
धनकुटाको धनकुटा नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
प्रमुखमा एमालेका चिन्तन तामाङ ७ हजार ६६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले ७ हजार ६५२ मत ल्याएका छन् ।
त्यसै गरी उपप्रमुखमा एमालेकी भीमादेवी खनाल ७ हजार १९६ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गणेशबहादुर विष्टले ६ हजार ६२९ मत ल्याएका छन् ।