×

NMB BANK
NIC ASIA

‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार

बैशाख १८, २०७९

NTC
Premier Steels

 स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् ।

Muktinath Bank

फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौं रुपैयाँ खर्च गरिरहेका छन् । राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालभरि उम्मेदवारका प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलापहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघरको भितामा टाँस्ने गरिन्थ्यो । तर अहिले त्यो शैली हराएको छ । राजनीतिक दलहरूले आईटी तथा सामाजिक सञ्जाल चलाउन जान्नेलाई मोटो रकम तिरेर आफ्ना उम्मेदवारको प्रचारप्रसार गराइरहेका छन् । मिडिया सेन्टर स्थापना गरेर उनीहरूले विभिन्न भाषा तथा शैलीमा प्रचारप्रसार गरिरहेका देखिन्छ ।


Advertisment
Nabil box
Kumari

राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेलले बदलिँदो समयअनुसार मतदातालाई रिझाउन राजनीतिक दलले समेत आफ्नो प्रचार शैली परिवर्तन गरेको बताए । पहिलेकै शैलीमा प्रचारप्रसार गर्दा प्रभावकारी नहुने देखिएपछि उम्मेदवार मोटो रकम खर्च गरेर भए पनि डिजिटल शैलीमा प्रचारप्रसार गरिरहेको उनको भनाइ छ ।

Vianet communication

‘पहिलापहिला पोस्टर बनाएर गाउँघरको भित्तामा टाँस्ने गरिन्थ्यो । तर, अहिले प्रचारको शैली बदलिएको छ,’ पोखरेलले भने, ‘अहिले त मोटो रकम दिएर राजनीतिक दल तथा उम्मेदवारहरूले आईटी एवं सामाजिक सञ्जाल चलाउन जान्नेलाई प्रचारप्रसारका लागि राखेका छन् ।’

राष्ट्रिय दलको मान्यता पाएको प्रमुख ६ दलका साथै साना दल एवं स्वतन्त्र उम्मेदवारसमेत डिजिटल प्रचारप्रसारको प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले यस्तो प्रचारप्रसारलाई आक्रामक रूपमा गरिरहेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सहितका साना दल एवं स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

एमालेका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बदलिँदो समयअनुसार प्रचारप्रसारको शैली पनि परिवर्तन हुँदै गएको बताए । अहिले लाखौं नागरिक इन्टरनेटको प्रयोग गर्दै विभिन्न सामाजिक सञ्जालमा जोडिएका कारण आफूहरूले समेत त्यसको सदुपयोग गरेको उनले बताए ।

‘अहिले लाखौं नागरिक इन्टरनेटको सदुपयोग गरिरहेका छन् । विभिन्न सामाजिक सञ्जालमा जोडिएका छन् । हामीले पनि आफ्ना प्रतिबद्धता उनीहरूलाई जानकारी गराउन ती माध्यममा जोडिएका छौं,’ गुरुङले भने, ‘हाम्रा उम्मेदवार तथा शुभचिन्तक पनि विभिन्न सामाजिक सञ्जालमार्फत मत माग्ने र आफू विजयी भए के के गर्ने भन्ने विषयमा जानकारी गराउँदै छन् ।’

एमालेले पार्टी एवं उम्मेदवारको राम्रो प्रचार बनाउने टिकटकेलाई १ लाख पुस्कार दिने घोषणासमेत गरेको छ । अहिलेका युवापुस्ता टिकटकमा बढी झुम्मिएका छन् । युवा पुस्ताको रुचि टिकटकमा देखेर एमालेले यस्तो पुरस्कारको घोषणा गरेको हो ।

यस्तै, माओवादी केन्द्रले समेत राम्रो गीत बनाउनेलाई ३ लाख रुपैयाँसम्मको पुरस्कार दिने घोषणा गरिसकेको छ । अन्य दलहरू पनि विभिन्न सामाजिक सञ्जालमा व्यस्त रहेकालाई मोटो रकम दिएर प्रचारप्रसार गराइरहेका छन् ।

डिजिटल प्रचारप्रसारका साथै उम्मेदवारी दर्ता लगत्तै हरेक दिन बजारका मुख्य–मुख्य क्षेत्रमा माइकिङसहित झन्डा फरफराउँदै मतका लागि आह्वान गर्ने समूह निस्किरहेका भेटिन्छन् । सडकभर तुल र पम्प्लेट टाँसिएका छन् । साइकल, रिक्सा र यातायातका अन्य साधनमा चुनावी नारा, पर्चा, पम्प्लेट, झन्डा झुन्ड्याएर हिँडिरहेका भेटिन्छन् ।

कांग्रेस प्रवक्ता रामशरण महत अन्य माध्यमका साथै सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई तीव्रता दिएको बताउँछन् । युवापुस्ता बढी सामाजिक सञ्जालमा जोडिएकाले आफूहरूले समेत सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा बढी प्रभावकारी हुने भएकाले प्रयोग गरेको उनले बताए ।

‘अहिले युवापुस्ताका साथै बहुसंख्यक मान्छे विभिन्न सामाजिक सञ्जालमा जोडिएका छन् । यही माध्यमबाट प्रचारप्रसार गर्दा बढी प्रभावकारी हुने हाम्रो विश्वास हो,’ महतले भने, ‘हाम्रो पार्टीले समेत चुनावी गीत निर्माण गरेको छ । सामाजिक सञ्जालमार्फत समेत प्रचारप्रसार गर्दै हामी मत मागिरहेका छौं ।’

राजनीतिक दलहरूले प्रचारप्रसारको कमान्ड पार्टीको प्रचारप्रसार विभागलाई दिएका छन् । सोहीअनुसार केन्द्र, प्रदेश, जिल्ला, पालिकास्तरको प्रचारप्रसार कमिटी नै गठन गरेर उम्मेदवारको प्रचारप्रसार भइरहेको छ । राजनीतिक दलहरूले कतिपय पत्रकारलाई समेत प्रचारप्रसार कमिटीमा राखेका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले अहिलेको आवश्यकता डिजिटल प्रचारप्रसार नै बनेको छ । अन्यमाध्यमका साथै डिजिटल प्रचारप्रसारमार्फत मतदाताबीच पुग्ने प्रयास जारी रहेको उनले बताए ।

‘हामी प्रचारप्रसारमा अहिलेको डिजिटल माध्यमलाई समेत सदुपयोग गरेका छौं । सामाजिक सञ्जालदेखि पोस्टर बनाएर, झन्डा, ब्यानर बनाएर, माइकिङ गरेर प्रचारप्रसार गरिरहेका छौं,’ प्रवक्ता खतिवडाले भने, ‘पालिकास्तरमा समेत हामी व्यवस्थित रूपमा कमिटी गठन गरेर प्रचारप्रसारको कामलाई व्यवस्थापन गरेका छौं । घरदैलोमा पुगेर आफ्ना प्रतिबद्धताबारे मतदातालाई जानकारी गराइरहेका छौं ।’

जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले समेत प्रचारप्रसारको कामलाई तीव्र रूपमा अगाडि बढाएको बताए । गीतसंगीतका साथै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा बढी प्रभावकारी देखिएको उनले बताए । साथै पोस्टर बनाए समेत प्रचारप्रसार भइरहेको उनले बताए । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x