×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

दमकमा राप्रपा–कांग्रेससहितको ‘महागठबन्धन’– गृहनगरमा जोगिएला ओलीको इज्जत ?

बैशाख २०, २०७९

NTC
Premier Steels

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा यसपालिको स्थानीय तह निर्वाचन रोचक बनेको छ ।

Muktinath Bank

केन्द्रीय गठबन्धनमा नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका मुख्य दलले दमकमा एक ठाउँमा हुँदा नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमकमा एमालेविरुद्ध राप्रपाको नेतृत्वमा नेपाली कांग्रेस सहितको ‘महागठबन्धन’ बनेको छ । २०४६ सालपछिका सबै स्थानीय निर्वाचनमा एमालेको वर्चस्व रहेको दमकमा यसपालिको नतिजामा सबैको चासो हुने देखिन्छ ।


Advertisment
Nabil box
Kumari

राप्रपा नेतृत्वको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लगायत दलको संयुक्त मोर्चासँग एमाले दमकले प्रतिस्पर्धा गर्दैछ । एमालेको ‘लालकिल्ला’ भत्काउन सबै दल एकजुट भएका छन् ।

Vianet communication

यसपालि चुनावमा एमालेलाई ‘लालकिल्ला’ जोगाउनुका साथै अध्यक्ष ओलीको इज्जत जोगाउनुपर्ने चुनौती समेत छ । 
 
एमालेले गीता अधिकारीलाई मेयरको उम्मेदवार बनाएको छ भने गठबन्धनको तर्फबाट राप्रपाका राम थापा चुनावी मैदानमा छन् । केही हप्ताअघि मात्रै ओलीले भनेका थिए, ‘एमाले क्वीन्टलको ढक हो भने अरु ५ दल किलोका ढक हुन् ।’ ओलीले भनेजस्तै गीता क्वीन्टलको ढक हुन् वा होइनन् ? फैसला दमकका जनताको हातमा छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशको उद्घाटन सत्रमा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘हिँड्न नजान्ने गाईको बाच्छो’ सँग तुलना गरेका थिए । त्यसपछि ओलीसँग लिङ्देन टाढिँदै गएका राप्रपा नेताहरू बताउँछन् तर एमालेले राप्रपासँग तालमेल गर्न निकै कोसिस गरेको थियो । राप्रपाले मेयरबाहेक अन्य पदमा चुनावी गठबन्धन गर्न नसकिने अडान लिएपछि दमकमा एमाले एक्लै लड्ने निष्कर्षमा पुगेको थियो । 

सत्ता गठबन्धन र एमाले दुवैको तानातानमा रहेको राप्रपा मेयरको बार्गेनिङ गरिरहेको थियो । राप्रपालाई मनाउने दौडमा सत्ता गठबन्धनले जित्यो । राप्रपालाई मेयर दिएर भए पनि गठबन्धन बन्यो, जसलाई दमकमा ‘महागठबन्धन’ भन्न थालिएको छ । मेयर दिन नसकिने एमालेको अडानले राप्रपालाई सत्ता गठबन्धन नजिक पुर्‍याएको हो । 

२०४९ सालयताका ३ वटै स्थानीय निर्वाचन जितेको र अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत भएका कारण मेयर पद नै राप्रपालाई  सुम्पिन नसक्ने बाध्यता एमालेलाई थियो । ओलीको प्रतिष्ठासँग जोडिएकाले पनि एमालेले राप्रपालाई मेयर छाड्न मानेन । 

राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई प्रमुख र कांग्रेसकी रेगिना भट्टराईलाई उपप्रमुखको उम्मेदवार बनाएर ‘महागठबन्धन’ चुनावी मैदानमा होमिएको छ । १० वडा रहेको दमकमा राप्रपाले मेयरसहित २ वडा, कांग्रेसले उपप्रमुखसहित ४ वडा र माओवादीले ४ वडामा उम्मेदवार उठाएको छ । 

नेकपा एकीकृत समाजवादीले झापामा छुट्टै उम्मेदवार बनाएको छ । जसपाले वडा सदस्य लिएर आफूलाई गठबन्धनमै उभ्याएको छ । 

हालकी उपमेयर अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखको उम्मेदवार बनाएर एमाले एक्लै चुनावी मैदानमा छ । दमकमा प्रभावशाली रूपमा आफूलाई उभ्याएर हालसम्मका सबै चुनाव जितेको एमालेलाई मुख्य विपक्षी दलहरूले घेराबन्दी गरेका छन् । 

गत चुनावमा नेकपा एमालेका रोमनाथ ओलीले १० हजार ८०६ मत ल्याएर प्रमुखमा जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६५५ र नेकपा माओवादी केन्द्रका गगन पुरीले ६ हजार ८९८ मत पाएका थिए । कांग्रेसका ढुण्डीराज पोखरेलले ५ हजार ५३९ मत ल्याएका थिए । हाल एमालेले मेयरको उम्मेदवार बनाएका गीता अधिकारी उपमेयरमा १२ हजार ६२५ मत ल्याएर विजयी भएकी थिइन् । 

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ८ हजार ९१२ मत ल्याएकी थिइन् भने राप्रपाकी रिता बस्नेतले ४ हजार ४९८ मत ल्याएकी थिइन् । नेकपा माओवादी केन्द्रकी शान्ति धिमालले ४ हजार ३७४ मत ल्याएकी थिइन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको काम नै एमालेका लागि जित्ने आधार भएको एमालेका नेता समेत रहेका बहालवाला मेयर रोमनाथ ओली बताउँछन् । ‘गठबन्धनभित्र असन्तुष्टि छ, चुनाव प्रचारप्रसारमा हिँड्दा नेताहरू मात्रै हिँड्नुहुन्छ, जनता हिँड्दैनन्,’ उनले भने । गठबन्धन भएकै कारण दमकमा जीत हासिल गर्न सहज भएको उनले बताए । 

एमाले नेताहरूले ‘लालकिल्ला’ टिकाइराख्ने दाबी गरिरहँदा गठबन्धन भित्रका दलहरू दमकलाई एमालेमुक्त नगर बनाउन सकिने दाबी गर्छन् । अघिल्लो चुनावमा पराजय भोगेका सबै पार्टी एकठाउँमा हुनु नै चुनाव जित्ने सबैभन्दा ठूलो आधार रहेको मेयरका उम्मेदवार थापा बताउँछन् । अध्यक्ष केपी ओलीको गृहनगर भनेर डराउनुपर्ने आवश्यक नरहेको उनले बताए । बहालवाला जनप्रतिनिधिले गरेको काम हेरेर नै दमकवासीले गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने उनको तर्क छ । 

एमालेको परम्परागत गढ मानिने दमकमा गठबन्धनका दललाई उत्साही तुल्याउने एउटा मुख्य आधार २०७४ सालको चुनावी नतिजा हो । अन्य सबै दलले विगतमा पाएको मत एकैठाउँमा मिसाउँदा एमालेभन्दा धेरै हुने आकलनका कारण दमकमा ‘नयाँ इतिहास’ कोरिने थापाले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x