×

NMB BANK
NIC ASIA

को हुन् सशस्त्रका नवनियुक्त आईजीपी ?

बैशाख १९, २०७९

NTC
Premier Steels

२३ मंसिर २०३१ मा बाबु दामोदरप्रसाद अर्याल र आमा शारदा अर्यालको कोखबाट जन्मेका ४८ वर्षीय राजु अर्याल १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

Muktinath Bank

काठमाडौंको तारकेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा उनले ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय मानवीय कानुनमा पीएडीका स्कलरसीय होल्डरसमेत हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले स्वदेशमा विशेष शस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता तालिम, गुल्मपति तथा स्टाफ तालिम, उच्च व्यवस्थापन र विकास, एड्भान्स ट्रेनिङ अन नेसनल सेक्युटिरीसहित १० वटा तालिम लिएका छन् । त्यस्तै, उनले अमेरिका, श्रीलंका, जर्मन, चीन र इटालीमा गरी पाँचवटा विदेश तालिम गरेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रहरीमा रहँदा तत्कालीन वडा प्रहरी कार्यालय बौद्धको प्रमुखको जिम्मेवारी वहन गरेका उनले सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि आठवटा कार्यालयमा प्रमुख भएर काम गरिसकेका छन् । उनले सशस्त्र प्रहरी बल बाघभैरव गुल्म, सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, कालिञ्चोक भगवती गण, चण्डिका गण, तालिम महाविद्यालय लामापाटन, यूएन तालिम केन्द्र ककनी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर ९ पशुपतिनाथ वाहिनी मुख्यालयमा प्रमुख भएर काम गरेका हुन् ।

Vianet communication

यस्तै, उनले सशस्त्र प्रहरी नायब उपरीक्षक हुँदा १८ पुस २०६० देखि १७ असर २०६१ सम्म लाइबेरिया मिसनमा काम गरेका थिए । २५ वैशाख २०६३ देखि ५ वैशाख २०६४ सम्म यूएन मिसन सुडानमा काम गरेका उनी २० फागुन २०६८ देखि २० फागुन २०६९ सम्म यूएन मिसन डार्फरमा कार्यरत थिए । १० माघ २०७० देखि २४ मंसिर २०७१ सम्म उनी लाइबेरियामा एफपीयू कमान्डरका रूपमा कार्यरत थिए ।

२०७८ सालमा सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट विभूषित उनी २०७४ सालमा सुप्रबल जनसेवाश्री, २०६२ सालमा परदेश सेवापदक, २०६१ सालमा गोरखा दक्षिणबाहु चौथोबाट विभूषित भएका थिए । यस्तै, उनले २०६३ सालमा सुडानमा यूएन मेडल, २०६१ सालमा लाइबेरियामा रहँदा यूएन सेवापदक पाएका थिए । २०६० सालमा उनलाई दैवी प्रकोप उद्धार पदक प्रदान गरिएको थियो ।

हक्की स्वभावका अर्यालको कार्यकालमा सशस्त्र प्रहरीले नयाँ उचाइ लिने सशस्त्रका अधिकृतको विश्वास छ । २४ वर्ष लामो सेवामा उनी कुनै पनि विवादमा आएका छैनन् । उनी २०७७ सालको उत्कृष्ट बाहिनीपति पनि बन्न सफल भएका थिए ।

सिंहबहादुर श्रेष्ठ र शैलेन्द्र खनाल महानिरीक्षक हुँदा उनले केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत वहन गरेका थिए । राजधानी दैनिकमा रोशन श्रेष्ठले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x