×

NMB BANK
NIC ASIA

पोखराको उपमेयरमा मञ्जुदेवी विजयी, नगर सभामा एमालेको बहुमत

जेठ ११, २०७९

NTC
Premier Steels

पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । 

Muktinath Bank

पोखरा महानगरको उपमेयरमा उनी दोस्रोपटक विजयी भएकी हुन् । उनले गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई करीब ४ हजार मतान्तरले जितेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि २०७४ सालमा पनि उनले नेपाली कांग्रेसकी नेत्री सरस्वती गुरुङलाई अत्याधिक मतले जितेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

मञ्जुदेवीले ६० हजार ५४६ मत पाएकी छन् । मञ्जुले पाएको मत गठबन्धनबाट विजयी मेयर धनराज आचार्यको भन्दा करीब २ हजार बढी हो ।

Vianet communication

विक्रम संवत् २०१८ मंसिरमा जन्मिएकी गुरुङको राजनीतिक यात्रा २०३६ सालबाट शुरू भएको हो । २०५८ सालमा उनी नेकपा एमालेको संगठित सदस्य भइन् । धेरै वर्षसम्म अखिल नेपाल महिला संघमा आवद्ध रहेर उनी २०५५ सालमा पार्टीको वडा कमिटी सदस्य भएकी थिइन् । उनी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य छिन् ।

उनी अखिल नेपाल महिला संघ र पार्टीका विभिन्न तहका साथै विभिन्न सामाजिक संस्थामा पनि आवद्ध भइन् ।

पोखरा महानगरमा उपमेयरका रूपमा यसअघिको कार्यकालमा उनले उपमेयरसँग महिला कार्यक्रम, महिलाका लागि प्राविधिक शिक्षा र रोजगारी, देशभरका न्यायिक समिति सशक्तीकरण लगायतका नयाँ खालका काम शुरू गरेर क्षमता देखाइसकेकी छन् ।

पोखरा महानगरपालिकाको कार्यपालिकामा कांग्रेस र नगर सभामा नेकपा एमालेको बहुमत 

स्थानीय तह निर्वाचन २०७९ मा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले २३ वडाध्यक्ष र नेकपा एमालेले ९ वडाध्यक्ष जितेको छ । यसमध्ये कांग्रेसले ९ वडामा प्यानलसहित र एमालेले ७ वडामा प्यानलसहित जितेको छ ।

अधिकांश वडाका अध्यक्ष जितेको कांग्रेसले पोखरा महानगरको कार्यपालिकामा बहुमत सुनिश्चित गरेको छ । कांग्रेसले अध्यक्ष जितेका अधिकांश वडामा एमालेले वडा सदस्य पद जितेकाले पोखरा महानगरपालिकाको नगर सभामा एमालेको बहुमत सुनिश्चित भएको छ । 

पोखरा महानगरपालिकाको नगरसभा १६७ सदस्यीय छ भने कार्यपालिका ४३ सदस्यीय छ । नेकपा एमालेले महानगर उपप्रमुखसहित ९ वडाध्यक्ष र ८६ सदस्यमा जीत हासिल गरेको छ । नेपाली कांग्रेस २३ वडाध्यक्षसहित ७९ सदस्यमा निर्वाचित भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x