साउन २६, २०७९
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
काठमाडाैं | बैशाख २२, २०७९
सिन्धुलीको गोलाञ्जोर गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार ज्वालाप्रसाद न्यौपाने बुधवार खुर्कोटस्थित एक होटलमा खाना खान पसेका थिए । मध्याह्न साढे १२ बजे हात धोएर टेबलमा बसेका थिए । पस्किएको खाना टेबलमा ल्याउँदै गर्दा न्यौपानेको मोबाइलमा अध्यक्षका उम्मेदवार पुष्पबहादुर कार्कीको फोन आयो ।
‘साथीहरूले खाना खाँदै गर्नुहोला, मलाई अध्यक्षले बोलाउनुभयो । म पछि आएर खाउँला,’ एकजना सहयोगीलाई लिएर न्यौपाने हिँडे । मोटरसाइकलमा बसिसकेका न्यौपानेले छोटो प्रतिक्रिया दिए, ‘चुनावको बेला एउटा भोटको पनि उत्तिकै महत्त्व हुने, पस्केको खाना पनि छाडेर हिँड्नु पर्दोरहेछ ।’
स्याङ्जाको वालिङ नगरपालिकमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्ण खाँण वैशाख १८ गते दिउँसो ३ बजेसम्म भोकभोकै थिए । उद्योग वाणिज्य संघ वालिङले उम्मेदवारसँग चुनावी प्रतिबद्धता माग्नका लागि गरेको कार्यक्रमले खाना खाने समय नमिलेपछि उनी दिनभर भोकै रहे । ‘हरेक वडा र वडाका पनि टोलटोलमा पुग्नुपर्ने भएकाले कहिलेकाहीँ खाना खान समय नै मिल्दैन, अरू केही खाएर हिँड्नुपर्छ,’ खाँणले लोकान्तरसँग भने ।
बिहानदेखि बेलुकासम्मको घरदैलो, दिउँसोको कार्यक्रमको समीक्षा र भोलिको योजना बनाउनुपर्ने भएकाले उम्मेदवारहरू थाकेर लखतरान भएको भेटिए ।
नेपाली कांग्रेसबाट स्याङ्जाको गल्याङ नगरपालिकाका मेयरका उम्मेदवार गुरू भट्टराई सकेसम्म धेरै मतदाताको घरमा पुग्नुपर्ने भएकाले खाने र बस्ने ठेगान नहुने बताउँछन् ।
‘सबै वडा र टोलका मतदाता र शुभेच्छुकले आइदिएहुन्थ्यो भन्नुहुन्छ, पहाडी भेगका गाउँमा पुग्नुपर्ने भएकाले खाने बस्ने टुंगो हुन्न,’ चुनावी प्रचारको शिलशिलामा भेटिएका भट्टराईले भने ।
उम्मेदवारहरू घरदैलोमा जाँदा मतदाताले अपनत्व फील गर्ने भएकाले घरदैलो कार्यक्रमलाई प्राथमिकता दिइएको उनी बताउँछन् । बिहानदेखि बेलुकासम्म चुनावी अभियानमा सहभागी हुँदा चितवनको भरतपुरमा गठबन्धनकी उम्मेदवार रेणु दाहालको घाँटी बसेको थियो ।
बिहान ७ नबज्दै घरदैलो शुरू गरेकी रेणु राति ८ बजे अन्तर्वार्ता दिँदै थिइन् । ‘भर्खरै मारवाडी समुदायका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम थियो, बिहानदेखि बेलुकासम्म एक मिनेट फुर्सद छैन,’ रेणुले भनिन् ।
कतिपय स्थानमा भने उम्मेदवारहरू एकले अर्कालाई स्वास्थ्यको ख्याल गरेर प्रचारमा लाग्न सुझाव दिएको पाइयो ।
‘कलेजमा सँगै जागिर खाएका र पढाएका सन्तोषलाल श्रेष्ठ(तानसेन नगरपालिकाको मेयर पदका कांग्रेस उम्मेदवार)लाई स्वास्थ्य पनि ख्याल गर्नुहोला, धेरै पानी खानुहोला भनेर सुझाव दिएको थिएँ,’ पाल्पाको तानसेन नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका धनेन्द्र घिमिरेले भने ।
उम्मेदवारलाई डाक्टरको सुझाव– 'पानी धेरै पिउनुस्'
चुनावको चटारोमा रहेका उम्मेदवारलाई सकेसम्म खानपानमा ध्यान दिन र पानी धेरै पिउन सुझाव दिन्छन्, वीर अस्पतालबाट अवकाश लिएका वरिष्ठ फिजिसियन एवं मुटुरोग विशेषज्ञ डा. देवी भुसाल । उम्मेदवारले आहारबिहार र व्यवहारमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
पर्याप्त पानी नपिउँदा शरीरमा डिहाइड्रेसन हुने तथा खाना नखाँदा प्रेसर र सुगर बढ्ने समस्या हुने डा. भुसाल बताउँछन् । ‘उम्मेदवारहरू स्टे«समा आएर बोल्दा सुगर र प्रेसर बढ्छ, यसमा पनि संयमता देखाउनुपर्छ,’ डा. भुसालले लोकान्तरसँग भने ।
उनले थपे :
चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारहरू घरदैलोमा हिँड्दा खानाको तह नपर्ने, पानी पनि पर्याप्त नपिउँदा स्वास्थ्यमा समस्या आउने हुन्छ । खाली पेट हुँदा ग्यास्ट्रिक मात्र होइन प्रेसर र सुगरलाई अझ छिटो असर गर्छ । सुगर भएको बिरामी भए चक्कर नै लाग्न सक्छ ।
सुगर अलिकति लो भयो भने मानिस बेहोश हुनसक्छ । अर्को खानाको अनियमितताले प्रेसर तलमाथि हुनसक्छ । प्रेसर लो भएपनि, हाइ भएपनि त्यसले स्ट्रोक हुने खतरा हुन्छ । प्रेसर र सुगर ब्यालेन्समा हुनुपर्छ । प्रेसर सुगरले तत्कालै असर गर्छ । त्यसपछि समयमा नखाँदा ग्यास्ट्राइटिस हुने खतरा हुन्छ । ग्यास्ट्राइटिस भएपछि पेट पोल्ने, अमिलो पानी आउने, भोक नलाग्ने आदि हुन्छ । त्यसैमा अनिद्रा थपियो भने धेरै थकाइ हुन्छ ।
इम्युनिटी पावरमा पनि असर पर्छ । समयमा नखाँदा भाइरसले आक्रमण गर्छ । नेपालको खानामा ब्यालेन्स डाइट छैन, भातमा कार्बोहाइड्रेट मात्र छ । खाने शैली पनि राम्रो छैन । त्यो पनि खाना नखाएमा झनै समस्या हुने भयो । प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, मिनरल र पानी सम्झनुस् ।
अहिलेको समयमा ३ देखि ५ लिटर पानी पिउनुपर्छ । चुनावमा भोट माग्दै दिनभरी हिँड्नेले त कम्तिमा पनि ५ लिटर पानी पिउनै पर्छ । उम्मेदवारहरूले स्वास्थ्यलाई कायम गर्न उपयुक्त आहारबिहार र व्यवहारलाई ध्यान दिनुपर्यो । अहिले गर्मी छ भनेर फ्रिजको पानी खाने गल्ती नगर्नु होला । रूम टेम्प्रेचरको पानी खाने गर्नुपर्यो ।
चुनाव प्रचारमा हिँड्दा भात नै खान तह नपरे जंकफुड खानुभन्दा ब्राउन ब्रेड र बोइल गरेको अण्डा खादा पनि भयो ।
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै...
खानेपानी मन्त्री उमाकान्त चौधरीले योग्यता नै नपुगेका व्यक्तिलाई खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन्। खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार आवश्यक शैक्षिक योग्यता तथा अनुभव समेत नपुगेका...
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो। परराष्ट्र...
नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...