×

NMB BANK
NIC ASIA

एउटै चुनाव चिन्ह पाएपछि विराटनगरमा स्वतन्त्र उम्मेदवारहरूबीच नै ‘गठबन्धन’

बैशाख २२, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले एउटै चुनाव चिन्ह दिएपछि विराटनगर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारबीच नै ‘अघोषित गठबन्धन’  भएको छ । 

Muktinath Bank

पार्टी भित्र नै बिद्रोह गरेर गरेर चुनावी मैदानमा आएका बागी उम्मेदवारहरूले एउटै चुनाव चिन्ह पाएपछि चुनावी गठबन्धनको अभ्यास गर्न थालेका छन् । यद्यपी उनीहरूले आधिकारिक रूपमा भने गठबन्धन गरिएको बताएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महागनरमा २४ जना  स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोगले लालटिन चुनाव चिन्ह दिएको छ ।


Advertisment
Nabil box
Kumari

स्वतन्त्र रुपमा चुनाबी मैदानमा उत्रिएका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूले एउटै चिन्ह पाएपछि उनीहरू अघोषित रुपमा सहकार्य गरेर प्रचार अभियानमा लागेका छन् ।

Vianet communication

विराटनगर १४ मा स्वतन्त्र उम्मेदवार बनेका लालटिन चिन्ह लिएका बबुवा तामाङले लालटिन चिन्ह लिएका मेयरका उम्मेदवार उमेश यादव र उपमेयरका उम्मेदवार न्यौपानेसहितको प्रचार सामाग्री बनाएर घरदैलो गरिरहेका छन् । 

तर लालटिन चुनाव चिन्ह लिएर महानगरको उपमेयरको उम्मेदवार बनेकी नमिता न्यौपानेले भने एउटै चुनाव चिन्हमा धेरै उम्मेदवार हुनु संयोग मात्र भएको बताउँछिन् ।

जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी उम्मेदवार बनेका उमेश यादव र न्यौपानेले लालटिन चिन्ह लिएपछि धेरै स्वतन्त्र उम्मेदवारले पनि सो चिन्ह रोजेका थिए । 

अन्य दलका उम्मेदवारले चुनाबी प्रचारमा झण्डा बोकेर हिँड्ने गरेकोमा लालटिन चिन्ह लिएका उम्मेदवार र समर्थकहरूले भने लालटिन नै बोकेर हिँड्ने गरेका छन् ।

यसअघिको निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धन गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह लालटिन पाएपछि धेरैले विराटनगरको तेस्रो दल भएको दाबी गर्न थालेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x