×

NMB BANK
NIC ASIA

मतपत्र ढुवानी सम्पन्न, जिल्ला तहमा तयारी तीव्र

बैशाख २३, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् ।

Muktinath Bank

आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कूल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।


Advertisment
Nabil box
Kumari

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् । कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदान कार्यक्रमलगायत काममा पनि ति कार्यालय जुटिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ । 

Vianet communication

    थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ । आयोगले मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् । लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाङ जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ । सो कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिङ भइरहेको छ भने अपुग रहेको ३०० मतपेटिका आज आयोगबाट पठाइएकाले त्यसको व्यवस्थापन गरिनेछ । उनले वैशाख २४ गते जिल्लाको बङ्गलामुखी गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको कार्यक्रम रहेको र २६ र २७ गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने जनाए। 

    दाङमा स्थानीय रेडियो र सञ्चारमाध्यमबाट मतदाता शिक्षालगायत सामग्रीको प्रसारण र प्रकाशन भइरहेको छ भने आचारसंहिता विरुद्धका उजुरी आएमा अनगुगमन र कारबाहीका लागि संयन्त्र तयार गरिएको छ । जिल्लामा हालसम्म कुनै अप्रिय घटना वा आचारसंहिताको गम्भीर प्रकारको उल्लङ्घन भएको जानकारीमा आएको देखिएको छैन । मधेस प्रदेशको प्रदेश निर्वाचन कार्यालयले निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनका क्रममा गर्नुपर्ने र गर्न नहुने कार्यका सम्बन्धमा तालिम दिएको छ ।

    जनकपुरमा आयोजित तालिममा निर्वाचनासम्बन्धी ऐन, कानुन, कार्यविधि, निर्वाचन आचारसंहिताका सैद्धान्तिक र व्यावहारिक पक्षहरूरुबारे तालिम दिइएको हो । गत शनिबारदेखि तीन दिनसम्म चल्ने तालिममा दैनिक ३०० को सङ्ख्यामा सहभागी रहनेछन् । कूल १८ पालिका भएको जिल्लामा ५९६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत रहेका छन् । जिल्लामा चार लाख ६७ हजार ६८८ मतदाता, ५९६ मतदान केन्द्र र ३२३ मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए । उनले निर्वाचन सामग्री र मतपत्र जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा राखिएको छ । निर्वाचनका लागि सुरक्षालगायत सबै तयारी भइसकेको प्रमुुख पन्थीले जानकारी दिए ।

    जिल्लामा आचारसंहिता अनुगमन संयन्त्रको बैठक भई अनुगमन र कारबाहीका काम पनि रहेका छन् । अनुगमनका क्रममा आचारसंहिता विपरीत दल र उम्मेदवारले प्रयोग गरेका तुल, ब्यानरहरू सुरक्षाकर्मीको सुहयोगमा हटाउने काम भएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको पाइएमा तत्काल नियन्त्रणमा लिइ कारबाही गर्न पनि निर्देशन भएको प्रदेश कार्यालयका प्रमुख पन्थीले जनाए ।
 
    कर्णाली प्रदेशको मुख्यालयस्थित सुर्खेत जिल्लामा निर्वाचनको तयारी भइरहेको छ । प्रदेश निर्वाचन कार्यालयका अधिकारी दुर्गाप्रसाद चालिसेका अनुुसार निर्वाचन सामग्री र मतपत्र प्याकिङ सम्पन्न भई वितरणका लागि तयारी गरिएको छ भने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई वैशाख २४ र २५ गते तालिम दिइने कार्यक्रम रहेको छ । कार्यालयले आज वीरेन्द्रनगर नगरपालिका वडा नं ७ को कृष्णसदन माध्यमिक साधारण विद्यालयमा नमूना मतदान गराइएको छ ।

    प्रमुख चालिसेले निर्वाचन आचारसंहिता कार्यान्वयन अवस्थाको अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयसहित सम्बद्ध निकायले काम गरिरहेका छन् भने आचारसंहिता उल्लङ्घन भएको पाइएमा सोबारे छलफल गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यालय रहेको कैलालीमा पनि मतदान अधिकृत र सहायकलाई तालिम जारी रहेको छ । हालसम्म ८१३ जनालाई तालिम दिइएको छ भने ४१३ लाई तालिम दिन बाँकी छ । कार्यालयले जिल्लाका सबै पालिकामा निर्वाचन सामग्री बुझाउन थालेको छ । शुक्रबार मोहन्याल गाउँपालिकाबाट निर्वाचन सामग्री वितरण सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले सुरक्षा व्यवस्थापनका बारेमा प्रमुख जिल्ला अधिकारीले तालिममा प्रकाश पारेका छन् भने समग्र सुरक्षा, जनशक्ति र व्यवस्थापनको तयारी चुस्त र व्यवस्थित भएको छ । प्रमुख भट्टले आचारसंहिताको अनुगमन जारी रहेको र हालसम्म गम्भीर प्रकृतिका उल्लङ्घनका घटना नभएको बताउँदै मौखिकरूपमा प्राप्त उजुरीमाथि अध्ययन भइरहेको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x