×

NMB BANK
NIC ASIA

रोजाइमा काम गर्न सक्ने उम्मेदवार

बैशाख २५, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

 स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता निकै उत्साहित भएका छन् ।

Muktinath Bank

आफ्नो मताधिकार प्रयोग गरेर जनप्रतिनिधि छान्न पाउने कुराले उनीहरूमा उत्साह थपिएको छ । लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने र आफ्नो एक मतको विशेष महत्व हुने विषयले नयाँ मतदातालाई जिम्मेवार बनेको पनि अनुभव भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओखलढुङ्गाको लिखु गाउँपालिकाका निशान भट्टराईलाई मतदान गर्न पाउने कुराले नयाँ अधिकार थपिएको अनुभव भएको छ । उनलाई समाजमा अब हाम्रो पनि योगदान छ भन्ने जिम्मेवारी बोध भएको छ । उनी पार्टीभन्दा पनि काम गर्नसक्ने व्यक्ति हेरेर मतदान गर्ने सोचमा छन्। जनप्रतिनिधिले धेरै गर्न सक्ने भए पनि काम गर्न नसकेको अनुभव आफूले गरेको सुनाउँदै चार्टर्ड एकाउन्टेन्ट विषय अध्ययन गरिरहेका भट्टराईलाई गाउँपालिकामा भएको बेरुजु देख्दा नरमाइलो लाग्ने गरेको छ ।  


Advertisment
Nabil box
Kumari

उनी ले आफ्नो गाउँघरमा अब निर्वाचित भएर आउने जनप्रतिनिधिले विद्यालयको भौतिक मात्र नभएर समग्र शैक्षिक विकास, स्वास्थ्य सेवा प्रवाह, उद्यमशीलता, विकास, बाटो, नागरिक सेवाको सहज पहुँचमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। युवा र विद्यार्थीका लागि पढ्न सहज बनाउन वाइफाइ र ल्यापटपको व्यवस्था भए विश्वको जुनसुकै पढाइ गाउँमै बसेर पढ्ने सक्ने अवस्था हुने उनी को विश्वास छ । उनी ले, कर्मचारीबाट रेस्पोन्स पाउनै गाह्रो छ, उनीहरू डाइनामिक छैनन् भन्दै अब स्मार्ट पालिका बनाउनेतर्फ जनप्रतिनिधिले सोच्नुपर्ने सल्लाह दिए । 

Vianet communication

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाकी चेतना दुलाललाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने कुराले रोमान्चित बनाएको छ । पहिलो पटक प्रयोग गर्न लाग्नुभएको मताधिकारलाई सबैभन्दा असल व्यक्ति चयन गर्न प्रयोग गर्ने उनको इच्छा छ । राजनीतिक रूपमा यो वा त्योभन्दा पनि असल र जिम्मेवार जनप्रतिनिधि छान्ने उनले बताइन् । काभ्रेकी युवा दुलालले भनिन्, “योजना राम्रो छ भने स्वतन्त्र उम्मेदवारलाई पनि भोट दिन सकिन्छ ।” उनी आफ्नो ठाउँमा सडक र विद्यालयको विकास, महिला सशक्तीकरण, रोजगारीका अवसर होस् भन्ने चाहना राख्छिन् । भ्रष्टाचार नभएर बजेटको सदुपयोग होस् भन्ने उनको चाहना छ । पार्टीलाई मात्रै केन्द्रित गरेरभन्दा पनि जनता केन्द्रित भएर काम गर्नुपर्ने उनको सुझाव छ । 

रामेछापको सुनापति गाउँपालिका बेथानकी सुशीला चालिसे मतदान गर्न पाउने कुराले निकै उत्साहित छन्। गाउँको विकासमा केन्द्रित उम्मेदवारलाई मत दिने चाहना व्यक्त गर्दै उनले भनिन्, “गाउँमै प्राविधिक शिक्षाको विकास होस् भन्ने लाग्छ ।” वाणिज्यशास्त्रमा स्नातक अध्ययनरत चालिसेले गाउँमै बैङ्किङ सेवा प्राप्त नभएकाले यसतर्फ उम्मेदवारले ध्यान दिनुपर्ने बताइन् । 

काभ्रेको देवभूमि गाउँपालिकाकी आयूषी खरेललाई आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने कुराले उत्साह सञ्चार भएको छ । आफ्नो एक मतको महत्व रहेकोमा खुसी व्यक्त गर्दै उनले निर्वाचित जनप्रतिनिधिलाई युवाका लागि शिक्षा र रोजगारीका अवसर सिर्जना गर्न सुझाव दिइन् । गोरखापत्र दैनिकमा सविता शर्माले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x