६८ बाट बजेट दिन थालेको हो ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म ९८ करोड रुपैयाँमात्रै खर्च भएको आयोजनाका इन्जिनीयर शम्भुकुमार मण्डलले बताए । वातावरणीय मूल्यांकन, तटबन्ध, तारबार र मुआब्जा वितरणको काममात्र भएको मण्डलले जानकारी दिए ।

Vianet communication

सरकारले विमानस्थलका लागि छुट्ट्याउँदै आएको बजेटको आकार र खर्चको प्रगति हेर्दा विमानस्थल बन्ने मै आशंका बढ्दै गएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता बताउँछन् । चालू आव २०७८/७९ का लागि सरकारले यो विमानस्थललाई ५६ करोड ८७ लाख रुपैयाँमात्र बजेट दिएको छ ।
सरकारले वर्षेनि प्रशासनिक खर्च र सानोतिनो कामका लागि बजेट दिँदै आएको छ । आयोजना निर्माणका लागि करीब ४ खर्ब रुपैयाँ लागत अनुमान गरिए पनि स्रोतको टुंगो लागेको छैन ।

काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएपछि विकल्पमा निजगढलाई अघि सारिएको थियो । यो विमानस्थलमा निर्माण गर्ने भनिएको तीनओटै टर्मिनलबाट दैनिक १५ सय उडान र अवतरण हुन सक्ने अनुमान छ ।

विमानस्थलमा दैनिक २ लाख यात्रुको आवागमन हुने आयोजनाका अधिकारी बताउँछन् । तर, विमानस्थल अहिलेसम्म पूर्वतयारीको अवस्थामै रहेको आयोजनाका निमित्त प्रमुख विजयकुमार यादवले बताए । ‘अहिले पनि विमानस्थल पूर्वतयारीकै अवस्थामा छ । निर्माण क्षेत्रको निजी जग्गा र भौतिक संरचनाको मुआब्जा दिने काममात्रै भइरहेको छ,’ यादवले आर्थिक अभियानसित भने । निर्माण क्षेत्रमा पर्ने ११० बिघा जग्गामध्ये ७० बिगाहाको मुआब्जा दिइसकिएको उनले जानकारी दिए ।

विमानस्थलका लागि चाहिने १२ हजार बिगाहामध्ये अधिकांश वन क्षेत्रमा पर्छ । वन क्षेत्रका रूख कटानबाट वातावरण मासिने भन्दै शुरू भएको विवाद सर्वोच्च अदालत पुगेको छ । यो विषय २ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको आयोजनाले बताएको छ ।

विमानस्थलका प्रस्तावित तीनओटै टर्मिनल निर्माणका लागि २४ लाख रूख काट्नुपर्ने वातावरणीय मूल्यांकन प्रतिवेदनले देखाएको छ । तर, पहिलो टर्मिनल सञ्चालनका लागि ५ लाख १९ हजार रूख काट्नुपर्ने आयोजनाको भनाइ छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x