जेठ १३, २०७९
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।
स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् ।
संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १३ जिल्ला रहेको छ । १ सय १७ पालिकामध्ये १ सय १४ पालिकाको मतगणाना सम्पन्न भइसकेको छ ।
काठमाडौं, ललितपुर र भरतपुर महानगरमा मतगणना जारी छ । काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यस्तै, ललितपुरको प्रमुखमा नेपाली कांग्रेस र भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
अहिलेसम्मको सम्पन्न मतगणना र अग्रता लिइरहेको आधारमा हेर्ने हो भने काठमाडौं र ललितपुरमा कांग्रेसले एकल रूपमा जिसस बनाउन सक्ने बहुमत प्राप्त गरेको छ ।
अन्य जिल्लामा गठबन्धन गरेर मात्रै जिसस गठन हुने अवस्था रहेको छ । एमाले र माओवादी केन्द्रले गठबन्धन नगरी कुनै पनि जिल्लामा एकल रूपमा जिसस गठन गर्न सक्दैनन् ।
ललितपुरमा १२ मत रहेकामा नेपाली कांग्रेस ७ मत पाएको छ । कांग्रेसले चार प्रमुख तीन उपप्रमुखमा विजयी भइसकेको छ । ललितपुर महानगरमा अग्रता लिइरहेको कांग्रेसले त्यहाँ विजयी भएमा एकल रूपमा जिसस गठन गर्न पाउँछ ।
ललितपुरमा एमालेले प्रमुख÷उपप्रमुख गरी तीन स्थानमा विजयी भएको छ । पालिका प्रमुखमा दुई र उपप्रमुखमा एक एमाले विजयी भएको हो । त्यस्तै, माओवादी केन्द्र पालिका प्रमुख विजयी भएको छैन तर उसले उपप्रमुख दुई पालिकामा विजयी भएको छ ।
काठमाडौंमा कुल २२ मत रहेको छ । ११ नगरपालिका रहेको काठमाडौंमा मेयर÷उपमेयर गरी २२ मध्ये कांग्रेसले १२ मा विजयी भएको छ । कांग्रेसले प्रमुखमा सात र उपप्रमुख पाँच पालिकामा विजयी भएको छ ।
एमालेले प्रमुखमा दुई र उपप्रमुखमा पाँच गरी सात विजयी भएको छ । काठमाडौंको उपमेयरमा एमालेले अग्रता लिइरहेको छ । अग्रता लिएको पालिकामा एमाले विजयी भएको अवस्थामा उसँग आठ मत हुनेछ । राप्रपाले एक पालिका प्रमुख जितेको छ भने स्वतन्त्रले एक पालिकामा अग्रता कायम गरिरहेको छ ।
रसुवामा रोचक परिणाम आउने संकेत देखिएको छ । पाँच पालिका रहेको रसुवामा कांग्रेस र एमाले बराबर ५÷५ विजयी भएका छन् । जिसस बनाउनका लागि दुवै दलले बहुमत नपाएको र तेस्रो पार्टीले कुनै पनि पदमा विजयी नभएकाले उनीहरूले मिलेर जिसस बनाउनुपर्ने देखिन्छ ।
त्यस्तै, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले धेरै पालिका जिते पनि एक मत कम हुँदा तालमेल गर्नुपर्ने अवस्था रहेको छ । एकल बहुमत भएको स्थानमा आफ्नो पार्टीभित्रका पालिका सदस्यलाई ल्याउन पाउनेछ भने नभएको स्थानमा अन्य दलहरूका बीचमा तालमेल गरेर पद बाँडफाँट गरी मिलाउनुपर्ने हुन्छ ।
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...