साउन ३१, २०७९
सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प...
भोजभतेरमा खाना बनाउन बोलाई साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो ।
निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो ।
मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत वर्ष असोज ८ गते हत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको थियो । महतोको शव सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलिपल्ट फेला परेको थियो ।
शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौति दिएका थिए । पक्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको बिहारमा लुकेर बस्दै आएका थिए ।
आरोपित मियाँ यसअघि विक्रम संवत् २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट १ थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए । तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवानापश्चात ९ महिनापछि रिहा भएका थिए ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रनाउ काफ्लेका अनुसार मियाँ अवैध लागूऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन् ।
सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प...
बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् । बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् । प्रहरीले उनीहरूले आत्महत्या गरेक...
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्ध डकैती गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । कहिले प्रहरी, कहिले शसस्त्र प्रहरीको भेषमा विभिन्न व्यक्तिको घरमा पसी धनमाल लुटेको अभियोगमा प्रहरीले उनीहरूलाई सोमवार...
उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसूर तथा सजाय ...
प्रहरीले इन्टरपोलको सहयोगमा हत्यामा संलग्न एक व्यक्तिलाई १६ वर्षपछि कतारबाट पक्राउ गरेर ल्याएको छ । प्रहरीले उनी दोलखा बैतेश्वर गाउँपालिका–२ टारका ३६ वर्षीय रामकुमार मगरलाई नेपाल ल्याएको हो । उपत्...
पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...