असार १५, २०७९
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले मन्त्रालयमा विभिन्न तहमा काम गर्ने १४ जना कर्मचारी बढुवा सिफारिस गरेको जानकारी दिएको हो । ...
काठमाडाैं | बैशाख २७, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मतसम्भार र रुखबिरुवा रोप्ने कार्यअन्तर्गत ग्रावेल सप्लाइ गर्ने र बोटबिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई भुक्तानी गरेको भन्दै मंगलवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
'साविकको जिल्ला प्राविधिक कार्यालय, सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाइ गर्ने र बोटबिरुवा रोप्ने कार्य गर्दा प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरी ६६ लाख ६४ हजार ६९२ रूपैयाँ भुक्तानी दिइएको' आरोपपत्रमा उल्लेख छ ।
त्यसै गरी भुक्तानी लिने कार्य गरेको माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोपाइटर विजयकुमार यादव र एभरेष्ट निर्माण सेवा प्रोपाइटर ममतादेवी यादवलाई समेत प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १४ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले मन्त्रालयमा विभिन्न तहमा काम गर्ने १४ जना कर्मचारी बढुवा सिफारिस गरेको जानकारी दिएको हो । ...
सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद ...
जुम्ला जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंह सर्वोच्च अदालतमा काजमा तानिएका छन् । साउनको पहिलो हप्ता रिटायर हुने सिंहले विदा नबसी मनपरी फैसला गर्न थालेपछि सर्वोच्च अदालतमा काजमा ...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर...
सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथे...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...